4 years ago
March 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप–२०७७ एक दिवसिय क्रिकेट प्रतियोगिता प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडी च्यानलले गर्ने भएको छ ।
बिहिबार नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्कबीच मेयर कपको प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको छ । एक्सन स्पोर्टस्ले यसअघि गत महिना काठमाडौंमा सम्पन्न चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता र पुषमा दाङमा सम्पन्न प्रधानमन्त्री कप महिला टि२० क्रिकेट प्रतियोगिता पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।
प्रतियोगिता फागुन २२ देखि २९ सम्म टियु र मुलपानी क्रिकेट मैदानमा चल्ने छ । प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ, बागमती प्रदेश र काठमाडौं मेयर ११ टोली छन् । उद्धघाटन खेलमा आर्मी र एपिएफ शनिबार टियु मैदानमा प्रतिस्पर्धा गर्ने छन् । सिंगल राउन्ड रोविनको खेलपछि शीर्ष स्थानमा रहने दुई टोली फाइनलमा पुग्ने छन् । फाइनल फागुन २९ मा टियु मैदानमा हुने छ ।
यस प्रतियोगिता काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा क्यान ले आयोजना गर्न लागेको हो । क्यानलाई काठमाडौं महानगरपालिकाले मेयर कपको लागि ५० लाख रुपैयाँ प्रदान गर्ने छ ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]