4 years ago
March 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले शनिबार सुरु हुने काठमाडौं मेयर कप-२०७७ एकदिवसिय क्रिकेट प्रतियोगितालाई विनोद भण्डारीको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ ।
तीब्र गतिका बलर सोमपाल कामी, करण केसी र युवा अलराउन्डर कुशल मल्लले आर्मीको टोलीमा पूनरागमन गरेका छन् । गत महिना सम्पन्न चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा आर्मीले नेपाल एपिएफ क्लबलाई ३३ रनले पराजित गर्दै उपाधि जितेको थियो । आर्मीले आफ्ना प्रमुख तीन खेलाडी विनानै उपाधि जितेको थियो । तीन खेलाडी संयुक्त अरव इमिरेट्स (यूएई) मा टि१० लिग खेल्न गएका थिए । उक्त तीन खेलाडीको आगमनले आर्मी उपाधिको प्रमुख दाबेदार देखिएको छ ।
यी तीन खेलाडी टोलीमा फर्किदा प्रधानमन्त्री कपका युवा तीव्र गतिका बलर आकाश चन्द र ओपनर ब्याट्सम्यान हरिकृष्णा झालाई टोली बाहिर राखेको छ । प्रधानमन्त्री कपबाट आर्मीले दुई खेलाडी मात्र परिवर्तन गरेको छ ।
मेयर कप फागुन २२ देखि २९ गते सम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुने छ । आर्मीले पहिलो खेलमा एपिएफसँग फागुन २२ गते टियु मैदानमा प्रतिस्पर्धा गर्ने छ । आर्मीले दोस्रो खेल टियुमै फागुन २४ मा काठमाडौं मेयर ११ सँग खेल्ने छ । तेस्रो खेल आर्मीले फागुन २५ गते मुलपानीमा नेपाल पुलिस क्लबसँग खेल्ने छ ।
आर्मीले आफ्नो लिग चरणको अन्तिम खेल माघ २७ गते बागमती प्रदेशसँग टियुमा खेल्ने छ । पाँच टोली सहभागी यस प्रतियोगिता सिंगल राउन्ड रोविनपछि शीर्ष स्थानमा दुई टोली फाइनलमा उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । फाइनल फागुन २९ गते टियु मैदानमा हुने छ ।
आर्मीको टोली : विनोद भण्डारी (कप्तान तथा विकेटकिपर), सोमपाल कामी, करण केसी, विक्रम सोब, कुशल मल्ल, रोहित कुमार पौडेल, भिम सार्की, हरि चौहान, लोकेश बम, राजेश पुलामी, जितेन्द्र मुखिया, सुशन भारी, साहब आलम, अनिल मण्डल र राजु रिजाल
प्रशिक्षक : चन्द्र साउद
व्यवस्थापक : राजिव चन्द
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]