4 years ago
February 17, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन बिहिबार चेन्नईमा सुरु हुँदा १ सय २५ विदेशी खेलाडीसहित कुल २ सय ९२ खेलाडी सहभागी हुनेछन् ।
अक्सनमा २२ विदेशी सहित कुल ६१ खेलाडी बिक्नेछन् । अक्सनमा खेलाडीको पछिल्लो समयको लय र प्रर्दशनलाई निकै महत्त्वपूर्ण रुपमा लिइन्छ । आइपिएलमा स्टार खेलाडीमात्र अक्सनमा महँगो मूल्य पाउँछन् भन्ने हुँदैन । क्षमता भएका जो कोहि खेलाडीको भाग्य चम्किँन सक्छ । पछिल्लो समय उत्कृष्ट प्रर्दशन गर्दै आएका खेलाडी अक्सनमा धेरै टोलीको ध्यान केन्द्रित हुन्छ ।
अक्सनका मालिक र कप्तान प्रर्दशन गर्न सक्ने खेलाडी टोलीमा अनुबन्ध गर्न हर प्रयास गर्ने गर्दछन् । त्यसैले फ्रेन्चाइज टोलीले अन्तर्राष्ट्रिय खेल, घरेलु क्रिकेट र विदेशी फ्रेन्चाइज लिगलाई नजिकबाट नियालेका हुन्छन् । जसबाट आफूलाई आवश्यक रहेको खेलाडी अनुबन्ध गर्ने रणनीतिका साथ अक्सनमा जाने गर्दछन् । बिहिबार हुने आइपिएल अक्सनमा यी तीन खेलाडी जसले अपेक्षा भन्दा महँगो मूल्य पाउँदै पहिलो पटक अक्सनमा विक्न सक्छन् ।
डेभन कन्वे (न्युजिल्यान्ड)
न्युजिल्यान्डका २९ वर्षिय ओपनर तथा शीर्षक्रमका ब्याट्सम्यान डेभन कन्वे पछिल्लो समय उत्कृष्ट लयमा छन् । गत नोभेम्बरमा कन्वेले वेस्टइन्डिजविरुद्ध टि२० आईमा डेब्यू गरेका थिए । न्युजिल्यान्डबाट ६ टि२० आईमा ४ इनिङमा ब्याटिङ गर्दै उनले २ मा अर्धशतकका साथ १ सय ७४ रन बनाएका छन् । स्ट्राइकरेट १ सय ५१ छ ।
वेलिंग्टनबाट घरेलु क्रिकेट खेल्ने उनले न्युजिल्यान्डको चर्चित टि२० क्रिकेट प्रतियोगिता सुपर स्याम्समा उत्कृष्ट प्रर्दशन गरेका थिए । यसै साता सम्पन्न प्रतियोगितामा उनले पछिल्ला तीनै खेलमा अविजित उत्कृष्ट अर्धशतकीय इनिङ खेलेका थिए । सुपर स्याम्समा उनको पछिल्लो इनिङ क्रमश : ९३, ९१, ६९, ५० । सुपर स्याम्सको उपाधि वेलिंग्टनलाई जिताउन महत्वपूर्ण योगदान दिएका उनले १० खेलमा ५ अर्धशतकका साथ ४ सय ५५ रन जोडेका थिए । ३ पटक अविजित (नटआउट) थिए ।
उत्कृष्ट लयमा रहेका कन्वेले जिम्मेवारीका साथ म्याच विनिङ प्रर्दशन गर्ने गर्दछन् । घरेलु क्रिकेटमा ओपनिङ गर्ने उनले न्युजिल्यान्डबाट भने तेस्रो नम्बरमा ब्याटिङ भूमिका निर्वाह गर्दछन् । कन्वेको अक्सनमा न्यूनतम मूल्य ५० लाख भारु छ ।
काइल जामिसन (न्युजिल्यान्ड)
न्युजिल्यान्डका तीव्र गतिका बलिङ अलराउन्डर काइल जामिसन यस पटक अक्सनमा महँगो मूल्यमा विक्न सक्ने सम्भावना बोकेका युवा खेलाडी हुन् । उनले बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । गतवर्ष भारतलाई तीन ओडिआई सिरिजमा क्लिनस्विप गराउन जामिसनले उत्कृष्ट प्रर्दशन गरेका थिए । उनी भारतविरुद्ध डेब्यू खेलमै ‘प्लेयर अफ द म्याच’ चुनिएका थिए ।
भारतविरुद्ध डेब्यू सिरिजमा जामिसनको सर्वोत्कृष्ट प्रर्दशनको सहयोगमा न्युजिल्यान्डले टेष्ट सिरिज क्लिनस्विप गरेको थियो । उनले न्युजिल्यान्डबाट लगातार सर्वोत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । पछिल्लो पटक पाकिस्तानसँगको दोस्रो टेष्ट खेलमा पहिलो इनिङमा ५ र दोस्रोमा ६ विकेट लिएका थिए ।
जामिसनले तल्लोक्रममा आक्रामक र ठूला सटको क्षमता पनि राख्ने गर्दछन् । अग्ला कदका जामिसनलाई भित्र्याउन अक्सनमा धेरै टोलीले प्रतिस्पर्धा गर्नेछन् । उत्कृष्ट बलिङ र ब्याटिङ गर्ने हुँदा जामिसन पहिलो पटकनै १० करोड भन्दामाथिको मूल्यमा विक्न सक्छन् । जामिसनले आफ्नो न्यूनतम मूल्य ७५ लाख भारतीय रुपैयाँ तोकेका छन् ।
तनवीर संघा (अष्ट्रेलिया)
अष्ट्रेलिया १९ वर्षिय तनवीर संघा आइपिएल अक्सनमा सबैलाई आश्चर्य पार्न सक्छन् । लेगस्पिनर संघाले बिग ब्यास लिग २०२०/२१ मा सिड्नी थन्डरबाट खेल्दै उत्कृष्ट प्रर्दशनका साथ ध्यान आफूतिर केन्द्रित गरिसकेका छन् ।
अष्ट्रेलियाको न्युजिल्यान्ड भ्रमणको लागि संघा टोलीमा परि सकेका छन् । उनले १५ खेलमा २१ विकेट लिँदै एडम जाम्पा, राशिद खान, मुजिब उर रहमान लगायतका विश्व चर्चित स्पिनरलाई पछि पारेका थिए । अष्ट्रेलियाबाट गत वर्ष दक्षिण अफ्रिकामा भएको यू१९ विश्वकप खेल्दै उत्कृष्ट प्रर्दशन पनि गरेका थिए ।
अष्ट्रेलियाबाट उक्त विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बन्दै १५ विकेट लिएका थिए । संघा भारतीय मुलका खेलाडी हुन् । उत्कृष्ट प्रर्दशन गरि रहेका युवा स्टार संघालाई फ्रेन्चाइज टोलीले अप्रत्यासित मूल्य लगाउन सक्छन् । संघाले आफ्नो न्यूनतम मूल्य २० ला भारु तोकेका छन् ।
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]