4 years ago
March 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु१९ टोलीका कप्तान तथा नेपाल एपिएफ क्लबका ओपनर रित गौतमले शनिबार सुरु हुने काठमाडौं मेयर कप-२०७७ एकदिवसिय क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् ।
खुट्टामा चोटका कारण उनलाई टोली बाहिर राख्दै एपिएफले १५ सदस्य टोली घोषणा गरेको छ । चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता उपविजेता एपिएफले एक परिवर्तनका साथ टोली घोषणा गरेको छ । रितले गुमाउने भएपछि मध्यगतिका बलर यज्ञमान कुमाललाई टोलीमा समेटेको छ । एपिएफका प्रशिक्षक राजेश श्रेष्ठले रित चोटका टोलीमा नरहेको पुष्टि गरेका छन् ।
एपिएफको कप्तानी शरद भेषावकरले गर्ने छन् । प्रधानमन्त्री कपको फाइनलमा एपिएफ आर्मीसँग ३३ रनले पराजित भएको थियो । रितले प्रधानमन्त्री कप विरामीको कारण दुई मात्र खेल खेलेका थिए । ज्वोरो र टाइफाइटको कारण पूर्ण रुपमा पिट नहुँदा रितले एपिएफबाट प्रधानमन्त्री कपमा कर्णाली र गण्डकीविरुद्ध खेलेका थिए । तर दुर्भाग्य यी दुबै खेलमा रित शून्यमा आउट हुन पुगेका थिए ।
एपिएफले पहिलो खेल शनिबार आर्मीसँग खेल्ने छ । दोस्रो खेलमा आइतबार नेपाल पुलिस क्लबसँग खेल्ने छ । यी दुबै खेल एपिएफले टियु मैदानमा खेल्ने छ । मंगलबार एपिएफले बागमती प्रदेशसँग टियुमानै खेल्ने छ । आफ्नो लिग चरणको अन्तिम खेल एपिएफले मुलपानीमा काठमाडौं मेयर-११ सँग बिहिबार खेल्ने छ । शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्न पाउने छन् ।
एपिएफको टोली: शरद भेषावकर (कप्तान), वसन्त रेग्मी, सुबास खकुरेल, शंकर राना, प्रदीप ऐरी, सन्दीप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, यज्ञमान कुमाल, किशोर महतो, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह राउटेला, सूर्य तामाङ र अभिनास बोहरा
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]