4 years ago
February 23, 2021
एजेन्सी – भारत र इंग्ल्यान्डबीचको तेस्रो डे नाइट टेष्ट (दिउँसो र राती) बुधबारदेखि अहमदाबाद स्थित मोटेरा स्टेडियममा सुरु हुँदै छ । खेल नेपाली समय अनुसार बुधबाार २:४५ मा सुरु हुने छ । सुरुवाती दुई खेल सकिँदा चार टेष्ट सिरिज १–१ को अवस्थामा छ ।
पहिलो टेष्टमा इंग्ल्यान्डमा २ सय २७ रन विजयी र दोस्रोमा ३ सय १७ रनले पराजित भएको थियो । आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा पुग्ने आशा कायमै राख्न दुबै टोलीलाई तेस्रो टेष्ट जित्नै पर्ने हुन्छ । पराजित हुने टोलीको फाइनलमा पुग्ने सम्भावना सकिने छ । खेल बराबरीमा सकिँदा इंग्ल्यान्ड बाहिरिने छ ।
न्युजिल्यान्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो टोली बनि सकेको छ । लर्ड्समा जुनमा हुने उक्त फाइनलमा अव भारत, इंग्ल्यान्ड र अष्ट्रेलिया मध्य एक टोली पुग्ने छन् । यस चार टेष्ट सिरिजले निर्धारण गर्ने छ ।
भारत फाइनलमा पुग्न यस सिरिज ३–१ वा २–१ को अन्तरले जित्नुपर्छ । इंग्ल्यान्डलाई फाइनमा पुग्न बाँकी दुई खेल जित्नुपर्ने हुन्छ । यदि यस सिरिज १–१, २–२ र १–२ को अवस्थामा सकिँएमा अष्ट्रेलिया फाइनलमा पुग्ने छ ।
दोस्रो टेष्टबाट इंग्ल्यान्डले कम्तिमा चार परिवर्तन गर्ने सम्भावना छ । दोस्रो टेष्टमा विश्राम पाएका प्रमुख तीव्र गतिका बलर जेम्स एन्डरसन र जोफा्र आर्चर फर्किंने छन् । एन्डरसन फर्किंदा निश्चित हुँदा आर्चरको भने अनिश्चित छ । आर्चर पूर्णरुपमा पिट छन् वा छैनन् त्यो इंग्ल्यान्ड क्रिकेट बोर्डले बताएको छैन । पिंक बलको खेल हुँदा आर्चर फर्किने उच्च सम्भावना छ । यी दुई टोली फर्किंदा दोस्रो टेष्टमा खेलेका तीव्र गतिका बलर ओली स्टोन र स्टुअर्ट ब्रोड बेन्चमा बस्ने छन् ।
खराब लयमा रहेका ओपनर रोरी बर्न्सको स्थानमा जोनी बेयरस्टोलाई मौका दिने सम्भावना छ । ड्यान लरेन्सको स्थान ज्याक क्रलीले लिने सम्भावना छ । मोटेरा पिच हरियो दुबो हुँदा र डे नाइट टेष्ट पिंक बलले खेल्ने हुँदा कम्तिमा तीन तीव्र गतिका बलरका साथ इंग्ल्यान्ड मैदान उत्रने छ । एन्डरसन, आर्चरसँगै क्रिस वोक्सको सम्भावना छ ।
कप्तान जो रुट, बेन स्टोक्स र एन्डरसन टोलीका प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रर्दशन निकै महत्वपूर्ण हुने छ । रुट उच्च लयमा छन् । पहिलो टेष्टमा रुटले पहिलो इनिङमा २ सय १८ रनको उत्कृष्ट दोहोरो शतकीय इनिङ खेलेका थिए ।
यता दोस्रो टेष्टमा विश्राम पाएका भारतीय प्रमुख हतियार जस्प्रित बुमराह टोलीमा फर्किंने छन् । कुलदीप यादवको स्थानमा उमेश यादवलाई उतार्ने सम्भावना छ । दोस्रो टेष्टमा शतक प्रहार गरेका रविचन्द्रन आश्विन राम्रो लयमा छन् । दोस्रो टेष्टको पहिलो इनिङमा १ सय ६१ रनको शतकीय इनिङ खेलेका रोहित घातक बन्न सक्छन् । चेतेश्वर पुजारा र कप्तान विराट कोहली ब्याटिङका हतियार हुन् । कोहली, आश्विन र बुमराह भारतका प्रमुख हतियार हुन् ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]
March 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ टोलीले दिल्लीको टोलीसँगको ५० ओभरको ३ खेलको सिरिजमा क्लिन स्विप गरेको छ । पर्सामा शनिवार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाली टोलीले दिल्ली यु-१९ टोलीलाई ५१ रनले पराजित गर्दै सिरिजमा क्लिन स्विप गरेको हो । यसअघि दुवै खेल नेपालले सहजै जितेको थियो। १ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली […]