4 years ago
February 6, 2021
एजेन्सी – कप्तान जो रुटको कीर्तिमानी दोहोरो शतकसँगै इंग्ल्यान्डले घरेलु टोली भारतविरुद्ध पहिलो टेष्ट खेलमा पहिलो इनिङमा विशाल योगफल बनाएको छ ।
चेन्नईमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड दोस्रो दिनको समाप्तिमा १ सय ८० ओभरमा ५५५–८ को बलियो अवस्थामा छ । स्पिनर डोमिनिक बेस २८ र ज्याक लेच ६ रनमा क्रिजमा छन् । कप्तान जो रुट ३ सय ७७ बलमा १९ चौका र २ छक्का सहित २ सय १८ रनमा आउट भए ।
रुटलाई शहबाज नदिमले एलबिडब्लू आउट गरेका थिए । रुट १०० औं टेष्ट ब्यक्तिगत खेलमा दोहोरो शतक बनाउने टेष्ट क्रिकेट इतिहासकै पहिलो खेलाडी बनेका छन् । रुटले यस सफलता १४२.३ औं ओभरमा स्पिनर रविचन्द्रन आश्विनलाई लङअङमा छक्का प्रहार गर्दै रचेका थिए । रुटको यो टेष्ट करिअरको पाँचौं दोहोरो शतक हो ।
पहिलो दिन पूर्ण रुपमा हाबी बनेको इंग्ल्यान्डले दोस्रो दिन पनि त्यसलाई निरन्तरता दिँदै विशाल योगफल तयार पारेको हो । रुटका सामू दोस्रो दिन पनि भारतीय बलर निरिह देखिए । रुट दोस्रो दिन अन्तिम सेसनमा आउट हुन पुगेका थिए ।
रुटले पहिलो दिननै शतक प्रहार गरेका थिए । लगातार तीन शतक प्रहार गरेका रुटको नाममा पहिलो दिनमै नयाँइतिहास बनेको थियो । रुट ९८, ९९ र १०० औं टेष्ट खेलमा लगातार शतक प्रहार गर्ने एकमात्र खेलाडी हुन् । दोस्रो दिन चौथो विकेटका लागि रुटले बेन स्टोक्ससँग १ सय २४ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
स्टोक्स स्पिनर शहबाज नदिमको बलमा चेतेश्वर पुजाराबाट ८२ रनमा क्याच आउट हुन पुगेका थिए । स्टोक्सले १ सय १८ बलमा १० चौका र ३ छक्का प्रहार गरे । दोस्रो दिन पहिलो सेसनमा विकेट नगुमाई उत्कृष्ट साझेदारी गरेपछि भारतीय बलर दबाबमा परेका थिए । ओली पोप ३४ र विकेटकिपर जस बटलर ३० रनमा आउट भए । जोफ्रा आर्चर शून्यमा आउट भए ।
पहिलो दिन तेस्रो विकेटका लागि रुट र ओपनर डोमिनिक सिब्लेले ३ सय ९० बलमा २ सय रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गरेपछि भारत पहिलो दिन निरिह बनेको थियो । सिब्ले भने पहिलो दिनको अन्तिम ओभरमा जस्प्रित बुमराहको बलमा एलबिडब्लू धराप परेका थिए । ओपनर सिब्ले २ सय ८६ बलमा १२ चौका सहित ८७ रनमा आउट भए ।
रुटले १ सय ६४ बलमा १२ चौका सहित आफ्नो टेष्ट करिअरको २० औं शतक पूरा गरेका थिए । यसअघि रुटले जनवरीमा श्रीलंकाविरुद्ध पहिलो टेष्टमा २ सय २८ तथा दोस्रो खेलमा १ सय ८६ रनको इनिङ खेलेका थिए । इंग्ल्यान्डलाई ओपनर रोरी बर्न्स र डोमिनिक सिब्लेले ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
स्पिनर रविचन्द्रन आश्विनले २४ औं ओभरमा रोरीलाई विकेटकिपर ऋभष पन्तबाट ३३ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । रोरीले ६० बलमा २ चौका प्रहार गरे । ड्यान लरेन्सलाई जस्प्रित बुमराहले शून्यमै एलबिडब्लू आउट गरेका थिए ।
भारतका शहबाज नदिम, जस्प्रित बुमराह, रविचन्द्रन आश्विन र ईशान्त शर्माले २-२ विकेट लिए ।
यसअघि रुटले प्रहार गरेका चार दोहोरो शतक
रुटले श्रीलंकाविरुद्ध २०१४ मा घरेलु मैदान लर्ड्समा २ सय रनमा अविजित रहँदै करिअरको पहिलो दोहोरो शतक प्रहार गरेका थिए । पाकिस्तानविरुद्ध २०१६ मा घरेलु मैदान म्यानचेस्टरमा रुटले टेष्ट करिअरकै उत्कृष्ट प्रर्दशन गर्नेक्रममा २ सय ५४ रनको इनिङ खेलेका थिए । गतवर्ष रुटले न्युजिल्यान्डविरुद्ध हामिल्टनमा २ सय २६ रनको उत्कृष्ट दोहोरो शतकीय इनिङ खेलेका थिए । गत जनवरीमा श्रीलंकाविरुद्ध २ सय २८ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए ।
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक चयन प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। अबको एक सातामा प्रशिक्षक नियुक्ति प्रक्रिया टुङ्गो लाग्ने क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद डटकमलाई बताए। प्रशिक्षकका लागि ७० जनाले दिएको आवेदनबाट १० जनालाई सर्टलिस्ट गरिसकेको र अन्तर्वार्ता अन्तिम चरणमा पुगेको पनि क्यानले […]