4 years ago
February 12, 2021
एजेन्सी – इंग्ल्यान्डले भारतसँगको दोस्रो टेष्ट खेलमा आफ्नो टोलीमा चार परिवर्तन गर्ने पक्का भएको छ । शनिबार चेन्नईमा विहान ९:४५ देखि सुरु हुने दोस्रो टेष्टको लागि इंग्ल्यान्डले १२ सदस्य टोलीको नाम सार्वजनिक गरेको छ ।
पहिलो टेष्ट जिताउँदा चार महत्वपूर्ण खेलाडी दोस्रो टेष्टमा हुने छैनन् । इंग्ल्यान्डले पहिलो टेष्टमा भारतलाई २ सय २७ रनको फराकिलो अन्तरले हराउँदै चार टेष्ट खेलको सिरिजमा १–० को अग्रता लिएको छ । इंग्ल्यान्डले पहिलो खेलको जितमा उत्कृष्ट प्रर्दशन गर्ने तीव्र गतिका बलर जेम्स एन्डरसन, जोफ्रा आर्चर, स्पिनर डोमिनिक बेस र विकेटकिपर जस बटलरलाई दोस्रो टेष्टमा समेटेको छैन ।
आर्चर बायाँ हातको कुइनोमा चोट लाग्दा टोली बाहिर हुन् । बटलर, एन्डरसन र बेसलाई विश्राम दिएको हो । फेब्रुअरी २४ देखि सुरु हुने तेस्रो डे नाइट टेष्टको लागि प्रमुख तीन खेलाडीलाई विश्राम दिएको हुन सक्ने अनुमान गरिएको छ ।
इंग्ल्यान्डले स्पिन अलराउन्डर मोइन अली, तीव्र गतिका बलर स्टुअर्ट ब्रोड, क्रिस वोक्स, ओली स्टोन र विकेटकिपर बेन फोक्सलाई १२ सदस्य टोलीमा राखेको छ । बेन फोक्सले जस बटलरको स्थानमा खेल्ने छन् । अलीले बेसको स्थान लिने छन् । एन्डरसनको स्थानमा ब्रोड र आर्चरको स्थानमा वोक्सलाई खेलाउने सम्भावना देखिन्छ ।
पहिलो टेष्ट खेलमा जित दिलाउन एन्डरसन र आर्चरले पहिलो इनिङमा २–२ र बेसले चार विकेट लिएका थिए । दोस्रो इनिङमा एन्डरसनले ३, आर्चर र बेसले एक एक विकेट लिएका थिए । जस बटलरले पहिलो इनिङमा ३० र दोस्रो इनिङमा २४ रन बनाएका थिए । इंग्ल्यान्डलाई जिताउन कप्तान जो रुटले पहिलो इनिङमा २ सय १८ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए । दोस्रो खेलमा रुटसँगै बेन स्टोक्स, मोइन अली र ब्रोडको प्रर्दशन महत्त्वपूर्ण हुनेछ ।
यता भारतले भने दोस्रो टेष्टको लागि आफ्नो नाम सार्वजनिक गरेको छैन । स्पिनर शहबाज नदिमको स्थानमा अक्षर पटेल वा कुलदीप यादवलाई मौका दिने सम्भावना उच्च छ । आइसिसी वल्र्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने आशा कायमै राख्न भारतलाई दोस्रो टेष्ट जित्नै पर्ने हुन्छ । अन्यथा भारतको टेष्ट च्याम्पियनसिप फाइनल खेल्ने सम्भावना सकिने छ ।
इंग्ल्यान्डलाई टेष्ट च्याम्पियनसिप खेल्न तीन खेल जित्नै पर्ने हुन्छ । न्युजिल्यान्ड फाइनलमा पुगि सकेको छ । भारत, इंग्ल्यान्ड र अष्ट्रेलिया मध्य एक टोलीले फाइनलमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ ।
दोस्रो टेष्टको लागि इंग्ल्यान्डको सुरुवाती १२ खेलाडी :
जो रुट (कप्तानं), मोईन अली, स्टुअर्ट ब्रोड, रोरी बर्न्स, बेन फोक्स (विकेटकिपर), ड्यान लरेन्स, ज्याक लेच, ओली पोप, डोम सिब्ले, बेन स्टोक्स, ओली स्टोन र क्रिस वोक्स
March 26, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]