default_image

4 years ago

February 10, 2021

युवा खडकको राष्ट्रिय टोली यात्रा

153 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

सुदूरपश्चिम प्रदेशका युवा ब्याट्सम्यान तथा विकेटकिपर १८ वर्षिय खडक बहादुर बोहरा पहिलो पटक नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परे ।

नेपाल क्रिकेट संघ (क्यान) ले ओमान भ्रमणलाई ३२ सदस्य टोली बोलाउँदा सुदूरपश्चिम प्रदेशबाट एक्लो प्रतिनिधित्वको रुपमा खडक परेका थिए । बैतडी सुदूरपश्चिम प्रदेशको एक भौगलिक विकट, दुर्गम र आर्थिक रुपमा पछि परेको जिल्ला हो । तर नेपाली क्रिकेटमा सुदूरपश्चिमको नाम अघि आउने गर्छ ।

नेपाली महिला क्रिकेटमा विश्वकीर्तिमानी बलर अञ्जली चन्द देखि पूर्वकप्तान ऋतु कनोजिया बैतडीका हुन् । महिला क्रिकेटमा भिन्न पहिचान बनाएको बैतडी पुरुष क्रिकेट पनि त्यहि बाटोमा हिँड्दैछ । खेलकुदको प्रतिभालाई भौगलिक र आर्थिक रुपले केहि दबाउन सक्ला तर मर्न भने दिँदैन ।

गत साता सम्पन्न प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा समूह ‘बी’ मा रहेको सुदूरपश्चिमको प्रर्दशन भने अपेक्षा भन्दा खराब रह्यो । टोलीको कमजोर व्यवस्थापन नै त्यसको प्रमुख कारण देखिन्थ्यो ।

समूह ‘बी’ मा रहेको सुदूरपश्चिमले अन्तिम खेलमा प्रदेश २ लाई ३ विकेटले हराउँदै प्रतियोगितामा जितविहिन हुनबाट भने बच्यो । उक्त खेलमा नियमित कप्तान सन्तोष भट्टलाई बेन्चमा राख्दै उपकप्तान समेत रहेका खडकले टोलीको कप्तानी गरेका थिए । समग्रमा खडकको प्रर्दशन मध्यम थियो । पावरप्लेको राम्रो सदुपयोग गरेपनि त्यसपछि ठूलो इनिङ खेल्न भने असफल हुन पुगेका थिए ।

भनिन्छ प्रतिभा खेलाडीको क्षमता हेर्न स्कोर बोर्डमा रन र विकेट लिनुपर्छ भन्ने हुँदैन । मैदानमा देखाउने हाउभाउ र प्रतिभाले पनि प्रशिक्षक र छनोटकर्ताको मन जित्न सक्छन् । नेपाली यू-१९ का सदस्य समेत रहेका खडक पनि त्यसका एक उदाहरण हुन् । ठूलो इनिङ खेल्न नसकेपनि उनले गरेको प्रर्दशन छनोटसमिति र प्रशिक्षकको मन जित्न पर्याप्त रहे ।

पहिलो खेलमा उनी बागमती प्रदेशविरुद्ध शून्यमा आउट भएका थिए । तर दोस्रो खेलमा नेपाली क्रिकेट टोलीका खेलाडीले भरिभराउ नेपाल पुलिसविरुद्ध ५३ बलमा ८ चौका सहित ४० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । पावर प्लेमा उत्कृष्ट रन जोडेका उनी १७ औं ओभरमा स्पिनर सागर ढकालको एलबिडब्लू धरापमा परे ।

लुम्बिनीविरुद्ध उनी ७ रनमा आउट भएपछि प्रदेश २ विरुद्ध पुन : राम्रो सुरुवात दिलाएका थिए । उनले ७३ बलमा ६ चौका सहित ४३ रनमा क्याच आउट भएका थिए । खडकले उमेर समूह र घरेलु क्रिकेटमा एकदिवसिय शैलीको क्रिकेटमा ठूलो सम्भावना देखाएका छन् । नेपाली फ्रेन्चाइज टि२० लिगमा भने डेब्यूको पर्खाईमा छन् ।

‘विक्रम दाईले राष्ट्रिय टोलीमा परेको थाहा दिनु भएको थियो । राष्ट्रिय टोलीमा खुसी त लागिहाल्छ नै । मैले प्रतियोगितामा जुन प्रर्दशन गरेको थिए त्यसबाट खुसी थिइनँ । टोलीमा पर्छु जस्तो पनि लागेको थिएन’, उनले हाम्रो खेलकुदसँग कुरा गर्दै भने ।

‘सुरुवात राम्रो पाएको थिएँ । तर आफ्नो गल्तीको कारण ठूलो इनिङ खेल्न सकिन । हाम्रो टोली राम्रो थियो तर प्रर्दशन त्यस्तो हुन सकेन । स्तर अनुसार जुन खेल खेल्नुपर्थ्यो त्यो भने सकेनौं । यस नतिजाबाट भने धेरै कुरा सिकेका छौं’, उनले सुनाए ।

‘प्रशिक्षक डेभ ह्वाटमोरले राम्रो छ भन्नुभएको छ । यहाँबाट नयाँ नयाँ कुरा सिक्ने अवसर पाएको छु । बन्द प्रशिक्षणमा एकदमै राम्रो भइरहेको छ । टोलीमा पर्ने नपर्ने भन्दा पनि यहाँबाट धेरै कुरा सिकेर जाने उदेश्य लिएको छु’, उनले थपे ।

‘मैले आफूले ठूलो इनिङ खेल्न आवश्यक छ । सुरुवात त राम्रो भइरहेको छ, तर ठूलो इनिङमा बदल्न सकेको छैन । यहाँबाट जतिपनि कुरा सिक्छु त्यो आफूमा लागु गर्न प्रयास गर्ने छु । त्यसरीनै अगाडि बढ्ने छु । यो अवसरलाई सदुपयोग गर्ने छु,’खडकले टुंग्याए ।

खडकको क्रिकेट यात्रा

बुबा हिक्मत बहादुर बोहरा र आमा जानकी बोहराका पहिलो सन्तानको रुपमा खडक बैतडीको देहिमान्डुमा विंस.२०५९ सालमा जन्मिएका थिए । उनका एक बहिनी र भाई छन् । खडकले सानै उमेरदेखी क्रिकेटमा अत्याधिक रुचि राख्ने र खेल्ने गर्दथें । उनले क्रिकेट बाहेक अन्य केहि कहिले पनि सोचेनन् ।

बैतडीमा सानै उमेर देखी उनले दाईहरुसँग क्रिकेट सिकेका थिए । एसएलसी दिँदासम्म गाउँघरमा नै सामान्य क्रिकेट खेलेका उनलाई माथिल्लो स्तरमा क्रिकेट खेल्नु थियो । उनको क्रिकेट रुचिलाई देखेर बुबा हिक्मत र अंकल वीरसिंह बोहोराले पनि राम्रो साथ दिए ।

बुबा र अंकलको सल्लाहमा नै सामान्य रुपमा क्रिकेट खेली रहेका उनि आफ्नो क्रिकेटलाई उचाई दिन एसएलसी दिएपछि चार वर्षअघि उनि काठमाडौं छिरेका थिए । दुई वर्षदेखि खडक काठमाडौंमा रहेको हिमालयन क्रिकेट टेनिङ सेन्टरमा प्रशिक्षरणत छन् । उनलाई यहाँसम्म ल्याउन अंकल वीरसिंहको ठूलो साथ छ ।

आफ्नो हरेक सफलताको पछाडीको अंकलकोनै हात रहेको बताउछन् । बैतडीमा उनको अंकलको पसल छ । बुबाले भने भारतमा ड्राइभिङ गर्नुहुन्छ । उनको सबै खर्च बुवा र अंकलले हेर्दै आएका छन् ।

बैतडीको त्यो दुर्गम ठाउँबाट यहाँसम्म आउन थुप्रै चुनौती र समस्याको सामना गर्नुपर्यो । ‘त्यहाँ एउटा राम्रो क्रिकेट एकेडेमी छैन । मध्यमवर्गिय परिवारमा जन्मिएपछि क्रिकेटमा लाग्न समस्या नै समस्या छ,’ खडकले आफ्नो विगत सम्झिए, ‘ सानैदेखि लगाव रहेकाले परिवारको साथ पाएँ । सायद वहाँहरुको हौसला नभएको भए यहाँसम्मको यात्रा सपनामा मै सिमित हुने थियो ।’

खडकले प्रधानमन्त्री कप खेल्नुअघि नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय क्रिकेट प्रतियोगिता र २०७४ सालमा मनमोहन मेमोरियल यू१६ क्रिकेट प्रतियोगिता पनि खेलिसकेका छन् । पछिल्लो तीन वर्षदेखि खडक क्रिकेट सिक्नकै लागि उनि काठमाडौंमा कोठा लिएर बसेका छन् । क्रिकेटमा नै आफ्नो अधिकांश समय समर्पण गरेका खडकसँग यसअघि यू-१६ टोलीमा नपर्नुको दुखेसो भने छ ।

खडक तेस्रो संस्करणको काठमाडौंमा सम्पन्न प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा उदीयमान खेलाडी घोषित भएका थिए । सुदूरपश्चिम प्रदेशबाट खेलेका उनले एपीएफविरुद्ध डेब्यू गर्दै १९ रन जोडे । प्रदेश ५ विरुद्ध ६२ र प्रदेश तीन विरुद्ध ४० रन जोड्दै ठूलो संभावना देखाए ।

प्रधानमन्त्रीकपमा राम्रो छाप छोडेपछि यू–१९ टोलीका तत्कालिन प्रशिक्षक विनोद दासले यू–१९ बन्द प्रशिक्षण टोलीमा उनलाई मौका दिएका थिए । मलेसियामा २०१९ जुलाईमा भएको एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताबाट उनी पहिलो पटक नेपालको यू१९ टोलीमा परेका थिए । नियमित कप्तान आशिफ शेखको स्थानमा खडकले मलेसिया भ्रमणमा मौका पाएका थिए । प्रशिक्षक विनोद दासको उक्त निर्णयले धेरैलाई आश्चर्य पारेको थियो ।

चीनविरुद्ध डेब्यू गरेपनि नेपालले सहज १० विकेटको जितको कारण खेल्ने मौका पाएनन् । दोस्रो खेलमा सिंगापुरविरुद्ध खडकले ९० बलमा १२ चौका सहित ९० रनको उत्कृष्ट इनिङ खेलेका थिए । त्यसपछि भने उनले टोलीमा मौका पाएनन् ।

खडक सन् २०१९ नोभेम्बरमा कीर्तिपुरमा मेरीलेबोन क्रिकेट क्लबविरुद्ध तेस्रो नम्बरमा ब्याटिङ गर्दै खडकले २६ बलमा ४ चौका सहित २६ रनमा आउट भएका थिए । सुदूरपश्चिमबाट उनले माघमा इनरुवामा भएको मनोमहन मेमोरियल एक दिवसिय क्रिकेट प्रतियोगिता खेल्दै औसत प्रर्दशन गरेका थिए । त्यसपछि भने कोरोना महामारीको कारण खेल नै ठप्प भयो ।

नेपाली क्रिकेटमा सबैभन्दा बढी परिवर्तन भूमिका भने ओपनिङ ब्याटिङ हो । यसपटक पनि टोलीमा एक नयाँ ओपनरले मौका पाउने निश्चित छ । किनभने नियमित ओपनर सुबास खकुरेल अन्तिम ३२ मै परेका छैनन् ।

खडकसँगै सुनिल धमला, आसिफ शेख, अर्जुन कुमाल, कुशल भुर्तेल र हरिशंकर शाह पहिलो पटक स्थान बनाउन प्रतिस्पर्धा गर्ने छन् । खडकले हाल राष्ट्रिय टोलीमा स्थान बनाउने भन्दापनि आफ्नो कमजोरीलाई सुधार गर्दै बन्द प्रशिक्षणमा आफूलाई बलियो बनाउनतर्फ ध्यानदिन आवश्यक देखिन्छ ।

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

September 19, 2024

झाले दिलाए ओमानी कप्तानको विकेट

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । ओमानका कप्तान अकिब इल्यासलाई गुमाएको हो २५औं ओभरको तेस्रो बलमा इल्यास गुलसन झाको बलमा करण केसीबाट समातिएका हुन् । इल्यास ३३ बलमा २९ रन बनाउदै आउट भएका हुन् । त्यसअघि ओमानका ओपनर कश्यप प्रजापतीलाई आरिफ शेखले भाई आसिफ शेखको […]

Success

Thank you for your time.