default_image

4 years ago

February 12, 2021

नेपालको ओमान भ्रमण औपचारिक रुपमा स्थगित

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आगामी चैत्रमा नेपाल, ओमान र अमेरिकाबीच हुने भनिएको आइसिसी विश्वकप लिग-२ को खेल औपचारिक रुपमा स्थगित भएको छ ।

यस भ्रमण यसअघिनै स्थगित हुने पक्का हुँदा नेपाल क्रिकेट संघ (क्यान) ले भने शुक्रबार एक प्रेस विज्ञप्ति मार्फत स्थगित भएको जनाएको छ । नेपालले उक्त त्रिकोणात्मक सिरिज आगमी मार्च १९ देखि २८ (चैत ६ देखि १५) सम्म खेल्ने कार्यक्रम रहेको थियो ।

जसको लागि पहिलो चरणमा २१ खेलाडी बन्द प्रशिक्षणमा बिहिबार सकि सकेको छ। क्यानले बढ्दो कोभिड प्रभाव१९ प्रभाव, लामो क्वारेन्टाइन प्रावधान र विभिन्न देशबीच रहेको ट्राभल रेस्ट्रिक्सन लगायतका विभिन्न कारण देखाउँदै स्थगित भएको जनाएको छ ।

ओमान सरकारको नियम अनुसार ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । ओमानले ७ दिनको क्वारेन्टाइन खर्च आइसिसीलाई तिर्न प्रस्ताब गर्दै आएको थियो । आइसिसीले उक्त भार नबेहोर्ने जनाएको हुँदा सिरिज स्थगित भएको यसअघिनै हाम्रो खेलकुदलाई स्रोतले जानकारी दिएको थियो ।

अमेरिकाले ओमान भ्रमणको लागि बोलाएको ४४ सदस्यीय टोलीको बन्द प्रशिक्षण एक हप्ता अघिनै स्थगित गरेको थियो । त्यस्तै आगमी अप्रिलमा पपुवा न्युगिनी, ओमान र स्कटल्यान्डबीचको सिरिज पनि स्थगित भएको छ । आगमी मे मा पपुवा न्युगिनी अमेरिका र नामिबियाबीच हुने सिरिज पनि स्थगित भएको छ ।

बन्द प्रशिक्षणमा बोलाईएका ३२ खेलाडी :

पृथु बास्कोटा, सौरभ खनाल, विक्रम सोब, राजेश पुलामी, रोहित पौडेल, सुशन भारी, साहब आलम, सन्दीप जोरा, कमलसिंह ऐरी, आशिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललित नारायण राजवंशी, हरि शंकर शाह, विवेक यादव, रामनरेश गिरी, अर्जुन कुमाल, कृष्ण कार्की, खडक बहादुर बोहरा, अनुज चुनारा, पवन सरार्फ, शरद भेषावकर, अभिनास बोहरा, आरिफ शेख, दीपेन्द्र ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल ।

March 26, 2025

परागको घरेलु मैदानमा राजस्थान र कोलकाता भिड्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

Success

Thank you for your time.