4 years ago
January 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता उपाधि विजेता नेपाल आर्मी क्लबका खेलाडीलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सम्मान गरेका छन् ।
आइतबार नेपाली सेनाको मुख्यालय भद्रकालीमा एक कार्यक्रमकाबीच थापाले खेलाडी र प्रशिक्षकलाई सम्मान गरेका हुन् । थापाले विजेता टोलीका सम्पूर्ण सदस्यहरुलाई प्रधानसेनापति प्रशंसा निशानद्वारा सम्मानित गरेका थिए । उक्त सम्मालिन कार्यक्रममा थापाले सबै खेलाडीलाई बधाई दिँदै खुसी व्यक्त गरेका थिए ।
शनिबार फाइनलमा नेपाल एपिएफ क्लबलाई ३३ रनले हराउँदै आर्मीले एक रुपमा पहिलो उपाधि जितेको हो । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । जितका लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ ४१.३ ओभरमा १ सय ७८ रनमा अल आउट भएपछि आर्मी च्याम्पियन बनेको थियो ।
आर्मीले पहिलो संस्करणको फाइनलमा नेपाल पुलिस क्लबसँग वर्षाको कारण उपाधि बाँडेको थियो । दोस्रो संस्करणमा फाइनलमा आर्मी एपिएफसँग ६ विकेटले पराजित भएको थियो । तेस्रो संस्करणमा आर्मी नेपाल पुलिस क्लबसँग ४ विकेटले पराजित हुँदै लगातार च्याम्पियन बन्नबाट चुकेको थियो ।
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]