4 years ago
February 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – डेब्यू अर्थात कुनैपनि खेलाडीले खेल्ने पहिलो खेल । नेपाली घरेलु क्रिकेटमा डेब्यू खेललाई त्यति धेरै महत्त्व दिएको पाइदैन ।
उक्त डेब्यू क्याप र खेल खेलाडीको लागि निकै महत्वपूर्ण हुने गर्दछ । प्रतिभावान खेलाडीले मौका पाएको पहिलो खेलमै उत्कृष्ट प्रर्दशन गर्न सक्छन् । तर सबैको हकमा यो लागु हुँदैन । कसैले पहिलो खेलमा आफ्नो क्षमता देखाउन नपाउन सक्छन् । पाएका अवसरलाई सदुपयोग गर्ने खेलाडीनै माथि उठ्ने गर्दछ ।
राष्ट्रिय टोलीको जर्सीसम्म पुग्न सबै खेलाडीलाई घरेलु वा उमेर समूहमा उत्कृष्ट प्रर्दशन गरेको हुनुपर्छ । राष्ट्रिय प्रतियोगिताको मुख्य उदेश्य पनि युवा खेलाडीको पहिचान र लय बाहिर रहेका खेलाडीलाई प्रमाणित गर्ने मौका दिँदै पूनरागमन गर्ने अवसर बनाउनु हो ।
वर्तमान समयमा नेपाली क्रिकेटमा राष्ट्रिय प्रतियोगिता रुपमा प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता रहँदै आएको छ । प्रधानमन्त्री कपको चौथो संस्करण शनिबार सकिएको छ । प्रधानमन्त्री कप चौथो संस्करणमा यस अघिका तीन संस्करण भन्दा युवा खेलाडीको बाहुल्यता र प्रर्दशन उच्च छ ।
प्रधानमन्त्री कपमा पहिलो पटक जिल्ला र प्रदेश छनोट हुँदै टोली निर्माण भएको हुँदा बलियो र युवा खेलाडीको बाहुल्यता थियो । पहिलो पटक प्रधानमन्त्री कप र राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीले पनि आफ्नो उत्कृष्ट प्रभाव छोड्न सफल भएका छन् । यस प्रतियोगिताको सकरात्मक पक्ष भनेको नै युवा खेलाडीको उत्कृष्ट प्रर्दशन हो । यस सिजनमा डेब्यू गर्दै उत्कृष्ट प्रर्दशन गर्ने पाँच युवा खेलाडी यस प्रकार छन् ।
५. समिर कंडेल (गण्डकी प्रदेश)
गण्डकी प्रदेश चार मध्य तीन खेलमा पराजित हुँदै बाहिरिएपनि प्रर्दशनबाट भने खुसी थियो । किनभने युवा खेलाडीबाट जुन आशा र अपेक्षा गरेको थियो त्यो भन्दा राम्रो प्रर्दशन खेलाडीले गरे । १७ वर्षिय युवा विकेटकिपर ब्याट्सम्यान संमिर कंडेल राम्रो प्रर्दशन गरे । समिरले विभागीय टोली आर्मीविरुद्ध अर्धशतकीय इनिङका साथ यादगार डेब्यू गरेका थिए ।
तनहुँका बाँया हाते समिरले पहिलो खेलमै नेपाली घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका विक्रम सोब र नेपाली क्रिकेटमा योर्कर किंगक जितेन्द्र मुखियाको बलको सामना गर्दै अर्धशतक जोडे । बाँया हाते समिरले धैर्यताका साथ मैदानमा विताउँदै आर्मीका बलरलाई धौं धौं पारेका थिए ।
आर्मीविरुद्ध ९० बलमा ५ चौका सहित ५० रनमा क्याच आउट भएका थिए । समिरको अर्धशतकको सहयोगमा गण्डकीले २ सय ८८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ४८ ओभर पुरै खेल्दै १ सय ८९ रन बनाएको थियो । कलिलो उमेर, पहिलो खेल अनि जिम्मेवारी ब्याटिङले उनको क्षमता टियु मैदानमा थप झल्काउथ्यो ।
समिर प्रदेश १ सँग एक रन र कर्णालीसँग २ रनमा आउट भएका थिए । नेपाल एपिएफ क्लबसँग ३६ रनको महत्वपूर्ण इनिङ खेल्दै आउट हुन पुगेका थिए । एपिएफसँग उनले ओपनिङ गर्दै टोलीको लागि सर्वाधिक रन जोडेका थिए । राष्ट्रिय टोलीका खेलाडीले भरिभराउ विभागीय टोलीविरुद्ध उनको परिपक्क प्रर्दशनले नेपाली क्रिकेटमा राम्रो सम्भावना देखाएका छन् ।
४. विपिन आचार्य (बागमती प्रदेश)
बागमती प्रदेश लगातार दोस्रो पटक सेमिफाइलमा पुग्यो । निर्णाय लुम्बिनी प्रदेशविरुद्ध अफस्पिनर विपिन आचार्यले उच्च प्रर्दशन गरेका थिए । बागमतीले लुम्बिनीलाई जितको लागि २ सय २१ रनको विजयी लक्ष्य दिएको थियो । उक्त लक्ष्य ४०.३ ओभरमा लुम्बिनीले पूरा गरे सहजै सेमिफाइनलमा पुग्ने समिकरण थियो ।
लुम्बिनीलाई ओपनर सन्दीप सुनार र देभ खनालले उत्कृष्ट सुरुवात गर्दै सहज जितको आशा देखाएका थिए । तर उत्कृष्ट प्रर्दशन गरि रहेका देभलाई सातौं ओभरको दोस्रो बलमा २६ रनमा बोल्ड आउट गर्दै विपिनले साझेदारी तोडेका थिए । यसै ओभरको अन्तिम बलमा सन्दीप सुनारलाई क्याच आउट गराउँदै विपिनले उत्कृष्ट सुरुवात गरेको लुम्बिनीको रनको गति घटाएका थिए ।
त्यसपछि विपिनले लुम्बिनीका अर्का प्रमुख ब्याट्सम्यान सौरभ खनाललाई ३४ रनमा क्याच गराउँदै प्रकाश केसीसँगको चौथो विकेटका लागि भएको ७३ रनको महत्वपूर्ण साझेदारी तोडेका थिए । सौरभको विकेटसँगै लुम्बिनीलाई ४० ओभरमै जित निकाल्न कठिन बनाएका थिए ।
लुम्बिनी नेटरनरेटको चक्करमा खेल छिटो सक्ने धुनमा पछि बराबरीमा रोकिएको थियो । जुन खेलको नायक विपिन थिए र उनीनै ‘म्यान अफ द म्याच’ चुनिए । उक्त दबाबको खेलमा ७ ओभरमा ३० रन खर्चेर ४ विकेट लिएका थिए ।
विपिनले सुदूरपश्चिमविरुद्ध प्रधानमन्त्री कपमा डेब्यू गरेका थिए । डेब्यू खेलमा एक विकेट लिएका उनले तल्लोक्रममा ब्याटिङ गर्दै ३२ रन जोडेका थिए । उनले आर्मीसँग २३ रन बनाउनुको साथै एक विकेट लिएका थिए ।
३.अनुज चुनारा (कर्णाली पदेश )
कर्णाली पदेश यस सिजनमा प्रतिस्पर्धात्मक प्रर्दशन गर्दै फर्कियो । कमजोर मानिने कर्णालीले यस पटक भने सबै टोलीलाई राम्रो चुनौती दिएको थियो । जसमा तीव्र गतिका बलर अनुज चुनाराले उत्कृष्ट प्रर्दशन गर्दै महत्वपूर्ण योगदान दिएका थिए । पहिलो प्रतियोगिता खेलेका अनुजले ४ खेलमा ८ विकेट लिए ।
अनुजले आर्मीविरुद्ध मुलपानीमा डेब्यू गरेका थिए । आर्मीका युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको विकेट लिँदै प्रतियोगिता सुरुवात गरेका थिए । गण्डकी र प्रदेश एक सँग २–२ विकेट लिए । समूह चरणको अन्तिम खेलमा एपिएफविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका थिए । विभागीय टोली एपिएफलाई कर्णालीले २ सय १८ रनमै अल आउट गरेको थियो ।
जसक्रममा चुनाराले नेपाली क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकरलाई ८, रित गौतमलाई शून्य र भुवन कार्कीलाई १५ रनमा आउट गरेका थिए ।
२. देव खनाल (लुम्बिनी पदेश)
लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएपनि देव खनालले आफ्नो उत्कृष्ट प्रभाव छोड्दै फर्किए । रुपन्देहीका २० वर्षिय युवा ब्याट्सम्यान देवको प्रर्दशनसँगै खेल्ने शैली, आकर्षण सटले धेरैलाई प्रभाव पारेको थियो । पछिल्लो समय युवा खेलाडीमा क्लासिक ब्याटिङको कमी देखिन्छ ।
६ फिट अग्ला उनको खेल्ने शैली गज्जव छ । उनको प्रर्दशन हेर्दा जो कोहिलाई प्रभावित पार्दछ । उनी कभरड्राइभको लागि सिपालु छन् । उनको कभरड्राइभले विश्वका चर्चित ब्याट्सम्यानको झल्को दिने गर्दछ । पहिलो खेलमा प्रदेश २ विरुद्ध बेन्चमा बसेका देभले नेपाल पुलिस क्लबविरुद्ध मौका पाएका थिए । पुलिसविरुद्ध ४९ रनको इनिङ खेल्दै आउट भएका थिए । राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले भरिभराउ पुलिसविरुद्ध ७१ बल खेल्दै ७ चौका प्रहार गरेका थिए ।
ब्याटिङमात्र होईन फिल्डिङ पनि त्यतिनै उत्कृष्ट र आत्माविश्वासी छन् । शरिरको उचाईले उनलाई थप फाइदा पुग्ने गर्दछ । सुदूरपश्चिमसँग दुर्भाग्यपूर्ण उनी ९ रनमा रन आउट हुन पुगेका थिए । बागमतीविरुद्ध राम्रो सुरुवात दिलाउँदै २६ रनमा आउट भएका थिए । उनको खेल्ने शैली र क्षमतालाई हेर्दा नेपाली परम्परा ओपनिङ समस्यामा दीर्घकालिन समाधान बन्न सक्ने ठूलो सम्भावना बोकेका युवा खेलाडी हुन् । उनलाई राम्रोसँग तयार र सदुपयोग गर्न सक्ने हो भने नेपालको ओपनिङ समस्या दीर्घकालिन समाधान बन्न सक्छन् ।
१. अर्जुन कुमाल (गण्डकी प्रदेश )
गण्डकी प्रदेशका १५ वर्षिय युवा ब्याट्सम्यान अर्जुन कुमालले छोटो समयमै नेपाली क्रिकेटमा ठूलो सम्भावना देखाएका छन् । अर्जुनको उमेर कलिलो छ । तर मैदानमा उनले चलाउने ब्याट र बनाउने रन भने परिपक्क खेलाडीको भन्दा कम छैन । उत्कृष्ट सट छनोट, धैर्यतावान् अनि जिम्मेवारी ब्याटिङले सबैलाई प्रभावित पार्दछ ।
अर्जुनले आर्मीविरुद्ध खेल्दै डेब्यू गरेका थिए । डेब्यूमै अर्जुनले उत्कृष्ट प्रर्दशन गरे । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले भरिभराउ आर्मीविरुद्ध ३६ रनको इनिङ खेल्दै यादगार डेब्यू गरेका थिए । त्यसपछि अर्जुनले प्रदेश एक विरुद्ध ३५ र कर्णालीविरुद्ध ४६ रनको इनिङ खेलेका थिए । उनले ओपनिङ गर्दै राम्रो प्रर्दशन गरे ।
अर्जुन विकेटकिपर समेत हुन् । टोलीलाई आवश्यक नपर्दा त्यो भूमिकामा भने देखिएनन् । अर्जुनले उमेर समूहमा जुन प्रर्दशन र सम्भावना देखाएका थिए त्यसलाई राष्ट्रिय प्रतियोगितामा पनि निरन्तरता दिएका छन् । प्रतियोगिताभर सर्वाधिक रन बनाउने अर्जुन छैटों ओपनर हुन् । अर्जुनभन्दा अघि सुनिल धमला, आशिफ शेख, अनिल मण्डल, आदिल खान र हरि शंकर शाह रहेका छन् ।
नेपाली क्रिकेट टोलीकै ओपनरले रन जोड्न प्रतियोगितामा संघर्ष गरि रहेका उनले भने राम्रो प्रर्दशन गर्न सफल भए । कलिलो उमेरमा उनले जुन सम्भावना र प्रर्दशन गरेका छन् त्यसले भने नेपाली क्रिकेटको ब्याटिङ समस्यामा दीर्घकालिन समाधान बन्ने ठूलो आशा पनि छोड्न पनि सफल भएका छन् ।
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]