default_image

8 years ago

October 3, 2016

उपाधिका लागि भेषवाकरको तेज र ज्ञानेन्द्रको एक्स-फ्याक्टर्स भिड्दै

94 views

0 Bookmark

एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज फाइनल खेल टि.यु. मैदानमा दिनको दिउसो १२:३० बजेबाट सुरु हुँदैछ। फाइनलको विजेताले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने भएको छ।

epl-tez

फाइनलमा आमने सामने हुन लागेका पञ्चकन्या तेज र कलर्स एक्स-फ्याक्टर्स दुवै उपाधि जित्ने दाउमा छन्। समुह चरणको पाँचै खेल जितेको तेजले यसअघि सो टोलीलाई मात दिइसकेको छ। प्रतियोगिताको प्लेअर अफ दि सिरिजले एक मोटरबाइक पाउनेछन्।

भारतका पूर्वकप्तान रहेका अजय जडेजा फाइनल खेलका लागि प्रमुख आतिथ्य ग्रहण गर्न शनिबार काठमाडौँ आएका हुन्। उनि शनिबार नै कीर्तिपुर क्रिकेट मैदानको भ्रमणका लागि टि.यु. पुगेका थिए

६ टीम सहभागि रहेको प्रतियोगिताको शीष दुईमा रहँदै तेज र एक्स फ्याक्टर फाइनलमा पुगेको हो। राउण्ड रोविन लिगमा खेलाइएको प्रतियोगितामा तेजले सबै ५ खेल जित्दै १० अंक जोडेको थियो भने एक्स फ्याक्टरले ३ खेल जित र १ बराबरी गर्दै ७ अंक जोडेको थियो।

December 22, 2024

कुवेतमाथि रोमान्चक जितसँगै युएई च्याम्पियन

एजेन्सी – घरेलु टोली युएईले गल्फ टी-२० च्याम्पियनसिपको फाइनलमा कुवेतमाथि २ रनको रोमान्चक जित निकाल्दै उपाधि जितेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कुवेत १९.३ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । कुवेतलाई अन्तिम पाँच बलमा च्याम्पियन बन्न तीन रन चाहिँएको अवस्थामा युएईका मोहम्मद जवादुल्लाहले लगातार दुई विकेट लिदै च्याम्पियन बनाए […]

December 21, 2024

जनकपुरका ललितले पाए बाइक

काठमाडौं(हाम्रो खेलकुद) – जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले नेपाल प्रिमियर लिग (एनपिएल)मा बाइक पाएका छन् । प्रतियोगिताको उत्कृष्ट बलर हुदै ललितले बाइक पाएका हुन् । शनिवार सम्पन्न लिगमा ललित आबद्ध जनकपुर च्याम्पियन भएको थियो । जनकपुरलाई च्याम्पियन बनाउँन ललितले १७ विकेट लिएका थिए । १० खेलमा ४० ओभर गरेका ललितले २ सय १३ रन खर्चिदैं […]

December 21, 2024

विपिन एनपिएलको उदीयमान खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सका विपिन शर्मा नेपाल प्रिमियर लिग (एनपिएल) को उदीयमान खेलाडीको अवार्ड जितेका छन् । ट्यालेन्ट हन्टबाट छनोट भएर कर्णालीबाट एनपिएल खेलेका विपिनले ८ खेलमा १३ विकेट लिएका थिए ।

Success

Thank you for your time.