4 years ago
February 25, 2021
एजेन्सी – ओपनर मार्टिन गुप्टिल चम्कँदा घरेलु टोली न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई २ सय २० रनको विशाल लक्ष्य दिएको छ ।
बिहिबार बिहान युनिभर्सिटी ओभल डुनेडिनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १९ रन बनायो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ९७ रनको योगदान दिए ।
ड्यानिल साम्सको १५ औं ओभरको चौथो बलमा ठूलो सट खेल्नेक्रममा मार्कस स्टोइनिसबाट लङअनमा समातिन पुगेपछि गुप्टिल करिअरको तेस्रो टि२० आई शतक बनाउन ३ रनले चुकेका थिए । गुप्टिलले ५० बलमा ६ चौका र ८ छक्का प्रहार गरे । अर्का ओपनर टिम सिफर्ट चौथो ओभरको पहिलो बलमै ३ रनमा क्याच आउट हुन पुगे । केन रिचर्डसनको बलमा आरोन फिन्चबाट सिफर्ट क्याच हुँदा न्युजिल्यान्डले कुल २० रन बनाएको थियो ।
दोस्रो विकेटका लागि विलियम्सन र गुप्टिलले ७० बलमा १ सय ३१ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । एडम जाम्पाले १६ औं ओभरको पाँचौं बलमा बोल्ड आउट गर्नुअघि विलियम्सनले ३५ बलमा ३ छक्का र २ चौका सहित ५३ रनको योगदान दिए ।
आक्रामक इनिङ खेलेका जेम्स निशम १६ बलमा ६ छक्का र १ चौका सहित ४५ रनमा अविजित रहँदै उत्कृष्ट अन्त्य गरे । ग्लेन फिलिप्स ८, देभन कन्वे २, टिम साउथी ६ र मिचेल सान्टनार शून्यमा आउट भए ।
अष्ट्रेलिया तीव्र गतिका बलर केन रिचर्डसनले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । झेय रिचर्डसन, एडम जाम्पा र ड्यानियल साम्सले १–१ विकेट लिए ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]
March 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ टोलीले दिल्लीको टोलीसँगको ५० ओभरको ३ खेलको सिरिजमा क्लिन स्विप गरेको छ । पर्सामा शनिवार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाली टोलीले दिल्ली यु-१९ टोलीलाई ५१ रनले पराजित गर्दै सिरिजमा क्लिन स्विप गरेको हो । यसअघि दुवै खेल नेपालले सहजै जितेको थियो। १ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली […]