default_image

4 years ago

February 25, 2021

अष्ट्रेलियामाथि न्युजिल्यान्डको रोमान्चक जित

127 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले अष्ट्रेलियाविरुद्ध दोस्रो टि२० आई खेलमा ४ रनको रोमान्चक जित हात पारेको छ । यो सँगै पाँच टि२० आई खेलको सिरिजमा घरेलु टोली न्युजिल्यान्डले २–० को अग्रता लिएको छ ।

जितका लागि २ सय २० रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १५ रन बनायो । अष्ट्रेलियालाई जितको लागि अन्तिम ओभरमा १५ रन आवश्यक परेको थियो । अलराउन्डर जेम्श निशमले १० रन खर्चिदै २ विकेट लिएपछि न्युजिल्यान्डले रोमान्चक जित हात पारेको हो । निशमको पहिलो बलम ड्यानियल साम्स ग्लेन फिलिप्सबाट मिड विकेटमा क्याच आउट हुन पुगे ।

त्यसपछि स्टोइनिसले लगातार दुई बलमा कुनै रन जोडेनन् । स्टोइनिसले चौथो बलमा लङअनमा उत्कृष्ट छक्का प्रहार गर्दै खेललाई रोमान्चक बनाएका थिए । पाँचौ बलमा स्टोइनिस लिडिङ एज लाग्दै टिम साउथीबाट क्याच आउट भएपछि जितको सम्भावना टाढिएको थियो । अन्तिम बलमा झेय रिचर्डसनले चौका प्रहार गरेपनि त्यो जितको लागि सम्भव थिएन ।

अष्ट्रेलिया अलराउन्डर मार्कस स्टोइनिसले ३७ बलमा ७ चौका र ५ छक्का सहित ७८ रनको उत्कृष्ट इनिङ खेलेपनि टोलीको हार भने टार्न सकेनन् । साम्सले १५ बलमा २ चौका र ४ छक्का सहित ४१ रनको योगदान दिए । एक समय १३ ओभरमा ११३–६ को कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई सातौं विकेटका लागि साम्स र स्टोइनिसले ९२ रनको उत्कृष्ट साझेदारी गर्दै खेललाई रोमान्चक बनाएका थिए ।

युवा विकेटकिपर जोश फिलिपे ३२ बलमा ३ छक्का र २ चौका सहित ४५ रनको योगदान दिए । मिचेल सान्टनारले १२ औं ओभरमा फिलिपे, एस्टन अगर र मिचेल मार्शलाई आउट गर्दै अष्ट्रेलियालाई संकटमा पुर्याएका थिए । अगर र मार्शले खाता खोल्न सकेनन् । ओपनर म्याथ्यु वेड १५ बलमा ३ चौका र १ छक्का सहित २४ रनमा क्याच आउट भए । आरोन फिन्च १२ र ग्लेन म्याक्सवेल ३ रनमा आउट भए ।

न्युजिल्यान्डका स्पिनर मिचेल सान्टनारले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । जेम्श निशमले १ ओभरमा १० रन खर्चेर २ विकेट लिए । ईश सोधी र टिम साउथीले १–१ विकेट लिए ।

त्यसअघि बिहिबार बिहान युनिभर्सिटी ओभल डुनेडिनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १९ रन बनाएको थियो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ९७ रनको योगदान दिए ।

ड्यानिल साम्सको १५ औं ओभरको चौथो बलमा ठूलो सट खेल्नेक्रममा मार्कस स्टोइनिसबाट लङअफमा समातिन पुगेपछि गुप्टिल करिअरको तेस्रो टि२० आई शतक बनाउन ३ रनले चुकेका थिए । गुप्टिलले ५० बलमा ६ चौका र ८ छक्का प्रहार गरे । अर्का ओपनर टिम सिफर्ट चौथो ओभरको पहिलो बलमै ३ रनमा क्याच आउट हुन पुगे । केन रिचर्डसनको बलमा आरोन फिन्चबाट सिफर्ट क्याच हुँदा न्युजिल्यान्डले कुल २० रन बनाएको थियो ।

दोस्रो विकेटका लागि विलियम्सन र गुप्टिलले ७० बलमा १ सय ३१ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । एडम जाम्पाले १६ औं ओभरको पाँचौं बलमा बोल्ड आउट गर्नुअघि विलियम्सनले ३५ बलमा ३ छक्का र २ चौका सहित ५३ रनको योगदान दिए ।

आक्रामक इनिङ खेलेका जेम्स निशम १६ बलमा ६ छक्का र १ चौका सहित ४५ रनमा अविजित रहँदै उत्कृष्ट अन्त्य गरे । ग्लेन फिलिप्स ८, देभन कन्वे २, टिम साउथी ६ र मिचेल सान्टनार शून्यमा आउट भए ।

अष्ट्रेलिया तीव्र गतिका बलर केन रिचर्डसनले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । झेय रिचर्डसन, एडम जाम्पा र ड्यानियल साम्सले १–१ विकेट लिए ।

पहिलो खेलमा न्युजिल्यान्ड ५३ रनले विजयी भएको थियो । तेस्रो खेल ३ मार्चमा हुने छ ।

March 29, 2025

ललितले जिते २ वटामोटरसाइकल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]

March 29, 2025

ललित पिएम कपको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]

March 29, 2025

नेपाली युवा टोलीद्वारा सिरिज क्लिन स्विप

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ टोलीले दिल्लीको टोलीसँगको ५० ओभरको ३ खेलको सिरिजमा क्लिन स्विप गरेको छ । पर्सामा शनिवार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाली टोलीले दिल्ली यु-१९ टोलीलाई ५१ रनले पराजित गर्दै सिरिजमा क्लिन स्विप गरेको हो । यसअघि दुवै खेल नेपालले सहजै जितेको थियो। १ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली […]

Success

Thank you for your time.