4 years ago
February 12, 2021
एजेन्सी – ओपनर तथा विकेटकिपर मोहम्मद रिजवानको शतकको सहयोगमा दक्षिण अफ्रिकासँगको पहिलो टि२० आई खेलमा घरेलु टोली पाकिस्तान ३ रनले विजयी भएको छ । योसँगै पाकिस्तानले तीन टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।
जितको लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । जितको लागि अन्तिम ओभरमा दक्षिण अफ्रिकालाई १९ रन चाहिँदा फहिम अशराफले १५ रन खर्चिदै पाकिस्तानको जित पक्का गरेका थिए ।
दक्षिण अफ्रिका ओपनर रिजा हेनड्रिक्सले ४२ बलमा ८ चौका सहित सर्वाधिक ५४ रनको योगदान दिए । अर्का अोपनर जानेमान मलान २९ बलमा ८ चौका र १ छक्का सहित ४४ रनमा बोल्ड आउट भए । तल्लोक्रमका ब्याट्सम्यान चल्न नपक्दा दक्षिण अफ्रिका पराजित हुन पुगेको हो ।
कप्तान हेनरिक क्लासेन १२ र एन्डिले फेहलुकवयो १४ रनमा आउट भए । ड्वाइन प्रिटोरियस १५ र ब्योर्न फोर्टुइन १७ रनमा अविजित रहे । पाकिस्तानका लेग स्पिनर उस्मान कादिरले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । हरिस रउसले २ र फहिम अशराफले १ विकेट लिए ।
त्यसअघि गद्दाफी स्टेडियम लाहोरमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो । पाकिस्तानका ओपनर तथा विकेटकिपर मोहम्मद रिजवान ६४ बलमा ६ चौका र ७ छक्का सहित १ सय ४ रनमा अविजित रहे ।
रिजवानको यो टि२० आई करिअरको पहिलो शतक हो । उनले अन्तिम ओभरको चौथो बलमा एन्डिले फेहलुकवयोलाई छक्का प्रहार गर्दै ६३ बलमा शतक पूरा गरेका थिए । उनी पाकिस्तानबाट तीनै शैलीमा शतक प्रहार गर्ने पहिलो विकेटकिपर ब्याट्सम्यान हुन् । विश्वका दोस्रो विकेटकिपर ब्याट्सम्यान पर्दछन् ।
यसअघि तीनै शैलीमा न्युजिल्यान्डका विकेटकिपर ब्रेन्डम म्याकुलमले शतक प्रहार गरेका थिए । हैदर अली २१, हुसेन ट्यालेट १५ र खुसदिल शाह १२ रनमा आउट भए । कप्तान बाबर आजम शून्यमा रन आउट भए । दक्षिण अफ्रिका एन्डिले फेहलुकवयोले सर्वाधिक २ विकेट लिए । तबरेज शाम्सी, लुथो सिपम्ला र ब्योर्न फोर्टुइन १–१ विकेट लिए ।
दोस्रो टि२० खेल शनिवार हुने छ । यसअघि दुई टेष्ट सिरिजमा पाकिस्तानले क्लिनस्विप गरेको थियो ।
March 26, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]