4 years ago
February 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – धादिङ जिल्ला स्तरीय टी२०क्रिकेट प्रतियोगिता हुने भएको छ । धादिङ पोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा प्रतियोगिता फागुन ७ देखि १० सम्म बेनिघाट रोराङस्थित चन्द्रोदय माविको खेल मैदानमा हुनेछ ।
मंगलबार धादिङमा एक पत्रकार सम्मेलन मार्फत आयोजकले प्रतियोगिता बारे जानकारी गराएको छ । प्रतियोगितामा १० टोली छन् । प्रतियोगिता सेमिफाइनल फागुन ९ र फाइनल १० गते हुने छ । प्रतियोगितामा बेनिघाट, विशालटार, मलेखु, गजुरी, नौबिसे, त्रिपुरा सुन्दरी, सन्कोस, गणेश हिमाल, निकण्ठ र बैरेनी क्रिकेट टोली रहेका छन् । प्रतियोगिता नकआउटको आधारमा हुने छ ।
प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट खेलाडीले ५-५ हजार प्राप्त गर्नेछन् । राष्ट्रियस्तरमा खेल्ने खेलाडी तयार पार्न यस प्रतियोगिता गर्न थालिएको प्रतियोगिता संयोजक दीपेश कँडेलले बताए ।
प्रतियोगिताका संयोजक दीपेश कँडेलले यस प्रतियोगिताले धादिङको क्रिकेट विकाशमा ठूलो टेवा पुग्ने बताएका छन् । धादिङ नेपालको राजधानी काठमाडौंबाट भौगलिक दुरीले निकै नजिक भएपनि क्रिकेट विकाशमा भने धेरै पछि छ । पछिल्लो समय भने धादिङ क्रिकेटको चहलपल बढ्न थालेको छ ।
गत वैशाखमा स्थानिय खेलप्रेमीको सक्रियता र पहिलामा बेनिघाट रोराङ गाउँपालिका स्थित बेनिघाट ५ बाहुनटारमा क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएको थियो । राजधानीबाट निकै नजिक रहेको धादिङको क्रिकेट विकासको लागि दीपेश कंडेल सहित युवा खेलप्रेमि पछिल्लो समय सक्रिय रुपमा खटिएका छन् ।
March 26, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]