default_image

4 years ago

February 15, 2021

सचिनका छोरा अर्जुनले हाने एकै ओभरमा पाँच छक्का

419 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले एकै ओभरमा पाँच छक्का प्रहार गरेका छन् ।

अर्जुनले मुम्बई क्रिकेट एसोसिएसनले आयोजना गरेको पुलिस आमान्त्रिण शिल्ड क्रिकेट प्रतियोगिता २०२०–२१ मा आइतबार एमआइजी क्रिकेट क्लबबाट उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे । बलरका रुपमा टोलीमा रहेका उनी ईस्लाम जिमखानाविरुद्ध २६ बलमा ५ चौका र ८ छक्का सहित ७७ रनमा अविजित रहे ।

बायाँ हाते तीव्र गतिका बलर अर्जुनले स्पिनर हशीर दफेदारलाई एकै ओभरमा पाँच छक्का प्रहार गरेका थिए । अर्जुनको अलराउन्ड प्रर्दशनमा एमआइजीले इस्लाम जिमखानालाई १ सय ९४ रनले पराजित गर्यो । एमआइजीले निर्धारित ४५ ओभरमा ७ विकेटको क्षतिको ३ सय ८५ रन बनाएको थियो । प्रग्नेश कानपिलिवार ७५ बलमा १० चौका र ६ छक्का सहित १ सय १२ रनको उत्कृष्ट शतकीय इनिङ खेले । ओपनर केभिन अल्मेडा ९० बल खेल्दै १५ चौका र १ छक्का सहित ९६ रनमा आउट भए । इस्लामका विराज गाम्रेले सर्वाधिक ३ विकेट लिए ।

जितका लागि ३ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको इस्लाम जिमखाना ४१.५ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो । जसक्रममा अर्जुनले ९ ओभरमा २ मेडन सहित ४१ रन खर्चेर ३ विकेट लिएका थिए ।

अर्जुनले फेब्रुअरी १८ मा चेन्नईमा हुने आइपिएल अक्सनको लागि आफ्नो नाम न्यूनतम मूल्य ३२ लाख नेपाली रुपैयाँमा दर्ता गराएका छन् । २१ वर्षिय बायाँ हाते तीव्र गतिका बलर अर्जुनले भारतको उमेर समूह र घरेलु क्रिकेट खेलि सकेका छन् । अर्जुनलाई मुम्बई इन्डियन्सले भित्र्याउन सक्ने उच्च सम्भावना छ ।

March 26, 2025

परागको घरेलु मैदानमा राजस्थान र कोलकाता भिड्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

Success

Thank you for your time.