8 years ago
October 10, 2016
हाम्रो खेलकुद – हंगकंगमा जारी आई.सी.सी. वोमन्स वर्ल्ड कप क्वालिफाइङ्ग सिरिज अन्तर्गत नेपालले दोश्रो खेलमा थाईल्याण्डसंग ३ विकेटको हार व्येहोरेको छ।
तस्बिर: राजु घिसिङ
टस जितेर पहिलो ब्याटिङ्ग रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै ७६ रन जोडेको थियो। नेपालका लागि निर्मला शाहीले ३६ रन बनाइन। अन्य कुनै ब्याट्सवुम्यानले दोहोरो अंक छुन नसकेपछि नेपालले ७६ रनमै खुम्चिनु परेको थियो।
७७ रनको लक्ष्य पछ्याएको थाईल्याण्डले १९औं ओभरमा लक्ष्य पुरा गर्यो। सात विकेट गुमाउदै लक्ष्य प्राप्त गरेको थाई टोलीको लागि सुत्थिरुंगले अविजित २३ रन बनाएकी थिइन। एक समय ४२-६को स्थितिमा रहेको टोलीलाई नेपाली बलिङ्गले थप क्षति पुर्याउन सकेन।
नेपालको लागि ब्याटिङ्गमा चम्किएकी निर्मलाले चार ओभरमा २ मदन फाल्दै ७ रन दिएर तिनविकेट लिईन।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]