default_image

4 years ago

February 7, 2021

सुन्तली ‘ए’ ले जित्यो स्टार क्रिकेटको उपाधि

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गृष्मा ब्रोडकास्टिङ आयोजनामा रंगशाला सहयोगार्थको लागि भएको स्टार क्रिकेट २०२१ प्रतियोगिता उपाधि सुन्तली ए ले जितेको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनले चितवन भरतपुरको शान्तिपुरमा जनस्तरबाट निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको नमुना क्रिकेट मैदानमा भएको फाइनलमा सुन्तली ए ले धुर्मुस ए लाई १ रनले हराउँदै उपाधि जितेका हुन् ।

सुन्तली ए ले पहिला ब्याटिङ गर्दै १० ओभरमा ९७ रन बनाएको थियो । जितका लागि ९८ रनको विजयी लक्ष्य पछ्याएको धुर्मुस ए ले १० ओभरमा ९६ रन मात्र बनाउन सक्यो । सुन्तली ए का बाट नेपाली क्रिकेट टोलीका विकेटकिपर समेत रहेका विनोद भण्डारीले सर्वाधिक १७ रन बनाए । बचन कार्कीले १७ रन जोडे ।

धुर्मुस ए बाट नेपाली क्रिकेटका युवा विकेटकिपर अनिल कुमार शाहले सर्वाधिक ३३ रन बनाए । नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले १६ रन बनाए । सुन्तली ए का विनोद भण्डारीले २ र नेपाली महिला क्रिकेटकी उप कप्तान सिता राना मगरले एक विकेट लिइन् । धुर्मुस ए का रबी ओडले एक विकेट लिए ।

पहिलो खेलमा धुर्मुस ए ले बी लाई ६ रनले हराउँदै फाइनलमा पुगेको थियो । जितका लागि ७० रनको लक्ष्य पछ्याएको बी ६३ रनमा समेटिएको थियो । अर्को खेलमा सुन्तली ए ले बी लाई ७ रनले हराएको थियो । जितका लागि ५८ रनको विजयी लक्ष्य पछ्याएको सुन्तली बी ले ५० रन मात्र बनाउन सक्यो ।

प्रतियोगितामा नेपाली संगित क्षेत्रका चर्चित गायक प्रमोद खरेल, सुनिल थापा, दयाङ राईको साथै बास्केटबलकी कप्तान सदिना श्रेष्ठ धुर्मुस ए बाट खेलेका थिए । कप्तानी सिताराम कट्टेल (धुर्मुस) ले गरेका थिए । धुर्मुस बी बाट दिपक विष्ट, सुसन भारी, करुण भण्डारी, बद्री पंगेनी, कुमार कट्टेल (जिग्री) अर्जुन घिमिरे (पाडे) र भलिबलकी स्टार खेलाडी रेश्मा भण्डारी खेलेका थिए ।

सुन्तली ए बाट विनोद, सीतासँगै इन्दु बर्मा, अनिल गुरुङ, रामकृष्ण ढकाल, अनुप विक्रम शाही लगायत खेलेका थिए । सुन्तली बी को कप्तानी संगिना बैध, पृथु बास्कोटा, सुस्मा श्रेष्ठ, सन्दीप क्षेत्री, वर्षा सिवाकोटी, मन्देकाजी श्रेष्ठ लगायत खेलेका थिए । रंगशाला सहयोगको लागि गृष्मा ब्रोडकास्टिङ आयोजना गरेको थियो ।

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

March 25, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका‌ कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]

March 25, 2025

एक‌ सातामा क्रिकेट टोलीको प्रशिक्षक नियुक्त हुने!

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक चयन प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। अबको एक सातामा प्रशिक्षक नियुक्ति प्रक्रिया टुङ्गो लाग्ने क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद डटकमलाई बताए। प्रशिक्षकका‌ लागि ७० जनाले दिएको आवेदनबाट १० जनालाई सर्टलिस्ट गरिसकेको र अन्तर्वार्ता अन्तिम चरणमा पुगेको पनि क्यानले […]

Success

Thank you for your time.