4 years ago
March 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मेयर कप–२०७७ मा काठमाडौं मेयर ११ को कप्तानी नेपाली लेग स्पिनर सन्दीप लामिछानेले गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै काठमाडौं मेयर- ११ को कप्तानी सन्दिपले गर्ने जानकारी दिएको छ । प्रतियोगिता शनिबार देखि सुरु हुँदै छ ।
माघमा सम्पन्न प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका चार वटा सेमिफाइनलिस्ट टिमहरू त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशसँगै काठमाडौं महानगरपालिका काठमाडौं मेयर ११ टोलीबीच सिंगल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा हुने छ ।
काठमाडौं मेयर ११ टोलीमा बागमती बाहेक अन्य ६ प्रदेशका खेलाडी छन् । क्यानले प्रधानमन्त्री कपमा राम्रो प्रर्दशन गरेका प्रदेशका खेलाडी मिलाएर काठमाडौं मेयर ११ टोली बनाएको छ । काठमाडौं मेयर ११ ले पहिलो खेल फागुन २३ मा बागमती प्रदेशसँग मुलपानीमा खेल्दै सुरुवात गर्ने छ । फागुन २४ मा टियुमा आर्मीसँग खेल्ने छ ।
मेयर ११ ले टियुमा फागुन २६ मा नेपाल पुलिस र फागुन २७ मा एपिएफसँग मुलपानीमा खेल्ने छ । लिग पछि शीर्ष दुई टोली फाइनल खेल्ने छन् । फाइनल फागुन २९ मा टियु मैदानमा हुने छ ।
काठमाडौं मेयर ११ टिम : सन्दीप लामिछाने (कप्तान), सिद्धान्त लोहनी, विवेक यादव, हरि शंकर शाह, अर्जुन कुमाल, विपिन खत्री, कृष्ण कार्की, सन्दीप रजाली, सौरभ खनाल, बिक्रम भुषाल अनिल खरेल, रविन्द्रजंग शाही, विपिन रावल, अनुज चनारा, खडक बहादुर बोहरा र नारायण जोशी ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]