default_image

4 years ago

February 17, 2021

आइपिएल अक्सनमा नभएका ३ स्टार खेलाडी

115 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा खेलाडीले नाम र दाम दुवै उच्च पाउछन् । धेरै खेलाडीको सपना व्यावसायिक रुपमा आइपिएल खेल्ने हुन्छ ।

चर्चित खेलाडीमाथि अक्सनमा पैसाको वर्षानै हुने गर्दछ । एकै रातमा खेलाडी करोडपति बन्ने गर्दछन् । आइपिएल अक्सन २०२१ बिहिबार चेन्नईमा हुँदै छ । अक्सनमा कुल २ सय ९२ खेलाडी छन् । जसमा १ सय २५ विदेशी र १ सय ६४ भारतीय खेलाडी छन् । झन्डै ७० खेलाडी ८ फ्रेन्चाइज टोलीमा अनुबन्ध हुने छन् ।

अष्ट्रेलियाका शीर्षक्रमका ब्याट्सम्यान स्टिभ स्मिथ, कप्तान आरोन फिन्च, बंगलादेशका अलराउन्डर सकिब अल हसन, इंग्ल्यान्डका ओपनर एलेक्स हेल्स देखि अफगानिस्तानका १६ वर्षिय स्पिनर नुर अहमद सम्मका खेलाडी अक्सनमा सहभागी हुँदै छन् । तर केहि चर्चित खेलाडी भने अक्सनमा छैनन् । आइपिएल अक्सन २०२१ मा नाम दर्ता नगराएका वर्तमान समयका तीन स्टार खेलाडी यस प्रकार छन् ।

३.टम ब्यान्टन (इंग्ल्यान्ड)

इंग्ल्यान्डका २२ वर्षिय युवा स्टार टम ब्यान्टनले यस सिजनको अक्सनमा आफ्नो नाम दर्ता गराएका छैनन् । उनले गतवर्ष कोलकता नाइट राइडर्सबाट खेलेका थिए । २ खेलमा मौका पाउँदा प्रर्दशन भने राम्रो हुन सकेको थिएन । ब्यान्टन विष्फोटक ब्याटिङका लागि परिचित छन् । ब्यान्टनलाई कोलकाताले टोलीबाट फुकुवा गरेको थियो ।

गतवर्ष ब्यान्टनलाई कोलकाताले एक करोड भारतीय रुपैयाँमा किनेको थियो । उनले हालसम्म ४२ टि२० खेलमा १ शतक सहित कुल १ हजार १ सय ११ रन बनाएका छन् । स्ट्राइकरेट १५२.४७ छ । पावर प्लेमा उत्कृष्ट सुरुवात दिलाउने ब्यान्टनलाई अक्सनमा महँगो मूल्यमा विक्न सक्ने खेलाडीको रुपमा समेत हेरिएको थियो ।

२.जो रुट (इंग्ल्यान्ड)

इंग्ल्यान्डका टेष्ट कप्तान जो रुट पछिल्लो समय उत्कृष्ट लयमा छन् । उनले टेष्टमा लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । शीर्षक्रमका ब्याट्सम्यान जो रुटले जिम्मेवारीका साथ ब्याटिङ गर्दै इनिङलाई सम्हाल्ने गर्दछन् । रुटले अक्सनमा आफ्नो नाम दिएनन् ।

टि२० आक्रामक खेल हो । तर एक इन्डबाट उक्त आक्रामक ब्याटिङ गर्ने वातावरण तयार पार्ने ब्याट्सम्यान पनि हुनुपर्छ । त्यसको लागि रुट माहिर छन् । रुट टोलीको आवश्यकता अनुसार आक्रामक र संयमित दुवै शैलीमा ब्याटिङ गर्ने गर्दछन् । रुटले ७७ टि२० खेलमा १४ पटक अविजित रहँदै १ हजार ८ सय ९७ रन बनाएका छन् । उनको टि२० क्रिकेटमा स्ट्राइक रेट १२८.१७ सय छ । उत्कृष्ट प्रर्दशन ९२ रन अविजित छ ।

१. मिचेल स्टार्क (अष्ट्रेलिया)

अष्ट्रेलिया तीव्र गतिका बलर मिचेल स्टार्क लामो समयदेखि आइपिएल खेलेका छैनन् । यस पटक अक्सनमा सर्वाधिक महँगो मूल्यमा बिक्न सक्ने खेलाडीको रुपमा स्टार्कलाई हेरिएको थियो । तर स्टार्कले नामनै दर्ता गराएनन् । योर्करका लागि माहिर स्टार्क आफ्नो तीव्र गतिको स्पीडको कारण पनि ब्याट्सम्यानलाई दबाब र आउट गर्न सक्ने क्षमता राख्छन् ।

यस पटक अक्सनमा मुम्बई, पन्जाब, बेंगलोर र राजस्थानलाई तीव्र गतिका बलर बढी आवश्यक छ । स्टार्कले पछिल्लो पटक आइपिएल २०१५ मा बेंगलोरबाट खेलेका थिए । त्यसपछि स्टार्कले आइपिएल खेलेका छैनन् । सन् २०१८ मा कोलकाता नाइट राइडर्सले स्टार्कलाई ९ करोड ४० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । तर स्टार्क चोटका कारण आफ्नो नाम फिर्ता लिएका थिए ।

आइपिएल अक्सन : जो फुकुवा भएपनि महँगोमा बिक्छन्

March 27, 2025

लखनउको कमजोर बलिङको फाइदा लिने लक्ष्यमा हैदराबाद

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज लखनउ सुपर जायन्ट्स र सनराइजर्स हैदराबादबीच खेल हुदैछ । हैदराबादको घरेलु मैदान राजिब गान्धि क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहीवार राती ७ः४५ मा सुरु हुनेछ । पहिलो खेलमा जित हात पारेको हैदराबाद दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको थियो । […]

March 26, 2025

कोलकाताको पहिलो जित

एजेन्सी – कोलकाता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा जित हासिल गरेको छ। कोलकाताले बुधवार राजस्थानलाई ८ विकेटले हराउँदै दोस्रो खेलमा पहिलो जित दर्ता गर्यो । कोलकाताले १ सय ५२ रनको लक्ष्य १७.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । कोलकाताको जितमा ओपनरका रुपमा आएका क्विन्टन डि ककले अर्धशतकीय इनिङ खेले । डि ककले अविजित […]

March 26, 2025

राजस्थानको मध्यम योगफल

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो दोस्रो खेलमा कोलकाता नाइटराइडर्सविरुद्ध राजस्थान रोयल्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदान गुवाहाटिमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाउन सक्यो । राजस्थानका लागि धुव्र जुरेलले सर्वाधिक ३३ रन बनाए । उनले २८ बलको […]

Success

Thank you for your time.