4 years ago
February 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण अन्तर्गत दोस्रो चरणको प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ ।
पहिलो चरणको प्रशिक्षण माघ २४ गतेदेखि सुरु भएको थियो । झन्डै १ साता प्रशिक्षणपछि निर्धारित तालिका अनुसार ओमानमा हुने त्रिकोणात्मक सिरिज रद्द भएको खबर आएको थियो । क्यानले पहिलो चरण समापनपछि दोस्रो चरण प्रशिक्षणलाई भने निरन्तरता दिने निर्णय गरेको हो ।
पूर्व घोषित टोलीबाट आरिफ शेख चोटका कारण बाहिर रहने भएका छन् । त्यस्तै चोटका कारण सुरुवाती टोलीमा नअटाएका स्पिनर वसन्त रेग्मी भने प्रशिक्षणमा फर्केका छन् । दोस्रो चरणको प्रशिक्षणमा पहिलो चरण प्रशिक्षणमा सहभागी केहि खेलाडी पनि छन् । राष्ट्रिय टोलीको अब चाडै कुनै प्रतियोगिता हाल तय नरहेकाले प्रशिक्षण कहिलेसम्म चल्छ भन्ने तय भएको छैन ।
दोस्रो चरणमा सहभागी हुने खेलाडी :
ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, शरद भेषावकर, कुशल मल्ल, अभिनाश बोहोरा, कमल सिंह ऐरी, आसिफ शेख, सुशन भारी, कुशल भुर्तेल, ललित राजवंशी, विक्रम सोब, सन्दीप जोरा, पृथु बास्कोटा, साहब आलम, वसन्त रेग्मी
March 26, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]