default_image

4 years ago

March 4, 2021

वेस्टइन्डिजको जितमा पोलार्डको ६ बलमा ६ छक्का

170 views

0 Bookmark

एजेन्सी – कप्तान काइरन पोलार्डको ६ बलमा ६ छक्कासँगै वेस्टइन्डिजले श्रीलंकालाई पहिलो टि२० खेलमा ४ विकेटले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा घरेलु टोली वेस्टइन्डिजले १–० को अग्रता लिएको छ ।

जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजका कप्तान पोलार्डले ११ बलमा ६ छक्का सहित सर्वाधिक ३८ रनको योगदान दिए । पोलार्डले छैटौं ओभरमा स्पिनर अकिला धनञ्जयलाई लगातार ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

त्यसअघि धनञ्जयले चौथो ओभरको दोस्रो बलमा एभिन लुइस, तेस्रो बलमा क्रिस गेल र चौथो बलमा निकोलस पुरनलाई आउट गर्दै ह्याट्रिक लिएका थिए । वेस्टइन्डिजलाई ओपनर लेन्डन सिमन्स र एभिन लुइसले आक्रामक सुरुवात दिलाएका थिए । सिमन्स १५ बलमा ३ चौका र २ छक्का सहित २६ रनमा आउट भए ।

लुइस १० बलमा २ चौका र ३ छक्का सहित २८ रनमा क्याच आउट भए । क्रिस गेल र निकोलस पुरन गोल्डेन डक आउट हुन पुगे । जेसन होल्डर २४ बलमा १ चौका र २ छक्का सहित २९ रनमा अविजित रहे । श्रीलंका अकिला धनञ्जयले ४ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । वानिन्दु हसरंगाले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो । श्रीलंका पथम निसान्कांले सर्वाधिक ३४ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३९ रन बनाए ।

ओपनर निरोशन डिक्वेलाले ३३, दीनेश चान्डिमल ११ र वानिन्दु हसरंगा १२ रनमा आउट भए । वेस्टइन्डिजका ओबेद म्याकोय सर्वाधिक २ विकेट लिए । ड्वेन ब्राभो, फिडेल एडवार्डस, जेसन होल्डर, फबियन एलेन र केविन सिन्क्लेयरले १-१ विकेट लिए । दोस्रो टि२० खेल शनिवार बिहान हुने छ ।

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

April 1, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]

Success

Thank you for your time.