4 years ago
February 8, 2021
एजेन्सी – वेस्टइन्डिजका मध्यक्रमका ब्याट्सम्यान काईल मेयर्सले बंगलादेशलाई पहिलो टेष्ट खेलमा ३ विकेटले हराउन डेब्यू खेलमा अविश्वसनिय र कीर्तिमानी दोहोरो शतकीय अविजित इनिङ खेले ।
जितको लागि ३ सय ९५ रनको विशाल विजयी लक्ष्य पाएको वेस्टइन्डिजले ७ विकेट गुमाउँदै पूरा गरेको थियो । चौथो दिनको समाप्तिमा वेस्टइन्डिज लक्ष्य पछ्याउने क्रममा ११०/३ को अवस्थामा थयो । क्रिजमा नक्रुमाह बोनर १५ र काइल मेयर्स ३७ रनमा अविजित थिए ।
दुवै खेलाडी वेस्टइन्डिजबाट पहिलो टेष्ट खेलेको हुँदा हारबाट बच्न वेस्टइन्डिजले अन्तिम दिन बराबरीको लागि संघर्ष र प्रतिस्पर्धा गर्ने अनुमान गरिएको थियो । तर पाँचौ दिन यी दुई डेब्यूम्यानले बंगलादेशविरुद्ध २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेपछि खेलले नयाँ मोड लिएको थियो ।
पहिलो इनिङमा १ सय ७१ रनले पछि परेको वेस्टइन्डिजले अन्तिम दिनको खेल सकिन १५ बल अगाडि जित पक्का गरेको थियो । टेष्ट क्रिकेट इतिहासमा डेब्यू खेलमा दोहोरो शतक प्रहार गर्ने २८ वर्षिय मेयर्स विश्वका छैटौं र वेस्टइन्डिजका दोस्रो खेलाडी थिए । डेब्यू खेलको चौथो इनिङमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी बने । मेयर्स ३ सय १० बलमा २० चौका र ७ छक्का सहित २ सय १० रनमा अविजित रहँदै जित दिलाए ।
को हुन् बंगलादेशलाई घरेलु मैदानमा स्तब्ध पार्दै दोहोरो शतक प्रहार गर्ने काइल मेयर्स ?
उनको पूरा नाम काइल रिको मेयर्स हो । उनको जन्म १९९२ सेप्टेम्बरमा बार्बाडोसमा भएको हो । बायाँ हाते ब्याट्सम्यान उनले मध्यगतिमा बलिङ गर्ने गर्दछन् । यू१५ देखि वेस्टइन्डिजबाट खेलेका थालेका हुन् । सन् २००८ मा उनले यू१५ प्रतियोगितामा मलेसिया, पाकिस्ताान र अमेरिकासँग खेलेका थिए ।
वर्तमान टोलीमा रहेको क्रेग ब्रेथवेट, जोहन क्याम्पवेल र जर्मेन ब्लाकवुडले उमेर समूहमा सँगै खेलेका थिए । सन् २०१० मा मेयर्सले यू१९ विश्वकप टोलीमा परेनन् । २०१२ को विश्वकपमा भने प्रतिनिधित्व गरेका थिए । सन् २०१५ मा उनले विन्वर्ड आइसल्यान्डबाट गुयानाविरुद्ध प्रथम श्रेणीको खेलमा डेब्यू गरेका थिए । दुर्भाग्य उक्त खेलमा शून्यमा आउट भए ।
सन् २०१९ मा बार्बाडोसबाट रिजन सुपर ५० प्रतियोगिता खेल्दै राम्रो प्रर्दशन गरे । वेस्टइन्डिज च्याम्पियनसिप सिजन २०१९/२० को प्रथम श्रेणीमा ६ सय ४५ रन जोडेका थिए । दुई शतक सामेल थिए । त्यसै सिजनमा लिष्ट ए प्रतियोगितामा उनले आफ्नो करिअरको पहिलो शतक प्रहार गरेपछि छनोटसमितिले वेस्टइन्डिजको टोलीमा बोलाएको थियो ।
२०२० को क्यारेवियन प्रिमियर लिग (सिपिएल) मा बार्बाडोसबाट खेल्दै तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्दै एक अर्धशतकका साथ २ सय २२ रन बनाएका थिए । वेस्टइन्डिजले जुलाईमा इंग्ल्यान्ड भ्रमण गर्दा मेयर्स ७ वैकल्पिक खेलाडीको सूचिमा थिए । मेयर्स आक्रामक ब्याटिङसँगै टोलीको आवश्यकता अनुसार ब्याटिङको क्षमता राख्ने गर्दछन् ।
गत नोभेम्बरमा उनले न्युजिल्यान्डविरुद्ध टि२० आईमा डेब्यू गरेका थिए । वेस्टइन्डिज ए बाट न्युजिल्यान्ड ए विरुद्ध प्रथम श्रेणी खेल खेलेका थिए । त्यहाँ पनि उनको प्रर्दशन औसत रह्यो । वेस्टइन्डिजले बंगलादेश भ्रमणमा आफ्ना प्रमुख सिनियर खेलाडीलाई विश्राम दिएपछि मेयर्सले ओडिआई र टेष्ट टोलीमा मौका पाएका थिए ।
गत जनवरीमा उनले बंगलादेशविरुद्ध ओडिआईमा डेब्यू गरे । टोली १ सय २२ रनमा समेटिदा उनले सर्वाधिक ४० रनको योगदान दिएका थिए । बंगलादेशविरुद्ध उनी दोस्रो ओडिआई खेलमा उनी शून्यमा रन आउट हुन पुगे । तेस्रो खेलमा ११ रनमा आउट भए । टेष्टको पहिलो खेलमा उनलाई वेस्टइन्डिजले डेब्यू गराएको थियो । पहिलो इनिङमा उनी ४० रनमा स्पिनर मेहिदी हसन मिराजबाट आउट हुन पुगे ।
बंगलादेश भ्रमणमा वेस्टइन्डिजका ब्याट्सम्यानले स्पिनरविरुद्ध संघर्ष गर्नुपरेको छ । तर मेयर्सले स्पिनरको सामना गर्दै डेब्यूमा कीर्तिमानी दोहोरो शतक पूरा गरे । डेब्यूमा उनको ब्याटिङ एक सपनाको इनिङजस्तै थियो । पछिल्लो दशक वेस्टइन्डिज टि२० क्रिकेटमा बढी केन्द्रित हुँदा एकदिवसिय र टेष्ट क्रिकेटमा कमजोर बन्दै गएको छ । मेयर्सको दोहोरो शतकले वेस्टइन्डिजलाई नयाँ आशा र उत्साह थप्ने छ ।
‘म सधैं सकरात्मक रहन्छु र मेरो क्षमतामा विश्वास गर्छु । हामी त्यो लक्ष्यमा पुग्न सक्छौं भन्ने विश्वास थियो । हामी कहिल्यै हार मान्दैनौं । सधैं प्रतिस्पर्धा गरिरहन्छौं’, खेलपछि मेयर्सले भने ।
त्यसैमा उनले थपे, ‘टेष्ट क्रिकेट खेल्न पाएर धेरै राम्रो लागेको छ । एक सय, दुई सय हुँदै जितसम्म पुग्यौं । त्यो क्षण साँच्चिकै उत्कृष्ट थियो । प्रशिक्षक, कप्तान, टोलीका सहकर्मी, परिवार र सबैलाई म धन्यावाद दिन चाहन्छु । यो डेब्यू दोहोरो शतकले युवा पुस्तालाई प्रेरित गर्नेछ ।’
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक चयन प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। अबको एक सातामा प्रशिक्षक नियुक्ति प्रक्रिया टुङ्गो लाग्ने क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद डटकमलाई बताए। प्रशिक्षकका लागि ७० जनाले दिएको आवेदनबाट १० जनालाई सर्टलिस्ट गरिसकेको र अन्तर्वार्ता अन्तिम चरणमा पुगेको पनि क्यानले […]