default_image

4 years ago

February 7, 2021

भारतविरुद्ध इंग्ल्यान्डको विशाल अग्रता

56 views

0 Bookmark

एजेन्सी – भारतसँगको पहिलो टेष्ट खेलमा पाहुना टोली इंग्ल्यान्डले उत्कृष्ट प्रर्दशनका साथ विशाल अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदा इंग्ल्यान्डले पहिलो इनिङमा ३ सय २१ रनको अग्रता लिएको छ ।

पहिलो र दोस्रो दिन ब्याटिङमा हाबी बनेको इंग्ल्यान्डले तेस्रो दिन उत्कृष्ट बलिङका साथ भारतलाई पूर्णरुपc दबाबमा राखेको छ । पहिलो इनिङमा भारत २५७–६ को अवस्थामा छ । भारतका स्पिनर वासिन्टन सुन्दर ३३ र रविचन्द्रन आश्विन ८ रनमा अविजित छन् ।

विकेटकिपर ऋषभ पन्तले ८८ बलमा ९ चौका र ५ छक्का सहित सर्वाधिक ९१ रन बनाउँदै आउट भए । स्पिनर डोमिनिक बेसको बलमा ज्याक लेचबाट क्याच आउट भएपछि पन्त शतक बनाउन चुकेका थिए । चेतेश्वर पुजारा १ सय ४३ बलमा ११ चौका सहित ७३ रोरी बन्र्सबाट बेसको बलमा क्याच समातिन पुगे । पाँचौं विकेटका लागि पन्त र पुजाराले १ सय १९ रनको शतकीय साझेदारी गरेका थिए ।

चौथो ओभरमै तीव्र गतिका बलर जोफ्रा आर्चरले ओपनर रोहित शर्मालाई विकेटकिपर जस बटलरबाट ६ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । दशौं ओभरमा आर्चरले सुभमन गिललाई जेम्श एन्डरसनबाट २९ रनमा क्याच गराएपछि अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेको थियो । गिलले २८ बलमा ५ चौका प्रहार गरे ।

त्यसपछि स्पिनर बेसले भारतको इनिङ धरासयी बनाए । बेसले कप्तान विराट कोहलीलाई ओली पोपबाट ११ रनमा क्याच गराउँदै भारतलाई ७१–३ को कमजोर अवस्थामा पुर्याए । कोहलीको प्रमुख विकेट लिएका बेसले उपकप्तान अजिक्या रहाणेलाई कप्तान जो रुटबाट एक रनमा क्याच गराउँदै पेभिलिएन फर्काएका थिए । बेसले चार र आर्चरले २ विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड तेस्रो दिनको ५ सय ७८ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका कप्तान जो रुट ३ सय ७७ बलमा १९ चौका र २ छक्का सहित २ सय १८ रनमा आउट भए ।

रुटलाई शहबाज नदिमले एलबिडब्लू आउट गरेका थिए । रुट १०० औं टेष्ट ब्यक्तिगत खेलमा दोहोरो शतक बनाउने टेष्ट क्रिकेट इतिहासकै पहिलो खेलाडी बनेका छन् । रुटले यस सफलता १४२।३ औं ओभरमा स्पिनर रविचन्द्रन आश्विनलाई लङअङमा छक्का प्रहार गर्दै रचेका थिए । रुटको यो टेष्ट करिअरको पाँचौं दोहोरो शतक हो ।

पहिलो दिन पूर्ण रुपमा हाबी बनेको इंग्ल्यान्डले दोस्रो दिन पनि त्यसलाई निरन्तरता दिँदै विशाल योगफल तयार पारेको हो । रुटका सामू दोस्रो दिन पनि भारतीय बलर निरिह देखिए । रुट दोस्रो दिन अन्तिम सेसनमा आउट हुन पुगेका थिए ।

रुटले पहिलो दिननै शतक प्रहार गरेका थिए । लगातार तीन शतक प्रहार गरेका रुटको नाममा पहिलो दिनमै नयाँइतिहास बनेको थियो । रुट ९८, ९९ र १०० औं टेष्ट खेलमा लगातार शतक प्रहार गर्ने एकमात्र खेलाडी हुन् । दोस्रो दिन चौथो विकेटका लागि रुटले बेन स्टोक्ससँग १ सय २४ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

स्टोक्स स्पिनर शहबाज नदिमको बलमा चेतेश्वर पुजाराबाट ८२ रनमा क्याच आउट हुन पुगेका थिए । स्टोक्सले १ सय १८ बलमा १० चौका र ३ छक्का प्रहार गरे । दोस्रो दिन पहिलो सेसनमा विकेट नगुमाई उत्कृष्ट साझेदारी गरेपछि भारतीय बलर दबाबमा परेका थिए । ओली पोप ३४ र विकेटकिपर जस बटलर ३० रनमा आउट भए । जोफ्रा आर्चर शून्यमा आउट भए ।

पहिलो दिन तेस्रो विकेटका लागि रुट र ओपनर डोमिनिक सिब्लेले ३ सय ९० बलमा २ सय रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गरेपछि भारत पहिलो दिन निरिह बनेको थियो । सिब्ले भने पहिलो दिनको अन्तिम ओभरमा जस्प्रित बुमराहको बलमा एलबिडब्लू धराप परेका थिए । ओपनर सिब्ले २ सय ८६ बलमा १२ चौका सहित ८७ रनमा आउट भए ।

रुटले १ सय ६४ बलमा १२ चौका सहित आफ्नो टेष्ट करिअरको २० औं शतक पूरा गरेका थिए । यसअघि रुटले जनवरीमा श्रीलंकाविरुद्ध पहिलो टेष्टमा २ सय २८ तथा दोस्रो खेलमा १ सय ८६ रनको इनिङ खेलेका थिए । इंग्ल्यान्डलाई ओपनर रोरी बर्न्स र डोमिनिक सिब्लेले ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

स्पिनर रविचन्द्रन आश्विनले २४ औं ओभरमा रोरीलाई विकेटकिपर ऋभष पन्तबाट ३३ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । रोरीले ६० बलमा २ चौका प्रहार गरे । ड्यान लरेन्सलाई जस्प्रित बुमराहले शून्यमै एलबिडब्लू आउट गरेका थिए । स्पिनर डोमिनिक बेस ३४ र ज्याक लेच १४ रनको योगदान दिए ।

भारतका जस्प्रित बुमराह र रविचन्द्रन आश्विनले ३-३ विकेट लिए । शहबाज नदिम र ईशान्त शर्माले २-२ विकेट लिए ।

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

March 25, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका‌ कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]

March 25, 2025

एक‌ सातामा क्रिकेट टोलीको प्रशिक्षक नियुक्त हुने!

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक चयन प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। अबको एक सातामा प्रशिक्षक नियुक्ति प्रक्रिया टुङ्गो लाग्ने क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद डटकमलाई बताए। प्रशिक्षकका‌ लागि ७० जनाले दिएको आवेदनबाट १० जनालाई सर्टलिस्ट गरिसकेको र अन्तर्वार्ता अन्तिम चरणमा पुगेको पनि क्यानले […]

Success

Thank you for your time.