default_image

4 years ago

February 6, 2021

टि१० लिगमा कुशलको डेब्यू

167 views

0 Bookmark

एजेन्सी – नेपाली अलराउन्डर कुशल मल्लले टि१० लिगमा टिम आबूधाबीबाट डेब्यू गरेका छन् । टिम आबूधाबीले कलन्दर्सविरुद्ध खेलमा कुशललाई डेब्यू गराएको छ ।

लुक राइटले बुझाएको प्लेइङ ११ मा कुशल अटाएका छन् । तेस्रो स्थानको लागि टिमआबूधाबी र कलन्दर्सबीच प्रतिस्पर्धा हुँदै छ । कलन्दर्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । नियमित ओपनर क्रिस गेल र ब्याट्सम्यान जो क्लार्क टोली बाहिर हुँदा टिम आबूधाबीले कुशललाई डेब्यू गराएको हो ।

गत सिजन पारस खड्का र सन्दीप लामिछानेले टि१० खेल्दा यस सिजन सोमपाल कामी र करण केसीले पनि यस प्रतियोगितामा डेब्यु गरेका हुन् । सोमपाल सम्मिलित मराठा अरेवियन्स र करण सम्मिलित पुणे डेभिल्स यसअघिनै प्रतियोगिताबाट बाहिरिएका थिए । करण र सोमपाल दुवैले आ-आफ्नो टोलीमा पहिलो रोजाईमा खेलेका थिए । तर प्रर्दशन भने अपेक्षा अनुसार हुन सकेन ।

करणले ६ खेलमा एक विकेट लिए । करणले टिम आबूधाबीका ओपनर क्रिस गेललाई आउट गरेका थिए । सोमपालले पनि ६ खेल खेलेका थिए । सोमपालले ६ खेलमा ३ विकेट लिए ।

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

March 25, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका‌ कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]

March 25, 2025

एक‌ सातामा क्रिकेट टोलीको प्रशिक्षक नियुक्त हुने!

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक चयन प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। अबको एक सातामा प्रशिक्षक नियुक्ति प्रक्रिया टुङ्गो लाग्ने क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद डटकमलाई बताए। प्रशिक्षकका‌ लागि ७० जनाले दिएको आवेदनबाट १० जनालाई सर्टलिस्ट गरिसकेको र अन्तर्वार्ता अन्तिम चरणमा पुगेको पनि क्यानले […]

Success

Thank you for your time.