default_image

4 years ago

February 15, 2021

आइपिएल अक्सनमा सर्वाधिक मूल्य पाउन सक्ने पाँच खेलाडी

119 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन १८ फेब्रुअरीमा चेन्नईमा हुँदै छ । अक्सनमा कुल २ सय ९२ खेलाडी छन् । २ करोड भारतीय रुपैयाँ राख्ने ८ खेलाडी छन् ।

न्यूनतम १ करोड ५० लाख मूल्य १२ खेलाडी तोकेका छन् । अक्सन टोली निर्माण गर्ने सवैभन्दा उत्कृष्ट समय हो । अक्सनमा राम्रो खेलाडी किन्न सकेमात्र टोली च्याम्पियन बन्न सक्छ ।

कुनै पनि फ्रेन्चाइज टोलीलाई आफ्नो कमजोरी सुधार गर्दै मजबुत बनाउने अक्सन अन्तिम अवसर हो । अक्सनमा हरेक टोली आफूलाई आवश्यक पर्ने खेलाडी किन्ने गर्दछन् । कुनैपनि खेलाडी एक टोलीलाई मात्र आवश्यक छ भने उसले अक्सनमा धेरै मूल्य पाउन सक्दैन । तर एक खेलाडी धेरै टोलीको लागि आवश्यक छ भने अक्सनमा उक्त खेलाडीमाथि पैसाको वर्षा हुने गर्दछ ।

अक्सनमा खेलाडीको स्तर, टोलीको आवश्यकता, खेलाडीको पछिल्लो समयको प्रर्दशन लगायत कुरालाई ध्यानमा राखेर फ्रेन्चाइज टोलीले मूल्य लगाउने गर्दछन् । आइपिएलमा कुनैपनि खेलाडी एकै रातमा करोडपति बन्न सक्छ । पैसामाथि पैसाको वर्षा हुने गर्दछ । आगमी आइपिएल अक्सनमा १० करोडभन्दा बढी अर्थात पैसाको वर्षा हुन सक्ने ५ खेलाडी यस प्रकार छन् ।

५.स्टिभ स्मिथ (अष्ट्रेलिया)

अष्ट्रेलिया शीर्षक्रमका ब्याट्सम्यान स्टिभ स्मिथ अक्सनमा महँगो मूल्यमा विक्न सक्ने खेलाडी हुन् । राजस्थान रोयल्सले स्मिथलाई कप्तानबाट हटाउदै फुकुवा गरेपछि अक्सनमा सहभागी हुँदै छन् । १२ करोड ५० लाख भारतीय रुपैयाँमा राजस्थानमा अनुबन्ध भएका स्मिथले २०२० मा १४ खेलमा ३ अर्धशतक सहित ३ सय ११ रन जोडेका थिए । टि२० शैली आक्रामक खेल हो ।

जसमा शीर्षक्रम सम्हाल्न सक्ने अनुभवी ब्याट्सम्यानको आवश्यक पर्दछ । स्मिथलाई चेन्नई सुपर किंग्स, किंग्स इलेभेन पन्जाब र रोयल च्यालेन्जर्स बेंगलोर मध्य एकले किन्न सक्ने सम्भावना देखिन्छ । अष्ट्रेलियाका भरपर्दा ब्याट्सम्यान स्मिथलाई अन्य टोली पनि भित्र्याउन खोज्ने छन् । स्मिथले अक्सनमा न्यूनतम मूल्य २ करोड भारतीय रुपैयाँ राखेका छन् ।

४.ग्लेन म्याक्सवेल (अष्ट्रेलिया)

अष्ट्रेलिया आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेलको प्रर्दशन २०२० मा किंग्स इलेभेन पन्जाबमा सम्झन लायक रहेन । पन्जाबले अक्सनमा म्याक्सवेलाई १० करोड ७५ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । तर प्रर्दशन अपेक्षा अनुसार नहुदा फुकुवा गरेको थियो । यस पटक पनि म्याक्सवेल महँगो मूल्यमा विक्ने अनुमान गरिएको छ । एकै ओभरमा खेललाई मोड्न सक्ने क्षमता भएका म्याक्सवेलको माग धेरै टोलीमा देखिन्छ ।

दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद, पन्जाब र बेंगलोर म्याक्सवेललाई भित्र्याउन प्रयास गर्ने छन् । म्याक्सवेल टि२० स्पेलिष्ट खेलाडी हुन् । उनी लयमा आउछन् रोक्न मुश्किल पर्ने गर्दछ । म्याक्सवेलले टि२० आईमा तीन शतक प्रहार गरेका छन् । म्याक्सवेलले अक्सनमा २ करोड भारतीय रुपैयाँ राखेका छन् ।

३. काइल जामिसन (न्युजिल्यान्ड)

न्युजिल्यान्डका तीव्र गतिका बलिङ अलराउन्डर काइल जामिसन यस पटक अक्सनमा महँगो मूल्यमा विक्न सक्ने सम्भावना बोकेका युवा खेलाडी हुन् । उनले बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । गतवर्ष भारतलाई तीन ओडिआई सिरिजमा क्लिनस्विप गराउन जामिसनले उत्कृष्ट प्रर्दशन गरेका थिए । उनी भारतविरुद्ध डेब्यू खेलमै ‘प्लेयर अफ द म्याच’ चुनिएका थिए ।

भारतविरुद्ध डेब्यू सिरिजमा जामिसनको सर्वोत्कृष्ट प्रर्दशनको सहयोगमा न्युजिल्यान्डले टेष्ट सिरिज क्लिनस्विप गरेको थियो । उनले न्युजिल्यान्डबाट लगातार सर्वोत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । पछिल्लो पटक पाकिस्तानसँगको दोस्रो टेष्ट खेलमा पहिलो इनिङमा ५ र दोस्रोमा ६ विकेट लिएका थिए । जामिसनले तल्लोक्रममा आक्रामक र ठूला सटको क्षमता पनि राख्ने गर्दछन् ।

अग्ला कदका जामिसनलाई भित्र्याउन अक्सनमा धेरै टोलीले प्रतिस्पर्धा गर्ने छन् । उत्कृष्ट बलिङ र ब्याटिङ गर्ने हुँदा जामिसन पहिलो पटकनै १० करोड भन्दामाथिको मूल्यमा विक्न सक्छन् । जामिसनले आफ्नो न्यूनतम मूल्य ७५ लाख भारतीय रुपैयाँ तोकेका छन् ।

२.डेविड मलान (इंग्ल्यान्ड)

इंग्ल्यान्डका शीर्षक्रमका बायाँ हाते ब्याट्सम्यान डेविड मलान आइसिसी टि२० वरियतामा शीर्षस्थानमा रहेका खेलाडी हुन् । इंग्ल्यान्डको टोलीबाट मलानले लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । मलान यस पटक अक्सनमा सर्वाधिक महत्वपूर्ण रुपमा हेरिएका ब्याट्सम्यान हुन् ।

तेस्रो नम्बरमा ब्याटिङ गर्ने मलानले १९ टि२० खेलमै विश्व वरियताको शीर्षस्थानमा छन् । उनले १९ खेलमा १ शतक, ९ अर्धशतक सहित ८ सय ५५ रन बनाएका छन् । परिपक्क, जिम्मेवारी, आक्रामक अनि म्याच विनिङ प्रर्दशन गर्ने मलानमाथि अक्सनमा पैसाको वर्षा हुन सक्ने अनुमान गरिएको छ । बिग ब्यास लिगमा होबार्ट हरिकेन्सबाट खेल्दै राम्रो प्रर्दशन गरेका थिए । मलानलाई कोलकाता नाइट राइडर्सले पहिलो रोजाईमा राख्ने छ ।

कोलकाताका कप्तान ओईन मोर्गनलाई मलानलाई आफ्नै टोलीमा भित्र्याउन खोज्ने छन् । तर त्यसको लागि अक्सनमा पैसाको भने कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । मलानलाई कोलकातासँगै राजस्थान, चेन्नई, बेंगलोर, पन्जाबबीच अक्सनमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । मलानले अक्सनमा आफ्नो न्यूनतम मूल्य १ करोड ५० लाख भारतीय रुपैयाँ तोकेका छन् ।

१. झेय रिचर्डसन (अष्ट्रेलिया)

अष्ट्रेलिया तीव्र गतिका बलर झेय रिचर्डसन उच्च मूल्यमा विक्न सक्ने खेलाडी हुन् । यस सिजनको आइपिएलमा मुम्बई इन्डियन्स, पन्जाब, बेंगलोर र राजस्थान लगायतका टोलीलाई तीव्र गतिका बलरको आवश्यक देखिन्छ । तर अक्सनमा विश्वस्तरिय कमै तीव्र गतिका बलर छन् ।

२४ वर्षीय रिचर्डसनले हालसम्म आइपिएल खेलेका छैनन् । यसै महिना सम्पन्न बिग ब्यास लिगमा पर्थ स्कोचर्सबाट उनले सर्वोत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक विकेट लिने सूचिमा शीर्षस्थानमा थिए । रिचर्डसनले विग ब्यासमा १७ खेलमा २९ विकेट लिएका थिए । उनले पावरप्ले, मध्यक्रम र डेथ ओभर सबैमा उत्कृष्ट बलिङ गर्ने गर्दछन् । उनले कुनैपनि समय नयाँ र पुरानो बल दुबैमा उत्कृष्ट प्रर्दशन गर्ने क्षमता राख्छन् ।

रिचर्डसन तल्लोक्रममा ठूलो सटको क्षमता पनि राख्ने गर्दछन् । उनीलाई टोलीमा भित्र्याउन पन्जाब र बेंगलोरबीच पैसाको वर्षा हुन सक्ने अनुमान गरिएको छ । रिचर्डसनले आफ्नो न्यूनतम मूल्य १ करोड ५० लाख भारतीय रुपैयाँ तोकेका छन् ।

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

March 25, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका‌ कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]

Success

Thank you for your time.