default_image

4 years ago

February 1, 2021

प्रधानमन्त्री कप : कमजोर आयोजना, प्रचुर सम्भावना

106 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबलाई ३३ रनले हराउदै त्रिभुवन आर्मी क्लबले उपाधि जित्यो । लगातार विभागीय टोलीको फाइनल वर्चस्वलाई यस पटक पनि प्रदेश टोलीले तोड्न सकेनन् ।

तुलनात्मक रुपमा केहिलाई छोड्ने हो भने प्रदेशका टोली यस संस्करणमा बलिया भएर आएका थिए । ओडिआई मान्यता प्राप्त नेपालको एकमात्र एकदिवसिय शैलीको राष्ट्रिय प्रतियोगिता प्रधानमन्त्री कप हो । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बनमा परेपछि नेपाली क्रिकेटलाई चलायमान बनाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रधानमन्त्री कपको सुरुवात गरेको थियो ।

प्रधानमन्त्री कप सुरुवात हुँदा ओडिआई मान्यता नेपालको लागि एउटा सपना थियो । क्यान नभएको हुँदा राखेपको आयोजानमा पहिलो संस्करण काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) , दोस्रो र तेस्रो नेपालय इन्टरनेशनलले व्यवस्थापन गरेका थिए । नेपालय कमजोर व्यवस्थापन र खेलाडीको पुरस्कारमा गरेको झुटको कारण चर्को आलोचनामा परेको थियो ।

कोरोना महामारीपछि नेपालमा क्रिकेटको पूनरागमन र क्यानले गर्न लागेको पहिलो पुरुष प्रतियोगिता हुँदा प्रधानमन्त्री कपलाई महत्त्वपूर्ण रुपमा हेरिएको थियो । पहिलो पटक जिल्ला र प्रदेश छनोट गर्दै टोली प्रादेशिक टोली बनेका थिए । प्रदेश टोली बलिया देखिनु र युवा खेलाडीको बाहुल्यता हुनुको मुख्य कारण जिल्ला र प्रदेश छनोट हुँदै खेलाडी छनोट गर्नु थियो ।

यसपटक प्रदेश टोलीको प्रदर्शन विगतको भन्दा सुधारिएको थियो । नतिजामा विभागीय टोली हावी देखिएपनि प्रतिस्पर्धाको हिसाबले प्रदेश टोलीले सहज रुपमा जित हासिल गर्न सायदै दिए । युवा खेलाडीको बाहुल्यता देखिएको प्रदेश टोलीहरुमा व्यवस्थापनमा भने केहि कमजोरी देखियो । प्रतिभावान खेलाडी भएपनि प्रदेश टोलीमा त्यसलाई व्यवस्थापनमा उचित ध्यान नपुग्दा अझै राम्रो नतिजा निस्कन सकेन ।

प्रदेशका टोलीहरुले पहिलो खेलबाट अन्तिम खेलसम्म आइपुग्दा नयाँ अनुहारलाई अवसर दिए । नयाँ प्रतिभाबाट प्रदर्शन पनि आयो । विशेषत एकेडेमीमा क्रिकेट सिकेर आएका खेलाडीको प्रदर्शनले यसपटक पीएम कपमा धेरैलाई चकित पार्यो । नियमित प्रदर्शन गर्न नसकेपनि प्रतिभा हेर्ने हो भने भविष्य उज्ज्वल देखिन्छ ।

यसअघि क्यान नहुँदा प्रदेशको टोली बन्द प्रशिक्षणकै भरमा घोषणा हुँदै आएका थिए । मिडियाबाट सकभर टाढै भाग्न खोज्ने क्यानले प्रधानमन्त्रीकप बारे कहिल्यै पनि जानकारी दिएन । यसअघि प्रतियोगिता मुख्य प्रायोजन, खेल सुरुहुने मिति, पुरस्कार राशि लगायतका कुरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराईन्थ्यो । नेपालमात्र नभएर विश्वमै पत्रकार सम्मेलन मार्फत जानकारी दिने गरिन्छ । त्यसले प्रतियोगिता रौनक समर्थकमा झन बढ्ने गर्दछ ।

कुनैपनि प्रतियोगितामा समूह ए र बी को खेल क्रमशः गर्ने गरिन्छ । खेल कीर्तिपुर र मुलपानीमा भएका थिए । मुलपानी मैदानको अवस्था हेर्दा क्यानले सबै खेल टियु मैदानमा गर्नुपर्ने हो । दुई स्थानमा गराएपनि टियु र मुलपानीमा सबै टोलीलाई समान २–२ खेल खेल खेलाउनु पर्ने थियो । तर तालिकामा त्यस्तो थिएन । मुलपानीमा तीन र टियुमा एक खेल खेल्न मात्र पाउने टोली पनि रहे ।

खेलाडीको प्रर्दशनमा मैदानले प्रभाव पार्ने गर्दछ । स्तरिय टियु र काम चलाउ मुलपानी मैदानमा खेल्नु धेरै फरकको कुरा हो। मुलपानीको पिच तीव्र गतिका बलरलाई खासै सहयोगी मानिदैन । ब्याट्सम्यानलाई खेल्न निकै कठिन मानिन्छ । मुलपानीमै कमजोर प्रर्दशन गर्ने तीव्र गतिका बलर र ब्याट्सम्यानले टियुमा सर्वोत्कृष्ट प्रर्दशन गर्न सक्थे ।

समूह चरणका खेलमा कुनै विश्राम नदिई लगातार गराएको थियो । केहि टोलीले लगातार दुई दिन पनि खेले । ५० ओभरको खेल लगातार दुई खेल खेल्नुको कठिनाई क्यानले कहाँ बुझ्थ्यो र । क्यान प्रतियोगिता चाडै सकेर पैसा बचाउनमा बढी केन्द्रित थियो ।

क्यानले केहि समय बढी लगायरै सबै खेल टियु मैदानमा गर्ने आँट गर्न सक्नुपथ्र्यो । टियुमा सबै खेल गर्दा समय बढी लाग्ने र खर्च धेरै हुने थियो । लगानीविना क्रिकेट विकास पनि कसरी हुन्छ ? यता टियु मैदानमा प्रत्यक्ष प्रसारण लगायत अन्य सुविधा प्रदान गर्दा क्यानले मुलपानीमा सामान्य व्यवस्थापन पनि गर्न सकेको थिएन । उल्टै समचार संकलन गर्न मुलपानी पुगेका पत्रकारलाई आयोजकद्वारा अभद्र व्यवहार हुँदा क्यान थाहा नभएझैं बसिरहेको छ ।

यसपटक क्यानले पुरस्कार राशिमा आधा रकम घटायो । यसअघिको संस्करणमा विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ पाउँदै आएका थिए । यसपटक विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनु पर्यो । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार उत्कृष्ट ब्याट्सम्यान र बलरलाई २५–२५ तथा उदीयमान खेलाडीलाई १५ हजार रुपैयाँ दियो । क्यानले पुरस्कार राशि घटाउनुको स्पष्ट जानकारी दिएको छैन । तर राखेपले आर्थिक सहयोग यसअघि भन्दा कम गरेको हुँदा घटाएको बुझिएको छ ।

राखेपले प्रधानमन्त्री कपको लागि ४० लाख रुपैयाँ छुट्याएको थियो । पहिलो संस्करणमा राखेपले केसिटिसिलाई २५ लाख रुपैयाँ दिएको थियो । उक्त समय विजेताले २० लाख र उपविजेताले १० लाख पाएका थिए । त्यहि समयमा अहिलेको भन्दा दोब्बर व्यक्तिगत अवार्ड राशि थियो । केसिटिसिले रुस्लान मुख्य प्रायोजक पाएको थियो । त्यसैले राखेपको आर्थिक सहयोगमा निर्भर थिएन । उक्त संस्करण पीएम कप इतिहासमा व्यवस्थापनको हिसाबले पनि निकै चुस्त थियो । त्यसबेला व्यवस्थापन सम्हालेको केसीटिसीले राखेपले दिएको बजेटमा केहि रकम बचाएर फिर्ता समेत दिएको थियो ।

नेपाली बजारमा क्रिकेटलाई प्रायोजन पाउन कठिनाई देखिदैन । प्रायोजन खोज्न नसकेर पुरस्कार राशि घटाउनु लज्जास्पद थियो । यस संस्करण कोभिडको कारण प्रायोजक नपाएको व्यवस्थापनको टिप्पणी रहेको बुझिएको छ ।

क्यानले अब अन्य प्रतियोगिता नगर्ने हो भने कम्तिमा प्रधानमन्त्री कपलाई राउन्ड रोबिन लिगको आधारमा खेलाउन सुरुवात गर्नुपर्छ । समूह खेल खेलाउँदा खेलाडीले खेलको अनुभव धेरै पाउँदैनन् । एकमात्र राष्ट्रीय प्रतियोगिता भएको अवस्थामा ठूला सम्भावना बोकेका युवा खेलाडी बेन्चमा थन्केर फर्किनुपरेको हुनसक्छ। एकै खेलमा प्रतिभावान् खेलाडीले आफ्नो क्षमता देखाउन सक्छ भन्ने पनि हुँदैन ।

क्यानले यसपटक सेमिफाइनलको अघिल्लो दिनमात्र पुरस्कार राशि घोषणा गरेको थियो । खेलाडी आर्थिक रुपमा बलियो बन्न संघको ठूलो हात हुन्छ । बागमती प्रदेशले प्रत्येक खेल वापत (म्याच फि) आफ्ना खेलाडीलाई २ हजार रकम दिएको थियो ।

क्यानले प्रतियोगितामा खेलाडीलाई म्याच फि दिएन । तेस्रो संस्करणमा खेलाडीले एक हजार रुपैयाँ भएपनि म्याच फि पाएका थिए । बागमतीले खेलाडीको प्रतियोगिताभर ५ लाखको विमा गरेको थियो । एक प्रदेश टोलीले यस्तो निर्णय लिंदा क्यान भने मुकदर्शक मात्र बनिरहयो ।

युवा खेलाडीको उत्साहजनक बाहुल्यता र उत्कृष्ट प्रर्दशन यस प्रतियोगिता सर्वाधिक सकरात्मक पक्ष हो । तेस्रो संस्करणमा खेलमा समर्थकलाई केन्द्रित गर्त एक हातले क्याच लिए ५० हजार जस्ता आर्कषण पुरस्कार घोषणा गरिएको थियो । यस पटक टिकटको २५ र ५० रुपैयाँ राखेपनि समर्थकको लागि खेलमा थप आर्कषित गर्ने त्यस्तो कुनै प्याकेज क्यानले घोषणा गर्न सकेन ।

वर्षभर फ्रेन्चाइज लिग खेलेर टि२० क्रिकेटमा १ सय २० रन बनाउनै संघर्ष गरिरहेको अवस्था छ । त्यसको मुख्य कारण फ्रेन्चाइज लिग क्रिकेट विकास भन्दा पनि मनोरञ्जन र लोकप्रियता बढाउने माध्यमको रुपमा रहेको छ । फ्रेन्चाइज लिगमा क्रिकेट विकास भन्दा बढी खेलबाट मनोरन्जन र व्यापारमा ध्यान दिइन्छ ।

क्यानले प्रधानमन्त्री कपलाई निरन्तरता दिँदै अझै परिस्कृत गरेर घरेलु क्रिकेटको मेरुदण्डको रुपमा अघि बढाउनुपर्छ । नेपालले ओडीआई मान्यता अझै लम्ब्याउने हो भने यस्तो प्रतियोगितालाई प्राथमिकतामा राख्न जरुरि छ ।

March 23, 2025

चेन्नईले मुम्बईलाई हरायो

एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।‌ चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]

March 23, 2025

चेन्नईलाई सहज लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]

March 23, 2025

आइपिएलमा सनराइजर्स हैदरावादको विजयी सुरुवात

एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]

Success

Thank you for your time.