4 years ago
February 2, 2021
एजेन्सी – नेपाली क्रिकेट टोलीका अलराउन्डर करण केसी आबूधाबी टि१० लिगमा पुणे डेभिल्सबाट दिल्ली बुल्सविरुद्ध गोल्डेन डक आउट हुन पुगेका छन् ।
टस हारेर ब्याटिङ गरेको पुणेले खराब सुरुवात गरेपछि करणले पाँचौं ओभरमा ब्याटिङ गर्ने मौका पाएका थिए । यसअघिका चार खेलमा बलिङ मात्र गरेका करणले पाँचौ खेलमा पहिलो पटक ब्याटिङ गर्ने मौका पाएका थिए । तर पहिलो बलमै करण क्याच आउट हुन पुगे ।
अमेरिकाका तीव्र गतिका बलर अलि खानले करणलाई पाँचौं ओभरको पाँचौ बलमा रहमानुउल्लाह गुर्बाजबाट क्याच गराउँदै शून्यमा पेभिलिएन फर्काएका थिए । त्यसअघि चौथो बलमा कप्तान नासिर हुसेनलाई खानले अहमद बटबाट क्याच गराएपछि करण ब्याटिङको लागि आएका थिए । थर्डम्यानमा सट खेल्न खोजेपनि एज लागेर करण विकेटकिपरबाट सहज क्याच आउट हुन पुगे ।
पुणेले दिल्लीलाई ५८ रनको सामान्य लक्ष्य दिएको छ । पुणले पहिला ब्याटिङ गर्दै १० ओभरमा ७ विकेटको क्षतिमा ५७ रन बनायो । देभन थोमस १८ बलमा १ चौका सहित १५ रनमा अविजित रहे । केन्नर लुईसले १५ र टम क्याडमोरले ११ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अली खानले ५ बल गर्दै कुनै रन नदिई ३ विकेट लिए । अहमद बटको नाममा २ विकेट रह्यो ।
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]