default_image

4 years ago

February 15, 2021

मुनस्टोनलाई क्रिकेट उपाधि, योगेन्द्र सर्वोत्कृष्ट

85 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – मुनस्कोट क्रिकेट क्लबले १७ औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७ को उपाधि जितेको छ ।

ग्लोबल इन्टरफेस इस्टर्न क्रिकेट एकेडेमीलाई सोमबार भएको फाइनल खेलमा ४ विकेटले पराजित गर्दै मुनस्टोन च्याम्पियन बनेको हो । उपाधिसंगै मुनस्टोनले २० हजार र उपविजेता इस्टर्नले १० हजार रुपैयाँ प्राप्त गर्यो ।

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा भएको फाइनलमा जितका लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको मुनस्टोनले ४१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।

मुनस्टोनका युवा अलराउन्डर योगेन्द्र सिंह कार्कीले ६० बलमा ५२ र भिम सार्कीले ३४ बलमा ४६ रनको योगदान दिए । युवा आक्रामक ब्याट्सम्यान लोकेश बमले १८ बलमा ३९ जोडेका थिए । इस्टर्नका सुमित महर्जनले ९ ओभरमा एक मेडनसहित ४८ रन खर्चिदै ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले व्याटिङ रोजेको इस्र्टनले निर्धारित ४५ ओभरमा ७ विकेटको क्षतिमा २ सय ६३ रन बनाएको थियो । तीव्र गतिका बलर नन्दन यादवले अविजित ३५ बलमा ८३ जोडेपनि टोलीलाई उपाधि दिलाउन सकेनन् । सुमित महर्जनले ३१ बलमा ५१ र कप्तान आकाश थापाले ३६ रन बनाए ।

मुनस्टोनका भीम सार्की र हरिबहादुर चौहानले २–२ विकेट लिए । योगेन्द्र सिंह कार्कीले एक विकेट लिए । फाइनल खेलमा मुनस्टोनका योगेन्द्र सिंह कार्की म्यान अफ दि म्याच घोषित भए । तीन वटै खेलमा म्यान अफ दि म्याच घोषित भएका योगेन्द्र म्यान अफ दि सिरिज समेत घोषित भए । विपिन खत्री उत्कृष्ट बलर र सुमित महर्जन उत्कृष्ट व्याट्सम्यान घोषित भए ।

चितवन क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिता माघ २७ गतेदेखि सुरु भएको थियो । विजेता र उपविजेतालाई नेपाल क्रिकेट संघ बागमती प्रदेश समितिका अध्यक्ष राजु बस्न्यात, प्रेम सुपर मार्केटका प्रमुख एवंम समाजसेवी प्रेम कुमार श्रेष्ठ, धुर्मुस–सुन्तली फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’, र चितवन क्रिकेट संघका पदाधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए ।

March 26, 2025

परागको घरेलु मैदानमा राजस्थान र कोलकाता भिड्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

Success

Thank you for your time.