default_image

4 years ago

February 10, 2021

आइपिएलमा सन्दीपलाई किन्न सक्ने तीन टोली

129 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन फेब्रुअरी १८ मा चेन्नईमा हुँदै छ । नेपालबाट अक्सनमा स्पिनर सन्दीप लामिछाने सहित ८ खेलाडी छन् ।

दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, अलराउन्डर करण केसी, सोमपाल कामी, स्पिनर सन्दीप लामिछाने, कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहराले नाम दर्ता गराएका छन् । सन्दीप बाहेक अन्य ७ खेलाडी पहिलो पटक अक्सनमा दर्ता भएका हुन् ।

अक्सनमा कुल १ हजार ९७ खेलाडी छन् । जसमा ८ सय १४ भारतीय र २ सय ८३ विदेशी खेलाडी छन् । अक्सनमा २२ विदेशी र ६१ भारतीय खेलाडीमाथि मूल्य लाग्ने छ । यसअघिका तीन संस्करण सन्दीपले दिल्ली क्यापिटल्सबाट खेलेका थिए । तर सन् २०२० मा पुरै खेलमा बेन्चमा राखेको दिल्लीले सन्दीपलाई तीन वर्षे सम्झौता अनुसार फुकुवा गर्यो ।

सन्दीपले दिल्लीबाट तीन सिजन विताउँदै कुल ९ खेलमा १३ विकेट लिए । २०१८ मा ३ खेलमा ५ र २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए । सन्दीप न्युनतम मूल्य ३२ लाख रुपैयाँमा अनुबन्ध भएका थिए ।

हरेक फ्रेन्चाइज टोलीले आफूलाई आवश्यक पर्ने खेलाडीलाई अनुबन्ध गर्न खोज्नेछन् । कुनैपनि टोली बलियो बनाउन अक्सनमा खेलाडी किन्दा निकै ध्यान दिनुपर्ने हुन्छ । अक्सनमा कुनैपनि एक खेलाडी धेरै टोलीलाई आवश्यक छ भने त्यसमाथि महँगो मूल्य लाग्ने गर्दछ । एकमात्र टोलीलाई आवश्यक भएमा जतिसुकै उत्कृष्ट खेलाडी भएपनि न्युनतम मूल्यमा चित्त बुझाउनुपर्छ ।

कुनैपनि खेलाडीमा उत्कृष्ट क्षमता हुँदैमा अक्सनमा बिक्छ भन्ने हुँदैन । किनभने उक्त खेलाडीको भूमिका फ्रेन्चाइज टोलीलाई त्यतिनै आवश्यक हुनुपर्छ । यस पटक अक्सनमा इंग्ल्यान्डका शीर्षक्रमका ब्याट्सम्यान डेविड मलानमाथि महँगो मूल्य लाग्ने अनुमान गरिएको छ ।

सबै टोलीको आवश्यकता र टोलीमा रहेका खेलाडी हेर्दा सन्दीपलाई अक्सनमा किन्न सक्ने सम्भावना बोकेका तीन टोली यस प्रकार छन् ।

१.मुम्बई इन्डियन्स

सन्दीप पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्समा जान सक्छन् । आइपिएलका सर्वाधिक सफल कप्तान रोहित शर्मा रहेको मुम्बईले अक्सनमा तीव्र गतिका बलरलाई पहिलो प्राथमिकतामा राख्ने छ । मुम्बईले सर्वाधिक सफल बलर लासिथ मलिङ्गासँगै जेम्स प्याटिसन, नाथन कुल्टर नाइल लगायतका तीव्र गतिका बलरलाई फुकुका गरेको छ । मुम्बईको ब्याटिङ लाइनअप बलियो हुँदा ब्याट्सम्यान रोजाईमा रहने छैनन् । तर तीव्रसँगै स्पिनर अक्सनमा प्राथमिकतामा रहने देखिन्छ । मुम्बईमा प्रमुख स्पिनरको रुपमा राहुल चहर र क्रुनाल पन्ड्या छन् ।

भारतको पिच स्पिनर उपयोगी हुँदा मुम्बईले प्रमुख दुई स्पिनर नियमित खेलाउने छ । जसमा राहुलको जोडी अक्सनमा मुम्बई अनुबन्ध गर्न चाहान्छ । मुम्बईले अक्सनमा १५ करोड ३५ लाख भारतीय रुपैयाँ खर्च गर्न पाउने छ । त्यसैले कम मूल्यका सन्दीपलाई अनुबन्ध गर्न सक्छ । तीव्र गतिका बलरमा न्युजिल्यान्डका काइल जामिसन र अष्ट्रेलिया क्यामरन ग्रिनको सम्भावना छ ।

गतवर्ष आइपिएलमा राहुलले १५ खेलमा १५ र क्रुनालले १६ खेलमा ६ विकेट लिएका थिए । मुम्बईमा एक विदेशी स्पिनरको माग र आवश्यकता देखिन्छ । राहुलको इकोनमी ८.१६ रहँदा क्रुनालको ७.५७ थियो । यी दुई मध्य एकले खराब प्रर्दशन गर्दा अर्को विकल्पमा विश्वस्तरिय स्पिनर छैनन् । जसले गर्दा मुम्बईले सन्दीपको सम्भावना देखिन्छ ।


२. किंग्स इलेभेन पन्जाब

यसपटक पन्जाबले अक्सनमा सर्वाधिक रकम खर्च गर्न पाउने छ । पन्जाबको माग र आवश्यकता फिनिसर र तीव्र गतिका बलर रहेका छन् । गतवर्ष पन्जाब पराजित हुनुको प्रमुख कारण कमजोर तीव्र गतिको बलिङ थियो । मोहमम्द शामी बाहेक अन्य बलरको प्रर्दशन राम्रो हुन सकेन ।

यस पटक पन्जाबले अक्सनमा ५३ करोड २० लाख खर्च गर्न पाउने छ । पन्जाबले स्पिनर मुजिब उर रहमानलाई फुकुवा गरेको थियो । अक्सनमा मुजिबलाई ४ करोड भारतीय रुपैयाँमा किनेको थियो । तर उनीलाई २ खेलमा मात्र मौका मिलएको थियो । दुबै खेलमा विकेटबिहिन बनेका थिए । जसले गर्दा पन्जाबले फुकुवा गरेको थियो ।

उनको स्थानमा पन्जाबले सन्दीपलाई अनुबन्ध गर्न सक्छ । मुजिब भन्दा कम मूल्यमा अनुबन्ध सन्दीपलाई गर्न सक्छ। पन्जाबले पाँच विदेशी खेलाडी किन्न पाउने छ । जसमा एक विश्वस्तरिय तीव्र गतिका बलर अनुबन्ध गर्ने छ । गतवर्ष शीर्षक्रमका ब्याट्सम्यान लोकेश राहुल, मयंक अग्रवाल, क्रिस गेल र निकोलस पुरन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेका थिएनन् ।

पन्जाबले न्युजिल्यान्डका तीव्र गतिका बलिङ अलराउन्डर काइल जामिसन, बंगलादेशका स्पिन अलराउन्डर सकिब अल हसन, अष्ट्रेलिया तीव्र गतिका बलर झेय रिचर्ड्सन, क्यामरन ग्रिनलाई अनुबन्धको प्रयास गर्नेछ । पन्जाबमा स्पिनरको रुपमा मुरुगन आश्विन र रवि विश्रोई छन् । तर यी दुई स्पिनर मध्य एकले खराब गर्दा उत्कृष्ट विकल्प कम छ । जसले सन्दीपको सम्भावना देखिन्छ ।

३.राजस्थान रोयल्स

आइपिएल अक्सनमा सन्दीपलाई किन्न सक्ने तेस्रो टोली राजस्थान देखिन्छ । राजस्थानले ३ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ । जसमा इंग्ल्यान्डका शीर्षक्रमका ब्याट्सम्यान डेविड मलानलाई पहिलो रोजाईमा राख्ने छ । कप्तान स्टिभ स्मिथलाई फुकुवा गरेको राजस्थानले मलानलाई भित्र्याउन हर प्रयास गर्नेछ ।

कप्तान सञ्जु स्यामसनले पहिलो पटक गर्ने छन् । राजस्थानको चार विदेशी मध्य तीनमा इंग्ल्यान्डका खेलाडीको स्थान पक्का छ । तीव्र गतिका बलर जोफ्रा आर्चर, बेन स्टोक्स र जस बटलर पहिलो रोजाईमा खेल्ने छन् ।

चौथो विदेशी खेलाडीको रुपमा राजस्थानले तीव्र गतिका बलर र शीर्षक्रमका ब्याट्सम्यान अनुबन्ध गर्न सक्छ । गतवर्ष जोफ्रा आर्चरलाई साथ दिने राम्रो तीव्र गतिका बलर नहुँदा पराजित हुन पुगेको थियो । शीर्षक्रम ब्याटिङ स्यामसनमा बढी निर्भर बनेको थियो । राजस्थानले अक्सनमा सन्दीपलाई ब्याकपअप स्पिनरको रुपमा राख्न सक्छ ।

अर्कोतर्फ राजस्थानले सन्दीपलाई लोकप्रियताको लागि पनि किन्न सक्छ । फ्रेन्चाइज टोलीमा राजस्थानको लोकप्रियता सामाजिक सञ्जालमा कम छ । जसले गर्दा नेपाली समर्थकलाई आर्कषित गर्न उसले सन्दीपलाई न्यूनतम मूल्यमै अनुबन्ध पनि गर्न सक्छ ।

यो पनि :

सन्दीप आइपिएलमा ‘अनसोल्ड’ हुने तीन आधार

आइपिएल अक्सन २०२१ : सम्पूर्ण जानकारी

March 26, 2025

कोलकाताको पहिलो जित

एजेन्सी – कोलकाता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा जित हासिल गरेको छ। कोलकाताले बुधवार राजस्थानलाई ८ विकेटले हराउँदै दोस्रो खेलमा पहिलो जित दर्ता गर्यो । कोलकाताले १ सय ५२ रनको लक्ष्य १७.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । कोलकाताको जितमा ओपनरका रुपमा आएका क्विन्टन डि ककले अर्धशतकीय इनिङ खेले । डि ककले अविजित […]

March 26, 2025

राजस्थानको मध्यम योगफल

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो दोस्रो खेलमा कोलकाता नाइटराइडर्सविरुद्ध राजस्थान रोयल्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदान गुवाहाटिमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाउन सक्यो । राजस्थानका लागि धुव्र जुरेलले सर्वाधिक ३३ रन बनाए । उनले २८ बलको […]

March 26, 2025

कोलकाताले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को खेलमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सविरुद्ध टस जितेको छ । राजस्थानको घरेलु मैदान गुवाहाटीमा कोलकाताका कप्तान अजिक्या राहाणेले टस जितेर बलिङ रोजेका हुन् । कोलकाताले आफ्नो प्लेइङ-११ मा १ परिवर्तन गरेको छ । कोलकाताले सुनिल नारायणको स्थानमा मोइन अलिलाई खेलाएको छ । राजस्थानको टोलीमा समेत १ परिवर्तन भएको छ । […]

Success

Thank you for your time.