4 years ago
February 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर अनुज चनाराले खेलकुद सामाग्री किन्नको लागि दक्षिण कोरियाबाट आर्थिक सहयोग पाएका छन् ।
अनुजले दक्षिण कोरियाबाट खेलप्रेमीले सहयोग संकलन गरेपछि आर्थिक सहयोग प्राप्त गरेका हुन् । दुई साताअघि कर्णाली प्रदेशबाट प्रधानमन्त्री कप प्रतियोगितामा खेल्दै उत्कृष्ट प्रर्दशन गरेपछि ओमान भ्रमणको लागि नेपाली टोलीको बन्द प्रशिक्षणमा अनुज परेपछि हाम्रो खेलकुद डटकमले उनको क्रिकेट यात्रालाई समेट्दै ‘साथीको जुत्ता र भान्जाको साथमा राष्ट्रिय टोलीको यात्रा’ शीर्षकमा समाचार लेखेको थियो ।
जाजरकोटका १६ वर्षिय अनुजले आर्थिक अवस्था कमजोर हुँदा प्रधानमन्त्री कपमा साथीको जुत्ता मागेर खेलेको कुरा समेट्दै समचार आएको थियो । बन्द प्रशिक्षणमा आउँदा उनको साथीको खेल परेपछि उक्त जुत्ता साथीले नै लगाएको र उनी एक वर्षअघि किनेको सामान्य जुत्ता लगाएर आएका थिए ।
उक्त समचारसँगै अनुजले जुत्ता र खेलकुद सामाग्री किन्नको लागि आर्थिक सहयोग पाउन थालेका थिए । सोमबार दक्षिण कोरियामा सुदीप रावतको विशेष पहलमा अनुजलाई अनलाइनमा एक कार्यक्रमकाबीच अनुजलाई ८ लाख २७ हजार वन (८६ हजार ७ सय रुपैयाँं) हस्तान्तरण गरेका छन् । जाजरकोट निवासी सुदीपले हाम्रो खेलकुदमा उक्त समचार आएपछि अनुजलाई सहयोग गर्न दक्षिण कोरियामा रहेका नेपालबीच अभियान चलाएका थिए । सोमबार सुदीप, अनुज र उनका मामा नरेन्द्र विकले अनलाइन कार्यक्रमका बीच उक्त रकम प्राप्त गरे ।
‘जाजरकोट झाडापखला उपचार नभएर ज्यान गुमाउने ठाउँ हो । त्यो ठाउँबाट आएर राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सम्म आउनु ठूलो गर्वको कूरा हो । अनुजलाई खेलकुद सामाग्री सहयोगको लागि आर्थिक सहयोग गर्न पाउँदा धेरै खुसी छौं । आगमी दिनमा पनि आवश्यक परे सहयोग गर्न तयार रहने छौं’, सुदीपले भने । उनले अनुजलाई निरन्तर खेलमा केन्द्रित हुँदै कर्णाली र नेपालको नाम चिनाउन मिहिनेत गरि रहन आग्रह समेत गरे ।
यसअघि नेपाली क्रिकेटका सक्रिय समर्थक तारा पाठक, विनोद जि.सी, गोविन्द भुषाल, प्रतीक उपाध्याय, जय लामिछाने र कृष्ण खनाल मिलेर मंगलबार १८ हजार नेपाली रुपैयाँ बराबरको जुत्ता हस्तान्तरण गरेका थिए । अनुजलाई बागलुङ नगरपालिका वडा नम्बर ८ का वासिन्दा तथा अधिबक्ता रमेश बहादुर खड्काले ७ हजार र कमल सुनचाँदी पसल पोखरा, बेनी र म्याग्दीका प्रमुख कमल विश्वकर्माले पनि ५ हजार सहयोग गरेका थिए । सौराह स्यान्ड्सले पनि अनुजलाई जुत्ता किन्नको लागि १५ हजार रुपैयाँ सहयोग गरेको थियो ।
अनुज ओमान भ्रमणको लागि पहिलो पटक राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका थिए । एक साता राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट पहिलो चरणमा सहभागी भएका अनुज दोस्रो चरणमा पर्न असफल रहे । चैत्रमा ओमानमा हुने भनिएको उक्त सिरिज पनि स्थगित भइसकेको छ । क्यानले दोस्रो चरणमा २० खेलाडीलाई राखेर प्रशिक्षण थालेको छ ।
अनुजलाई कोरियाबाट सहयोग गर्नेको नामवाली :
१.सुदिप रावत- १०१००० वन
२.कमल केसी- ३००००वन
३.भीम रोकाय- २००००वन
४.तेजबिक्रम रोकाय- ३१०००वन
५.भानु मगर- ५००००वन
६.प्रकाश बस्नेत- ३१०००वन
७.साकेन्द्र चनारा- ४००००वन
८. नेपाल कार्की- ५००००वन
९.हरि थापा- ३००००वन
१०.पूर्ण बुढा- १६०००वन
११.केपी कुसारी- ५००००वन
१२.तिलक हमाल- ३००००वन
१३.गणेश कोइराला- २१०००वन
१४.कुशल दर्लामी- ३००००वन
१५.लक्ष्मीनारायण बस्नेत- १६०००वन
१६.यज्ञराज कंडेल- २००००वन
१७.कमल मगर – २००००वन
१८.निमा गुरुङ- ३००००वन
१९.बसन्त बाबु बस्नेत- २००००वन
२०.तुलश गुरुङ- २१०००वन
२१.भक्तराज योगी- २१०००वन
२२.धर्मराज शाही- १६०००वन
२३.कमल मगर-३००००वन
२४.मोहन राउत- १००००वन
२५.दिनेश क्षेत्री- १५०००वन
२६.हिमाल बोहोरा- १००००वन
२७.एम के राई- ३००००वन
२८.दिपेन थापा- २५०००वन
२९.बिमल सुबेदी- १००००वन
March 27, 2025
एजेन्सी – सनराइजर्स हैदराबादले इण्डियन प्रिमियर लिग(आइपिएल) मा लखनउ सुपर जायन्ट्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ । जारी खेलमा हैदराबादले लखनउलाई जितका लागि १ सय ९१ रनको लक्ष्य दिएको छ । घरेलु मैदान राजिब गान्धि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रनको […]
March 27, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादविरुद्ध टस जितेको छ । हैदराबादको घरेलु मैदान राजिब गान्धि क्रिकेट स्टेडियममा लखनउका कप्तान ऋषभ पन्तले टस जितेर बलिङ रोजेका हुन् । पहिलो खेलमा हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको थियो । लखनउ सिजनको पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग पराजित […]
March 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मधेश प्रदेशसँग पराजित भएपनि बागमती प्रदेश प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा चौथो हुन सफल भएको छ । इशान पाण्डेको शतकका बाबजुद बिहार बागमती ४ विकेट पराजित भएको छ। हारको बाबजुद नेट रन रेटमा अघि रहेर बागमती शीर्ष चारमा पर्यो । २ सय ६० रनको लक्ष्य मधेशले ४६.१ ओभरमा ६ विकेट […]