default_image

4 years ago

February 4, 2021

करणको बिर्सनलायक प्रदर्शन

77 views

0 Bookmark

एजेन्सी – नेपाली अलराउन्डर करण केसी सम्मिलित पुणे डेभिल्स आबूधाबी टि१० लिगमा नर्थन वारियर्ससँग ८ विकेटले पराजित भएको छ ।

करणले भने ब्याटिङ र बलिङ दुबैमा खराब प्रर्दशन गरे । जितेको लागि ९८ रनको विजयी लक्ष्य पछ्याएको नर्थनले ४.३ ओभरमा पूरा गर्यो । नर्थनको सहज जितमा वासिम मुहम्मद १३ बलमा ३ चौका र ७ छक्का सहित ५६ रनमा अविजित रहे ।

वासिमले १२ बलमै अर्धशतक प्रहार गरेका थिए । रोभमन पवेल ४ बलमा २ छक्का सहित १४ रनमा अविजित रहे । बेन्डन किंग २० र निकोलस पुरन ६ रनमा आउट भए । करणले एकै ओभरमा १९ रन खर्चेपनि विकेट लिन सकेनन् । साम विस्नेभस्कीले १ ओभरमा १४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको पुणेले १० ओभरमा ८ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । करणले ९ बल खेलेपनि ३ रन मात्र बनाउन सकेका थिए । पुणेका टम क्याडमोर ९ बलमा ५ चौका सहित २० रनमा आउट भए । केन्नर लुईसले ९ बलमा १ चौका र ३ छक्का सहित २४ रनको योगदान दिए ।

एलेक्स डेभिसले ९ बलमा ३ चौका सहित १८ रनमा आउट भए । कप्तान नासिर हुसेन १६ बलमा ३ चौका र १ छक्का सहित २७ रनमा अविजित रहे । वहाब रियाजले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । वेन पार्नेलले २ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । रयाद इम्रित र फबिएन एलनले एक एक विकेट लिए ।

करणको बलिङ

करण बलिङमा तेस्रो ओभरमा आएका थिए । वर्तमान समयका वेस्टइन्डिजका उत्कृष्ट आक्रामक युवा ओपनर ब्रेन्डन किंगले मिडविकेटमा चौका प्रहार गर्दै करणको स्वागत गरेका थिए । किंगले दोस्रो बलमा पनि चौका प्रहार गरे । तेस्रो बल करणले डट राखेका थिए । चौथो बलमा भने करणलाई किंगले पुनः चौका प्रहार गरे । पाँचौ बलमा किंगले डीप मिडविकेटमा छक्का प्रहार गरेपछि बलिङमा महँगो सावित भएका थिए । अन्तिम बलमा भने एक रन दिए ।

यस्तो रह्यो करणको ब्याटिङ

छैटौं ओभरको चौथो बलमा एलेक्स डेभिस बोल्ड आउट भएपछि करण ब्याटिङका लागि मैदान छिरेका थिए । करणले दक्षिण अफ्रिका तीव्र गतिका बलर वेन पार्नेलको अन्तिम दुई बलको सामना गरेपनि रन भने जोड्न सकेनन् ।

करणले सातौं ओभरको दोस्रो बल वेस्टइन्डिजका तीव्र गतिका बलर रयाद इम्रितको बल डट गर्दा तेस्रो बलमा एक रन बटुल्दै खाता खोलेका थिए । पाँचौ बलमा स्ट्राइकमा आएका करणले रन जोड्न सकेनन् । त्यसपछि वाइड पाए । अन्तिम बल पनि करणले डट खेले ।

आठौं ओभरको चौथो बलमा जुनैद सिद्दिकको बलमा एक रन बटुल्दै कप्तान नासिर हुसेनलाई स्ट्राइक दिए । नवौं ओभरको दोस्रो बलमा एक रन बटुले । तर चौथो बलमा भने करणलाई पार्नेलले बोल्ड आउट गर्दै पेभिलिएन फर्काएका थिए ।

यो पनि : सोमपालमाथि गेलको छक्का वर्षा!

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 24, 2025

लखनउका मार्स र पुरनको अर्धशतक

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितका‌ लागि २ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ । मिचेल मार्स र निकोलस पुरनले विस्फोटक ब्याटिङ गर्दै उत्कृष्ट सुरुवात दिलाए अन्य ब्याटरको प्रदर्शन सामान्य रह्यो । विशाखापटनमा जारी खेलमा लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९ रन बनाएको […]

March 24, 2025

टाइपछि सुपर ओभरमा गण्डकीको‌ जित

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज मधेशसँगको खेलमा टाई भएपछिको सुपर ओभरमा गण्डकी प्रदेश विजयी भएको छ। सुपर ओभरमा गण्डकीले २ विकेट गुमाएर २२ रन बनाएको थियो। जवाफमा मधेशले कुनै विकेट नगुमाई‌ ९ रन मात्र बनाउन सक्यो । ‘यसरी भयो टाई’ जारी प्रतियोगितामा सुपर ओभर भएको यो पहिलो खेल यो […]

Success

Thank you for your time.