4 years ago
February 18, 2021
एजेन्सी – न्युजिल्यान्डका २६ वर्षिय तीव्र गतिका बलिङ अलराउन्डर काइल जामिसन इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा महँगो मूल्यमा रोयल च्यालेन्जर्स बेंगलोरमा अनुबन्ध भएका छन् ।
न्यूनतम मूल्य ७५ लाख तोकेका स्टार जामिसनलाई किन्न सुरुमा दिल्ली र बेंगलोरबीच प्रतिस्पर्धा भएको थियो । त्यसपछि पन्जाबले उनीमाथि अक्सनमा बोलि लगाएपछि थप प्रतिस्पर्धा बनेको थियो । बेंगलोरले १५ करोड रुपैयाँमा खरिद गरेपछि उनी पहिलो पटक अक्सनमा बिक्री भएका हुन् । उनले तोकेको न्यूनतम मुल्यभन्दा यो २० गुणा बढी रकम हो ।
बेंगलोरले यसअघि ग्लेन म्याक्सवेललाई १४ करोड २५ लाखमा अनुबन्ध गरेको थियो । त्यस्तै अक्सनमा बेंगलोरले सचिन बेबी, मोहम्मद अजहरुद्दीन र राजत पातिदरलाई न्यूनतम मूल्य २० लाखमा अनुबन्ध गरि सकेको छ । विराट कोहली, एवि डिभिलियर्स, ग्लेन म्याक्सवेल र काइल जामिसनसँगै बेंगलोर बलियो बनेको छ ।
न्युजिल्यान्डका तीव्र गतिका बलिङ अलराउन्डर काइल जामिसन बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रर्दशनका लागि चिनिन्छन् । गतवर्ष भारतलाई तीन ओडिआई सिरिजमा क्लिनस्विप गराउन जामिसनले उत्कृष्ट प्रर्दशन गरेका थिए । उनी भारतविरुद्ध डेब्यू खेलमै ‘प्लेयर अफ द म्याच’ चुनिएका थिए ।
भारतविरुद्ध डेब्यू सिरिजमा जामिसनको सर्वोत्कृष्ट प्रर्दशनको सहयोगमा न्युजिल्यान्डले टेष्ट सिरिज क्लिनस्विप गरेको थियो । उनले न्युजिल्यान्डबाट लगातार सर्वोत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । पछिल्लो पटक पाकिस्तानसँगको दोस्रो टेष्ट खेलमा पहिलो इनिङमा ५ र दोस्रोमा ६ विकेट लिएका थिए । जामिसनले तल्लोक्रममा आक्रामक र ठूला सटको क्षमता पनि राख्ने गर्दछन् ।
यो पनि : सन्दीप आइपिएल अक्सनमा ‘अनसोल्ड’
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]
March 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ टोलीले दिल्लीको टोलीसँगको ५० ओभरको ३ खेलको सिरिजमा क्लिन स्विप गरेको छ । पर्सामा शनिवार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाली टोलीले दिल्ली यु-१९ टोलीलाई ५१ रनले पराजित गर्दै सिरिजमा क्लिन स्विप गरेको हो । यसअघि दुवै खेल नेपालले सहजै जितेको थियो। १ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली […]