default_image

4 years ago

February 17, 2021

पन्जाबद्धारा नाम र लोगो परिवर्तन

85 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन अघि फ्रेन्चाइज टोली किंग्स इलेभेन पन्जाबले आफ्नो नाम र लोगो परिवर्तन गरेको छ । अव नयाँ नाम पन्जाब किंग्स रहने छ ।

लोगो सिंहको राखेको छ । उसको लोगो चेन्नई सुपर किंग्ससँग मिल्दो जुल्दो छ । अक्सन विहिबार चेन्नईमा हुँदै छ । पन्जाबले अक्सनमा ९ खेलाडी अनुबन्ध गर्न पाउने छ । जसमा ५ विदेशी कोटा खाली छ । पन्जाबसँग अक्सनमा खर्च गर्न पाउने कुल रकम ५३ करोड २० लाख भारु बाँकी छ ।

पन्जाबको कप्तान लोकेश राहुलले पछिल्लो सिजन देखि गर्दै आएका छन् । पन्जाब आइपिएलको एक असफल टोली हो । उक्त असफलको कारण नाम र लोगो परिवर्तन गर्न पुगेको हो । यसअघि सन् २०१९ मा दिल्ली क्यापिटल्सले पनि लगातार असफलको कारण आफ्नो नाम र लोगो परिवर्तन गरेको थियो । त्यसअघि दिल्ली डेयरडेभिल्स थियो । दिल्ली गत सिजनमा पहिलो पटक फाइनलमा पुगेको थियो ।

पन्जाब हालसम्म एक पटक मात्र फाइनलमा पुगेको छ । २०१४ मा फाइनलमा पुगेपनि कोलकाता नाइट राइडर्ससँग ३ विकेटले पराजित भएको थियो । पन्जाब सन् २००८ मा सेमिफाइनलमा पुगेको थियो । त्यसबाहेक अन्य सबै संस्करणमा पन्जाब सुरुवाती चरणबाटै बाहिरिएको छ ।

पन्जाब २०२१ अक्सन अघि आफ्नो नाम र लोगो परिवर्तन गर्दै भाग्य फेर्न चाहन्छ । पन्जाबमा मोहित ब्रुमान, नेस वाडिया, प्रीति जिन्टा र करण पउलको स्वामित्वमा रहेको फ्रेन्चाइज टोली हो । २०२० मा पन्जाब छैटौं स्थानमा रहँदै बाहिरिएको थियो ।

March 26, 2025

परागको घरेलु मैदानमा राजस्थान र कोलकाता भिड्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

Success

Thank you for your time.