8 years ago
October 10, 2016
हाम्रो खेलकुद – कप्तान मसरफे मोर्ताजाले राम्रो प्रदर्शन गरेपछि बंगलादेशले वान डे सिरिज अन्तर्गत दोश्रो खेलमा इंग्ल्यान्डलाइ ३४ रनले पराजित गरेको छ।
टस जितेर फिल्डिंग रोजेको इंग्ल्यान्डले राम्रो सुरुवात गरेपनि आठौँ विकेटका लागि कप्तान मोर्ताजा र नासिर होस्सैनले ६९रनको साझेदारी गरेपछि बंगलादेश २३८रनको योगफल खादा गर्न सफल भयो। बंगलादेशका लागि महमदुल्लाहले ७५ रन बनाए भने मोर्ताजाले ९औं नम्बरमा ब्याटिङ्ग गर्दै ४४ रन ठोके। बलिङ्गतर्फ क्रिस वोक्स, अदिल रशिद र जेक बलले समान २-२ विकेट लिए भने बेन स्टोक्सको नाममा एक विकेट रह्यो।
२३९रनको सामान्य लक्ष्य पछ्याएको इंग्ल्यान्डको सुरुवात राम्रो हुन सकेन। ब्याटबाट चम्किएका कप्तान मोर्ताजाले ओपनर रोय र भिन्स दुवैलाई पेभेलियन फर्काए। कुल चार विकेट लिएका उनले ८.४ ओभरमा २९ रनमात्र दिए। कप्तान जोस बटलरले ५७ रन बनाएर इनिंग्स सम्हाल्न खोजे पनि इंग्ल्यान्ड २०४ रनमा अलआउट भयो।
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]