default_image

4 years ago

March 5, 2021

आरिफले मेयर कप नखेल्ने

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका मध्यक्रमका प्रमुख ब्याट्सम्यान आरिफ शेखले शनिबार सुरु हुने काठमाडौं मेयर कप–२०७७ नखेल्ने भएका छन् । मेयर कपको लागि पुलिसले मन्जित श्रेष्ठको कप्तानीमा दुई नयाँ अनुहार समेट्दै १५ सदस्य टोली घोषणा गरेको छ

पुलिसले गत महिना काठमाडौंमा सम्पन्न चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगिताबाट दुई खेलाडी परिवर्तन गरेको छ। आरिफ प्रधानमन्त्री कप क्रिकेटको बेला सेमिफाइनलमा एपिएफसँगको खेलमा खुट्टामा चोट लागेको थियो । युवा तीव्र गतिका बलर गुल्सान झालाई पहिलो पटक टोलीमा समेटेको छ । नेपालबाट यू१९ खेलि सकेका विकेटकिपर ब्याट्सम्यान अभिनाश कर्णलाई पनि पुलिसले टोलीमा समेटेको छ ।

गुल्सान र अभिनाशले प्रदेश–२ बाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । पुलिसले पहिलो खेल शनिबार बागमती प्रदेशसँग मुलपानी क्रिकेट मैदानमा खेल्ने छ । आइतबार टियुमा पुलिसले एपिएफसँग खेल्ने छ । मंगलबार मुलपानीमा पुलिसले त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ । पुलिसले बुधबार काठमाडौं मेयर ११ सँग टियुमा खेल्ने छ । पुलिस प्रधानमन्त्री कपको सेमिफाइनलमा एपिएफसँग ३० रनले पराजित हुँदै बाहिरिएको थियो ।

पुलिसको टोली : मन्जित श्रेष्ठ (कप्तान), दीलिप नाथ, कुशल भुर्तेल, अनिल शाह, अमित श्रेष्ठ, दीपेन्द्र सिंह ऐरी, गुल्सान झा, सुनिल धमला, सागर ढकाल, ललित नारायण राजवंशी, राशिद खान, प्रेम तामाङ, पवन सरार्फ, अभिनाश कर्ण र योगेन्द्र कार्की

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

April 1, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]

Success

Thank you for your time.