4 years ago
February 3, 2021
एजेन्सी – युवा ब्याट्सम्यान ओली पोप भारत भ्रमणमा रहेको इंग्ल्यान्डको टोलीमा थपिएका छन् । गत अगष्टमा पाकिस्तानसँगको टेष्ट खेलको क्रममा बायाँ हातको काँधमा चोट लागेपछि ओली टोली बाहिर रहँदै आएका थिए ।
शल्यक्रियापछि २३ वर्षिय युवा ब्याट्सम्यान ओली पूर्ण रुपमा फिट भएपछि भारतविरुद्ध चार टेष्ट इंग्ल्यान्डको टोलीमा जोडिएका हुन् । भारत र इंग्ल्यान्डबीचको चार टेष्ट अन्तर्गत पहिलो खेल शुक्रबार देखि चेन्नईमा सुरु हुँदैछ । ओलीले पहिलो खेल खेल्ने बलियो सम्भावना छ । ओली यसअघिनै भारत आई सकेका थिए ।
यस सिरिजले आइसिसी वल्र्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने दोस्रो टोलीको निर्धारण गर्ने छ । न्युजिल्यान्ड फाइनलमा पुग्ने पहिलो टोली बनिसकेको छ । भारत, इंग्ल्यान्ड र अष्ट्रेलिया मध्य एक टोली फाइनलमा पुग्ने छन् ।
ओलीले इंग्ल्यान्डको मध्यक्रम सम्हाल्ने छन् । पाँचौ नम्बरमा ब्याटिङ गर्दै आएका उनको आगमनले इंग्ल्यान्ड पनि उत्साहित छ । इंग्ल्यान्डले उनको आगमनले टोलीको ब्याटिङ थप मजबुत हुने जनाएको छ । ड्यान लरेन्सले उक्त नम्बरमा ब्याटिङ गर्दै टोलीको इनिङ सम्हाल्लेका थिए । श्रीलंकाविरुद्ध यसै महिना डेब्यू गरेका लरेन्सले राम्रो प्रर्दशन गरेका थिए ।
ओली टोलीमा फर्किदा लरेन्सले तेस्रो नम्बरमा ब्याटिङ गर्ने सम्भावना देखिन्छ । ओलीले इंग्ल्यान्डबाट १३ टेष्ट खेल्दै एक शतक र पाँच अर्धशतक सहित ६ सय ४५ रन बनाएका छन् ।
यता अष्ट्रेलिया भ्रमणमा चार टेष्ट सिरिज २–१ ले जितेको भारतको मनोबल उच्च छ । इंग्ल्यान्ड पनि श्रीलंकासँग दुई टेष्ट सिरिजमा क्लिनस्विप गर्दै भारत भ्रमणमा आएको छ । टेष्ट च्याम्पियनसिपको फाइनल निर्धारण गर्ने हुँदा दुवै टोलीबीच कडा प्रतिस्पर्धा आशा गरिएको छ । इंग्ल्यान्ड आगमी मार्च सम्म भारतमा रहनेछ । यी दुई देशले चार टेष्टपछि पाँच टि२० आई र तीन ओडिआई सिरिज खेल्नेछन् ।
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]