4 years ago
February 6, 2021
एजेन्सी – नेपाली अलराउन्डर कुशल मल्लले टि१० लिगमा टिम आबूधाबीबाट डेब्यू खेलमा कलन्दर्सविरुद्ध राम्रो प्रर्दशन गरेका छन् । टिम आबूधाबीले कलन्दर्सलाई १ सय २५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको टिम आबूधाबीले १० ओभरमा ६ विकेट गुमाउँदै १ सय २४ रन बनायो । कुशलले १२ बलमा १ चौका र १ छक्का सहित १८ रनको योगदान दिए । तेस्रो नम्बरमा ब्याटिङ गरेका कुशलको १ सय ५० को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए ।
पल स्टर्लिङले ९ बलमा ३ चौका र २ छक्का सहित २६ रनको योगदान दिए । लियोनार्डो जुलिएन १९ रनको योगदान दिए । नजिबुल्लाह जद्रानले १६ बलमा ५ चौका र २ छक्का सहित ४५ रनमा अविजित रहे । मोहम्मद जैदले सर्वाधिक २ विकेट लिए ।
यस्तो रह्यो कुशलको ब्याटिङ
कुशलले तेस्रो ओभरमै ब्याटिङ गर्ने मौका पाएका थिए । ओपनर पल स्टर्लिङ आउट भएपछि कुशल तेस्रो ओभरको तेस्रो बलको सामना गर्न मैदान छिरेका थिए । पाकिस्तानका तीव्र गतिका बलर डान्याल अहमदको नो बलमा एक रन लिँदै टि१० को सुरुवात गरे । पाँचौ बलमा रन जोड्न नसकेपनि अन्तिम बलमा एक रन लिँदै स्ट्राइक आफैं राखेका थिए ।
चौथो ओभरमा पाकिस्तानै तीव्र गतिका बलर मोहमम्मद जैदको पहिलो बलमा लेग वाईको रुपमा एक रन जोडेका थिए ।
पाँचौं ओभरमा कुशलले विश्व फ्रेन्चाइज लिगमा राम्रो पहिचान बनाएका अमेरिका तीव्र गतिका बलर अली खानलाई छक्का प्रहार गरेका थिए । पहिलो बलमा खानले नो बल गरेका थिए । कुशलले एक रन जोडे । दोस्रो बलमा दुई रन बटुले । चौथो बलमा कुशलले अली खानलाई छक्का प्रहार गरेका थिए ।
छैटौं ओभरमा कुशलले खुर्सीद अनवारलाई दोस्रो बलमा चौका प्रहार गरेका थिए । तेस्रो बलमा एक रन लिए । सातौं ओभरको चौथो बलमा मोहम्मद जैदको योर्करमा कुशल मल्ल १८ रनमा बोल्ड आउट हुन पुगे ।
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक चयन प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। अबको एक सातामा प्रशिक्षक नियुक्ति प्रक्रिया टुङ्गो लाग्ने क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद डटकमलाई बताए। प्रशिक्षकका लागि ७० जनाले दिएको आवेदनबाट १० जनालाई सर्टलिस्ट गरिसकेको र अन्तर्वार्ता अन्तिम चरणमा पुगेको पनि क्यानले […]