default_image

4 years ago

February 22, 2021

सूर्य, किशन र राहुल पहिलो पटक भारतीय टोलीमा

123 views

0 Bookmark

एजेन्सी – युवा विकेटकिपर इशन किशन, आक्रामक ब्याट्सम्यान सूर्यकुमार यादव र स्पिन अलराउन्डर राहुल टेवाटियाले पहिलो पटक भारतीय टोलीमा स्थान बनाएका छन् । भारतले मार्च दोस्रो साता देखि इंग्ल्यान्डविरुद्ध खेल्ने पाँच टि ट्वान्टी आई सिरिजको लागि विराट कोहलीको कप्तानीमा टोली घोषणा गरेको छ ।

टोलीमा आइपिएल स्टार सूर्य, किशन र राहुल पहिलो पटक भारतीय टोलीमा स्थान बनाएका हुन् । यी तीनै खेलाडीले गत नोभेम्बरमा संयुक्त अरव इमिरेट्स (यूएई) मा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) उत्कृष्ट प्रर्दशन गर्दै भारतीय टोलीमा दाबेदारी प्रस्तुत गरेका थिए ।

मुम्बई इन्डियन्सलाई च्याम्पियन बनाउन सूर्य र किशनले सर्वोत्कृष्ट प्रर्दशन गरेका थिए । राहुल टेवाटियाले राजस्थान रोयल्सबाट उत्कृष्ट प्रर्दशन गरेका थिए । सूर्य मध्यक्रमका आक्रामक ब्याट्सम्यान हुन् । धेरैले उनलाई भारतीय एवी डिभिलियर्स पनि भन्ने गर्दछन् ।

मैदानको चारैतर्फ सट प्रहार गर्न सिपालु सूर्य आक्रामक र ठूला सटका लागि परिचित छन् । सूर्यले लगातार भारतीय क्रिकेट र आइपिएलमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । सूर्य मौका नपाएर ओझेलमा परेका एक उत्कृष्ट ब्याट्सम्यानको रुपमा भारतीय क्रिकेटमा परिचित नाम हुन् ।

वायाँ हाते विकेटककिपर ब्याट्सम्यान इशन किशन पनि ठूला सट र इनिङको लागि परिचित छन् । राहुल लेगस्पिनर हुन् । तल्लोक्रममा उत्कृष्ट प्रर्दशनको क्षमता राख्छन् । राहुलले राजस्थानबाट पन्जाब किंग्सले प्रस्तुत गरेको २ सय २४ रनको विशाल लक्ष्य पूरा गर्नेक्रममा खेलेको ५३ रनको इनिङले चर्चित बनाएको थियो । उक्तक्रममा टेवाटियाले वेस्टइन्डिजका तीव्र गतिका बलर शेल्डन कटरेललाई एकै ओभरमा पाँच छक्का प्रहार गरेका थिए ।

गत आइपिएलमा सूर्यले १५ इनिङमा ४ सय ८० रन बनाएका थिए । उनले चार अर्धशतक प्रहार गरेका थिए । किशनले १३ इनिङमा ४ पटक अविजित रहँदै कुल ५ सय १६ रन बनाएका थए । जसमा ५ अर्धशतक सामेल थियो । उक्त सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका उनले कुल ३० छक्का प्रहार गरेका थिए ।

टेवाटियाले राजस्थानबाट ११ इनिङमा ५ पटक अविजित रहँदै कुल २ सय ५५ रन बनाए । उनले किंग्स इलेभेन पन्जाबविरुद्ध २ सय २४ रनको विशाल लक्ष्य पूरा गर्न अविश्वसनिय अर्धशतक प्रहार गरेका थिए । साथ १० विकेट लिएका थिए ।

तीव्र गतिका बलर भुवनेश्वर कुमार, दीपक चहर, स्पिनर अक्षर पटेल र विकेटकिपर ऋषभ पन्त भारतीय टि ट्वान्टी टोलीमा फर्किएका छन् । यसअघि भारतीय टोलीमा परेपनि डेब्यू गर्न नपाएका स्पिनर बरुण चक्रवर्ती पनि इंग्ल्यान्डसँगको टोलीमा समेटिएका छन् । इंग्ल्यान्डसँगको टोलीमा तीव्र गतिका बलर जस्प्रित बुमराह, मोहम्मद शामी, स्पिनर रविन्द्र जडेजा र ब्याट्सम्यान सन्जु स्यामसन भने छैनन् ।

भारत र इंग्ल्यान्डबीच चार टेष्ट सिरिजमा दुई खेल सकिँदा १–१ को बराबरीमा छ । पहिलो टेष्टमा इंग्ल्यान्डमा २ सय २७ रनले विजयी हुँदा दोस्रो टेष्टमा भारत ३ सय १७ रनले विजयी भएको थियो । तेस्रो टेष्ट अहमदाबादमा बुधबार सुरु हुँदैछ । पाँचै टि ट्वान्टी खेल अहमदाबादमा हुने छन् । अहमदाबादको मैदान विश्वकै सर्वाधिक ठूलो क्रिकेट मैदान हो । पहिलो टि ट्वान्टी आई १२ मार्चमा हुने छ । दोस्रो १४, तेस्रो १६, चौथो १८ र पाँचौ २० मार्चमा हुने छ ।

भारतीय टि ट्वान्टी टोली – विराट कोहली (कप्तान), रोहित शमा (उपकप्तान), लोकेश राहुल, शिखर धवन, श्रेयस ऐर, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, ऋषभ पन्त (विकेटकिपर), ईशान किशन (विकेटकिपर), युजभेन्द्र चहल, बरुण चक्रवर्ती, अक्षर पटेल, वासिन्टन सुन्दर, राहुल टेवाटिया, टि नटराजन, भुवनेश्वर कुमार, दीपक चहर, नवदीप सैनी र शार्दुल ठाकुर ।

March 29, 2025

ललितले जिते २ वटामोटरसाइकल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]

March 29, 2025

ललित पिएम कपको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]

March 29, 2025

नेपाली युवा टोलीद्वारा सिरिज क्लिन स्विप

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ टोलीले दिल्लीको टोलीसँगको ५० ओभरको ३ खेलको सिरिजमा क्लिन स्विप गरेको छ । पर्सामा शनिवार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाली टोलीले दिल्ली यु-१९ टोलीलाई ५१ रनले पराजित गर्दै सिरिजमा क्लिन स्विप गरेको हो । यसअघि दुवै खेल नेपालले सहजै जितेको थियो। १ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली […]

Success

Thank you for your time.