default_image

4 years ago

February 6, 2021

दोहोरो शतकसँगै रुटको अर्को नयाँ इतिहास

91 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुटले भारतसँगको पहिलो टेष्ट खेलमा सानदार दोहोरो शतक प्रहार गर्दै टेष्ट क्रिकेट इतिहासमा नयाँ कीर्तिमान राखेका छन् ।

रुटले पहिलो टेष्टको दोस्रो दिन भारतविरुद्ध दोहोरो शतक पूरा गर्दै टोलीलाई विशाल योगफलको बाटो देखाएका छन् । रुटले स्पिनर रविचन्द्रन आश्विनलाई १४२.३ ओभरमा लङअनमा छक्का प्रहार गर्दै करिअरको पाँचौं दोहोरो शतक पूरा गरेका थिए । दोस्रो दिन चिया विश्रामअघि इंग्ल्यान्डले १ सय ४७ ओभरमा ४ विकेट गुमाउँदै ४ सय ५४ रन बनाएको छ ।

कप्तान जो रुट ३ सय ५३ बलमा १९ चौका र २ छक्का सहित २ सय ९ रनमा खेलि रहेका छन् । योसँगै रुट ब्यक्तिगत १ सय खेलमा दोहोरो शतक प्रहार गर्ने टेष्ट क्रिकेट इतिहासकै पहिलो खेलाडी बनेका छन् । रुटले पहिलो दिननै शतक प्रहार गर्दै ९८, ९९ र १०० औं टेष्ट खेलमा लगातार शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए । रुटलाई युवा ब्याट्सम्यान ओली पोपले २४ रनमा साथ दिएका छन् । पाँचौं विकेटका लागि रुट र पोपबीच ६७ रनको साझेदारी बनि सकेको छ ।

चौथो विकेटका लागि रुटले बेन स्टोक्ससँग १ सय २४ रनको उत्कृष्ट साझेदारी गरेका थिए । स्टोक्स स्पिनर शहबाज नदिमको बलमा चेतेश्वर पुजाराबाट ८२ रनमा क्याच आउट हुन पुगेका थिए । स्टोक्सले १ सय १८ बलमा १० चौका र ३ छक्का प्रहार गरे ।

तेस्रो विकेटका लागि रुट र डोमिनिक सिब्लेले ३ सय ९० बलमा २ सय रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गरेपछि भारत पहिलो दिन घरेलु मैदानमा निरिह बनेको थियो । सिब्ले भने पहिलो दिनको अन्तिम ओभरमा जस्प्रित बुमराहको बलमा एलबिडब्लू धराप परेका थिए । ओपनर सिब्ले २ सय ८६ बलमा १२ चौका सहित ८७ रनमा आउट भए ।

रुटले १ सय ६४ बलमा १२ चौका सहित आफ्नो टेष्ट करिअरको २० औं शतक पूरा गरेका थिए । आफ्नो टेष्ट करिअरको १०० औं टेष्ट खेलि रहेका रुटले आफ्नो उच्च लयलाई निरन्तरता दिएपछि कीर्तिमान बनाउन सफल भएका थिए । व्यक्तिगत ९८, ९९ र १०० औं टेस्ट खेलमा लगातार शतक बनाउने रुट पहिलो खेलाडी बनेका थिए ।

यसअघि रुटले जनवरीमा श्रीलंकाविरुद्ध पहिलो टेष्टमा २ सय २८ तथा दोस्रो खेलमा १ सय ८६ रनको इनिङ खेलेका थिए । इंग्ल्यान्डलाई ओपनर रोरी बर्न्स र डोमिनिक सिब्लेले ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

स्पिनर रविचन्द्रन आश्विनले २४ औं ओभरमा रोरीलाई विकेटकिपर ऋभष पन्तबाट ३३ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । रोरीले ६० बलमा २ चौका प्रहार गरे । ड्यान लरेन्सलाई जस्प्रित बुमराहले शून्यमै एलबिडब्लू आउट गरेका थिए । तर त्यसपछि भने रुट र सिब्ले सामु भारतीय बलर निरिह बन्न पुगेका थिए ।

यसअघि रुटका चार दोहोरो शतक

रुटले श्रीलंकाविरुद्ध २०१४ मा घरेलु मैदान लर्ड्समा २ सय रनमा अविजित रहँदै करिअरको पहिलो दोहोरो शतक प्रहार गरेका थिए । पाकिस्तानविरुद्ध २०१६ मा घरेलु मैदान म्यानचेस्टरमा रुटले टेष्ट करिअरकै उत्कृष्ट प्रर्दशन गर्नेक्रममा २ सय ५४ रनको इनिङ खेलेका थिए । गतवर्ष रुटले न्युजिल्यान्डविरुद्ध हामिल्टनमा २ सय २६ रनको उत्कृष्ट दोहोरो शतकीय इनिङ खेलेका थिए । गत जनवरीमा श्रीलंकाविरुद्ध २ सय २८ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए ।

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

March 25, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका‌ कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]

March 25, 2025

एक‌ सातामा क्रिकेट टोलीको प्रशिक्षक नियुक्त हुने!

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक चयन प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। अबको एक सातामा प्रशिक्षक नियुक्ति प्रक्रिया टुङ्गो लाग्ने क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद डटकमलाई बताए। प्रशिक्षकका‌ लागि ७० जनाले दिएको आवेदनबाट १० जनालाई सर्टलिस्ट गरिसकेको र अन्तर्वार्ता अन्तिम चरणमा पुगेको पनि क्यानले […]

Success

Thank you for your time.