4 years ago
February 3, 2021
एजेन्सी – न्युजिल्यान्ड आइसिसी वल्र्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगेको छ । मंगलबार तीन टेष्ट सिरिजको लागि अष्ट्रेलियाको दक्षिण अफ्रिका भ्रमण कोरोना महामारीको कारण स्थगित भएपछि न्युजिल्यान्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।
टेष्ट च्याम्पियनसिपको फाइनल आगमी जुन १८ देखि २२ सम्म इंग्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा हुने छ । सन् २०१९ देखि २०२१ सम्म चल्ने च्याम्पियनसिपमा विश्वका उत्कृष्ट ९ टेष्ट टोलीबीच प्रतिस्पर्धा गरेका थिए । अव न्युजिल्यान्डसँग फाइनलमा स्थान बनाउन भारत, इंग्ल्यान्ड र अष्ट्रेलियाको सम्भावना रहेको छ । अन्य टोलीको फाइनल पुग्ने सम्भावना सकिसकेको छ ।
भारत ४ सय ३० प्वाइन्टका साथ शीर्षस्थानमा छ । न्युजिल्यान्ड ४ सय २० अंकका साथ दोस्रो स्थानमा छ । अष्ट्रेलिया ३ सय ३२ का साथ तेस्रो स्थानमा छ । इंग्ल्यान्ड ४ सय १२ अंकका साथ चौथो स्थानमा छ ।
भारत र इंग्ल्यान्डबीच चार टेष्ट सिरिज हुँदैछ । त्यसले न्युजिल्यान्डसँग फाइनल खेल्ने टोली टुङ्गो लाग्ने छ । भारतलाई फाइनलमा स्थान बनाउन कम्तिमा उक्त सिरिजमा दुई खेल जित्नैपर्ने हुन्छ । दुई खेल जित्न नसकेको खण्डमा भने भारत बाहिरिने छ ।
यता अष्ट्रेलिया भने इंग्ल्यान्ड र भारतसँगको सिरिजको नतिजा पर्खिनुपर्ने हुन्छ । भारतसँगको सिरिज इंग्ल्यान्डले ०–१, ०–२ वा १–२ ले जितेको खण्डमा फाइनलमा स्थान बनाउने छ । भारतले इंग्ल्यान्डसँगको सिरिज १–० ले जितेको खण्डमा वा सिरिज बराबरी सकिएमा अष्ट्रेलियाले फाइनलमा स्थान बनाउने छ ।
इंग्ल्यान्डले भने भारतसँगको टेष्ट सिरिजमा फाइनलमा स्थान बनाउन तीन खेल जित्नुपर्ने समिकरण बनेको छ । चार टेष्टको सिरिज अन्तर्गत पहिलो खेल शुक्रबार देखि चेन्नईमा सुरु हुने छ ।
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]