8 years ago
October 10, 2016
हाम्रो खेलकुद – भारत र न्युजिल्यान्डबीच जारि टेष्ट सिरिज अन्तर्गत तेश्रो टेष्टको दोश्रो दिन न्युजिल्यान्डले आफ्नो इनिंग्स सुरु गर्दा पाँच रन जोडिएको थियो।
धेरैलाइ कौतुहल भएको यो विषय भने अम्पाएरको निर्णयले गर्दा भएको थियो। भारतले ब्याटिङ्ग गर्न आउँदा रबिन्द्र जडेजाले डेन्जर जोनमा दुइपटक कुदेपछि अम्पाएरले भारतलाई पाँच रन पेनाल्टी लगाएका थिए। ट्रेन्ट बल्टले फलेको १६७औं ओभरको पाँचौ बलमा सिंगल लिन खोज्दा जडेजा दोश्रोपटक डेन्जर जोनमा कुदेका थिए।
२७ बलमा १७ रन बनाएका जडेजाले यसअघि पनि दोश्रो टेष्टमा चेतावनी पाएका थिए। नियमानुसार ब्याटिंग टिमको कुनै खेलाडीले दुइ पटक डेन्जर जोनमा कुदेपछि पाँच रन पेनाल्टी हुन्छ। बलरले सोहि गल्ति गरेमा भने सो इनिंग्समा उसले बलिंग गर्न पाउने छैन।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]