default_image

4 years ago

January 31, 2021

दीपेन्द्रले नेपाली क्रिकेट टोलीको कप्तानी गर्ने

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले कतार भ्रमणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गर्ने भएका छन् ।

नेपालले कतारसँग तीन खेलको टि२० आई सिरिज खेल्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि शुक्रबार १८ सदस्यीय टोली घोषणा गरेको थियो । नियमित कप्तान ज्ञानेन्द्र मल्ल सुरुवाती १८ सदस्य टोलीमा छैनन् ।

अनुभवी ब्याट्सम्यान शरद भेषावकर, स्पिनर वसन्त रेग्मी, पारस खड्का, आरिफ शेख, सुशन भारी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी लगायतका अधिकांश पहिलो रोजाईका खेलाडी कतार भ्रमणमा जाने छैनन् । दीपेन्द्र भन्दा सिनियर खेलाडीमा विकेटकिपर विनोद भण्डारी, तीव्र गतिका बलर सोमपाल कामी र करण केसी भएपनि क्यानले उनलाईनै कप्तानी दिने भएको छ ।

‘कतार स्पोर्ट्स डे’ को अवसरमा कतार क्रिकेट एसोसिएसको निमन्त्रणामा नेपालले तीन टि२० आई खेलको सिरिज खेल्न लागेको हो । नेपालले पहिलो खेल फेब्रुअरी ९, दोस्रो १० र अन्तिम १२ मा खेल्ने छ । नेपालले कतार भ्रमणमा पहिलो रोजाईका खेलाडीलाई आराम दिँदै युवा खेलाडीलाई मौका दिएको छ ।

दीपेन्द्रले उमेर समूहमा राष्ट्रिय टोलीको कप्तानी गरिसकेका छन् । उनकै कप्तानीमा नेपालले सन् २०१७ को यू–१९ एसिया कपमा ऐतिहासिक नतिजा हासिल गरेको थियो । दीपेन्द्रको कप्तानी प्रदर्शनमा नेपालले इतिहासमै पहिलो पटक भारतलाई हराएको थियो । उनी उक्त खेलमा अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भएका थिए ।

दीपेन्द्रले त्यसपछि पोखरा प्रिमियर लिगमा धनगढी ब्लुज, एभरेस्ट प्रिमियर लिगमा चितवन टाइगर्स र धनगढी प्रिमियर लिगमा सीवाईसी अत्तरियाको कप्तानी पनि सम्हालेका छन् । दीपन्द्रको कप्तानीमा अत्तरिया तेस्रो संस्करण डिपिएलको च्याम्पियन पनि बनेको थियो ।

राष्ट्रिय क्रिकेट टोलीमा पछिल्लो समय दीपेन्द्रको प्रदर्शन अपेक्षा गरेअनुसार छैन । दीपेन्द्रलाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । गतवर्ष पारस खड्काले कप्तानी छोडेपछि ज्ञानेन्द्रले कप्तान र दीपेन्द्रले उपकप्तानको जिम्मेवारी पाएका थिए ।

बन्द प्रशिक्षणको लागि बोलाइएका १८ सदस्य टोली :

विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, बिबेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलम ।

March 23, 2025

चेन्नईले मुम्बईलाई हरायो

एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।‌ चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]

March 23, 2025

चेन्नईलाई सहज लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]

March 23, 2025

आइपिएलमा सनराइजर्स हैदरावादको विजयी सुरुवात

एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]

Success

Thank you for your time.