4 years ago
February 3, 2021
एजेन्सी – इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ (एक सय बलको खेल) क्रिकेट प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई फ्रेन्चाइज टोली ओभल इन्भीनसिभल्सले रिटेन गरेको छ ।
गतवर्ष ड्राफ्टमा सन्दीपलाई ओभल इन्भिन्सिबल्स १ लाख पाउन्ड (१ करोड ५० लाख नेपाली बराबर) मूल्यमा आबद्ध गरेको थियो । तर कोरोना महामारीको कारण उक्त वर्ष ‘द हन्ड्रेड’ हुन सकेन । उक्त प्रतियोगिता यो वर्ष हुँदै छ । त्यसको लागि टोलीले रिटेन गरेका नाम सार्वजनिक गरेका छन् । महिला र पुरुष दुबै खेलाडीको रिटेन गर्दा टोलीले नयाँ खेलाडी पनि थपेका छन् ।
ओभल इन्भिन्सिबल्सले इंग्ल्यान्डका विकेटकिपर साम विलिंग्स, साम करन, टम करन, विल ज्याक्स, लाहिरु इनभान्स, एलक्स ब्लेक, सुनिल नारायण, रोसी टोपली, नेथन साउटर, जेसन रोयलाई रिटेन गरेको छ । इंल्यान्डका ओपनर रोरी बन्र्सलाई नयाँ खेलाडीको रुपमा थपेको छ । प्रतियोगिता १ सय बलको हुनेछ। नयाँ शैलीको यस प्रतियागितामा आठ टोली समावेश हुने छन् । उक्त प्रतियोगितामा सबै टोली इंग्ल्यान्ड क्रिकेट बोर्डको स्वामित्वमा हुनेछ ।
सन्दीपले यस सिजन पनि उक्त पारिश्रमिक पाउने वा नपाउने रिटेन गरेको कारण थाहा नहुने सन्दीपको ब्यवस्थापन हेदै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले बताए । सन्दीप हाल नेपालमै छन् ।
बिग ब्यास लिग २०२०र २१ मा होबार्ट हरिकेन्सबाट ८ खेलमा ८ विकेट लिएका सन्दीप यसै साता नेपाल आएका थिए । सन्दीपले अव ओमान भ्रमणको तयारी गर्ने छन् । नेपालले मार्चमा ओमान र अमेरिकासँग आईसिसी विश्वकप सुपर लिग २ अन्तर्गत एकदिवसिय त्रिकोणात्मक सिरिज खेल्दै छ ।
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]