4 years ago
February 7, 2021
एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान काईल मेयर्सले डेब्यू खेलमै कीर्तिमानी अविजित दोहोरो शतकीय इनिङ खेलेपछि वेस्टइन्डिजले पहिलो टेष्ट खेलमा बंगलादेशलाई ३ विकेटले पराजित गर्दै अविश्वसनीय जित निकालेको छ ।
जितको लागि ३ सय ९५ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिजले अन्तिम दिन उत्कृष्ट प्रर्दशनका साथ १२७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पहिलो इनिङमा १ सय ७१ रनले पछि परेको वेस्टइन्डिजले सानदार ब्याटिङका साथ पूनरागमन गर्दै सबैलाई आश्चर्य पार्दै जित निकाल्न सफल भयो । जुन एसियामा सर्वाधिक ठूलो लक्ष्य सफलतापूर्व पूरा भएको कीर्तिमान पनि बनेको छ ।
अन्तिम अर्थात पाँचौ दिनको खेल सकिन २.३ ओभर बाँकी रहँदा मेयर्सले अविजित रहँदै वेस्टइन्डिजलाई अविश्वसनिय र अविस्मरणीय जित दिलाएका छन् । वेस्टइन्डिजका नायक मेयर्स ३ सय १० बलमा २० चौका र ७ छक्का सहित २ सय १० रनमा अविजित रहे । डेब्यू खेलको चौथो इनिङमा दोहोरो शतक प्रहार गर्ने उनी विश्वकै पहिलो खेलाडी पनि बनेका छन् । मेयर्सले ३ सय ३ बलमा करिअरको पहिलो खेलमै पहिलो दोहोरो शतक पूरा गरेका थिए ।
मेयर्सले अर्का डेब्यू खेलाडी नक्रुमाह बोनरसँग चौथो विकेटका लागि पाँचौं दिन २ सय १६ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गरेपछि बंगलादेश घरेलु मैदानमा स्तब्ध बन्नु परेको हो । बोनरले २ सय ४५ बलमा १० चौका र १ छक्का सहित ८६ रनको योगदान दिए । बंगलादेशका मेहिदी हसनले ४ र ताइजुल इस्लामले २ विकेट लिए ।
दोस्रो इनिङमा बंगलादेशले २२३–८ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । कप्तान मोमिनुल हककले १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । लिटन दासले ६९ रनको योगदान दिएका थिए । वेस्टइन्डिजका स्पिनर रेहकम कर्नवाल र जोमल वारिकानलेले ३–३ विकेट लिए ।
त्यसअघि वेस्टइन्डिज पहिलो इनिङमा २ सय ५९ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा समग्रमा वेस्टइन्डिज १ सय ७१ रनले पछि थियो । ओपनर क्रेग ब्रेथवेटले १ सय ११ बलमा १२ चौका सहित सर्वाधिक ७६ रनको योगदान दिए ।
मध्यक्रमका ब्याट्सम्यान जर्मेन ब्ल्याकवुडले १ सय ४६ बलमा ९ चौका सहित ६८ रनमा क्याच आउट भएका थिए । काइल मेयर्स ४०, जशुवा डी शिल्भा ४२ र नक्रम बोनर १७ रनमा आउट भए । बंगलादेशका स्पिनर मेहिदी हसन मिराजले सर्वाधिक ४ विकेट लिए । मुस्ताफिजुर रहमान, ताइजुल इस्लाम र नइम हसनले २–२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेश पहिलो इनिङमा ४ सय ३० रनमा अल आउट भएको थियो । बंगलादेशलाई विशाल योगफलमा पुर्याउन तल्लोक्रमका युवा अलराउन्डर मेहिदी हसन मिराजले १ सय ६८ बलमा १३ चौका सहित १ सय ३ रनको शतकीय इनिङ खेले । आठौं नम्बरमा ब्याटिङ गरेका स्पिन अलराउन्डर मिराजको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो । सकिब अल हसन १ सय ५० बलमा ५ चौका सहित ६८ रनमा आउट भए ।
विकेटकिपर लिटन दास ६७ बलमा ६ चौका सहित ३८ रनमा बोल्ड आउट भए । ओपनर शादमान इस्लाम १ सय ५४ बलमा ६ चौका सहित ५९ रनमा एलबिडब्लू आउट भए । रन आउट हुनुअघि नज्मुल हसन सान्टोले ५८ बलमा ३ चौका सहित २५ रन जोडे । वेस्टइन्डिजका जोमल वारिकानलेले सर्वाधिक ४ विकेट लिए । रेहकम कर्नवालको नाममा २ विकेट रह्यो । वेस्टइन्डिजसँगको तीन ओडिआई सिरिज बंगलादेशले क्लिनस्विप गरेको थियो । दुई टेष्ट सिरिजको दोस्रो खेल ११ फेब्रुअरी देखि सुरु हुने छ ।
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक चयन प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। अबको एक सातामा प्रशिक्षक नियुक्ति प्रक्रिया टुङ्गो लाग्ने क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद डटकमलाई बताए। प्रशिक्षकका लागि ७० जनाले दिएको आवेदनबाट १० जनालाई सर्टलिस्ट गरिसकेको र अन्तर्वार्ता अन्तिम चरणमा पुगेको पनि क्यानले […]