4 years ago
February 24, 2021
एजेन्सी – भारतविरुद्ध जारी टेस्ट सिरिजको तेस्रो खेलमा इंग्ल्यान्डले खराब सुरुवात गरेको छ । डे-नाइट टेस्ट अन्तर्गत पहिलो दिनको दोस्रो सेसनमा नै इंग्ल्यान्ड १ सय १२ रनमा अलआउट हुन पुगेको हो ।
अहमदाबादस्थित मोटेरा रंगशालामा टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले तेस्रो ओभरमा नै ओपनर डोम सिब्लेको साथ गुमाएको थियो । करिअरको सयौं टेस्ट खेलिरहेका इशान्त शर्माको बलमा सिब्ले खाता नखोली क्याचआउट भए । छैटौं ओभरमा जोनी बेयरस्टो पनि खाता नखोली पेभेलियन फर्केपछि इंग्ल्यान्ड समस्यामा परेको थियो । अक्षर पटेलले उनलाई एलबीडब्लु धरापमा पारेका थिए ।
तेस्रो विकेटका लागि ओपनर ज्याक क्रली र कप्तान जो रुटले ४७ रनको साझेदारी गरे । कप्तान रुट १७ रन जोड्दै रविचन्द्रन आश्विनको बलमा एलबीडब्लु भए । त्यसको तीन ओभरपछि अर्धशतक बनाएका क्रली अक्षर पटेलको बलमा आउट भए । उनले ८४ बलको सामना गर्दै १० चौकाको मदतले ५३ रन जोडे ।
त्यसपछि भरतका स्पिनरले लगातार विकेट खसाले । ओली पोप १ रन, बेन स्टोक्स ६ रन तथा जोफ्रा आर्चर ११ रनमा आउट भए । जाक लिच ३, स्टुआर्ट ब्रोड ३ तथा बेन फोकस १२ रनमै पेभेलियन फर्किए । भारतका स्पिनर अक्षर पटेलले ६, रवि आश्विनले ३ तथा इशान्त शर्माले १ विकेट लिए ।
जवाफमा भारतले १० ओभर खेल्दा बिना विकेट क्षति १४ रन जोडेको छ । रोहित शर्मा १० र शुभामन गिल ४ रनमा खेलिरहेका छन् ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]
March 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ टोलीले दिल्लीको टोलीसँगको ५० ओभरको ३ खेलको सिरिजमा क्लिन स्विप गरेको छ । पर्सामा शनिवार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाली टोलीले दिल्ली यु-१९ टोलीलाई ५१ रनले पराजित गर्दै सिरिजमा क्लिन स्विप गरेको हो । यसअघि दुवै खेल नेपालले सहजै जितेको थियो। १ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली […]