default_image

4 years ago

February 1, 2021

प्रधानमन्त्री कपका उत्कृष्ट पाँच बलर

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

आर्मीले शनिबार फाइनलमा नेपाल एपिएफ क्लबलाई ३३ रनले हराउँदै एकलरुपमा पहिलो पटक उपाधि जित्न सफल भएको थियो । यस पटक प्रतियोगितामा तीव्र र स्पिनर दुबै बलरहरुको प्रर्दशन उच्च रह्यो । यस पटक भने शीर्षस्थानमा तीव्र गतिका बलर रहन सफल रहे । टियु क्रिकेट मैदानको पिच यस पटक तुलनात्मक रुपमा तीव्र गतिका बलरलाई बढि सहयोगी रह्यो ।

पिचमा हरियो घाँस हुँदा तीव्र गतिका बलरले धेरै फाइदा उठाएका थिए । त्यसैले प्रधानमन्त्री कप क्रिकेटमा पहिलो पटक तीव्र गतिका बलर शीर्षस्थानमा रहन सफल रहे । यस अघिका तीन संस्करण मध्य पहिलो र दोस्रोमा स्पिनर सुसन भारी र तेस्रोमा ललित नारायण राजवंशी शीर्षस्थानमा थिए । सर्वाधिक विकेट लिने ५ मध्य ४ तीव्र गतिका बलर छन् ।

यस प्रतियोगितामा एकमात्र ह्याट्रिक रह्यो । जुन गण्डकी प्रदेशका स्पिनर विशाल पौडेलले लिएका थिए । प्रतियोगिताभर पाँच खेलाडीले एकै इनिङमा पाँच विकेट लिन सफल रहे । प्रतियोगिता एकै इनिङमा सर्बाधिक रन दिने बलर गण्डकीका कप्तान विपिन खत्री रहे । विपिनले आर्मीविरुद्ध टियु क्रिकेट मैदानमा १० ओभरमा १ मेडन सहित ७५ रन खर्चेर २ विकेट लिएका थिए ।

सर्वाधिक विकेट लिने खेलाडीमा शीर्ष पाँच मा दुई जना प्रदेशका बलर रहे । ती दुबै बागमती प्रदेशका थिए । समग्रमा चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेटमा सर्वाधिक विकेट लिने पाँच खेलाडी यस प्रकार छन् ।

१.अभिनाश बोहरा (एपिएफ)

नेपाली राष्ट्रिय क्रिकेट टोली तथा नेपाल एपिएफ क्लबका तीव्र गतिका बलर अभिनाश बोहराले ५ खेलमा कुल १४ विकेट लिँदै शीर्षस्थानमा रहे । उनले ४८ ओभर बलिङ गर्दै ११ मेडनका साथ १ सय ४० रन खर्चिदा ईकोनमी रेट २.९१ रह्यो । उत्कृष्ट प्रर्दशन ५–१८ रह्यो । अभिनाशले पहिलो खेलमै प्रदेश १ विरुद्ध ५ विकेट लिएका थिए ।

गण्डकी र पुलिस क्लबसँग २–२ विकेट लिएका थिए । आर्मीविरुद्ध एक विकेट लिएका अभिनाशले फाइनलमा आर्मीविरुद्ध ४ विकेट लिएका थिए । नेपाली क्रिकेटमा टि२० स्पेलिष्टको रुपमा छवि बनाउन सफल अभिनाश प्रतियोगिता उत्कृष्ट बलर र ‘प्लेयर अफ द टुनामेन्ट’ को दाबेदार समेत रहेका थिएनन् । तर पाउन सकेनन् ।

२.साहब आलम (आर्मी)

राष्ट्रिय क्रिकेट टोलीमा डेब्यूको पर्खाइमा रहेका स्पिनर साहब आलमले घरेलु क्रिकेटमा सदाबाहर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । आर्मीलाई च्याम्पियन बनाउन नायक बनेका उनी प्रतियोगिताका सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन् ।

त्रिभुवन आर्मी क्लबका स्पिनर साहब प्रतियोगिता उत्कृष्ट बलर चुनिएका थिए। साहबले ५ खेलमा ४५.४ ओभरमा ८ मेडन सहित १ सय ५२ रन खर्चेर कुल १२ विकेट लिए । आर्मीलाई उपाधि जिताउन साहबले फाइनलमा एपिएफविरुद्ध उत्कृष्ट प्रर्दशन गर्दै ३ विकेट लिएका थिए । साहबले कर्णालीसँग ३, प्रदेश १ सँग ४, एपिएफसँग २ विकेट लिएका थिए ।

३.गौतम केसी (बागमती)

बागमती प्रदेशका युवा तीव्र गतिका बलर गौतम केसीले उत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक विकेट लिने बलरको तेस्रो स्थानमा रहे । गौतमले ३ खेलमा ३० ओभर बलिङ गर्दै ३ मेडनका साथ १ सय ४२ रन खर्चेर कुल ११ विकेट लिए । उत्कृष्ट प्रर्दशन ५–६१ रह्यो । गौतमले पहिलो खेलमै प्रदेश २ सँग ४ विकेट लिएका थिए । दोस्रो खेलमा लुम्बिनीसँग २ र आर्मीसँग ५ विकेट लिएका थिए ।

४.कमलसिंह ऐरी (एपिएफ)

राष्ट्रिय क्रिकेट टोली तथा नेपाल एपिएफ क्लबका तीव्र गतिका बलर कमल चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेटमा प्लेयर अफ द टुनामेन्ट चुनिए । कमलले प्रतियोगिताभर ६ खेलमा १० विकेट लिए । कोइनमी ३.४१ रहँदा उत्कृष्ट प्रर्दशन ४–११ रह्यो । कमलले गण्डकीसँग ४, आर्मीसँग ३, पुलिससँग २ र आर्मीसँग १ विकेट लिएका थिए ।

५. रामनरेश गिरी (बागमती)

बागमती प्रदेशलाई सेमिफाइनल सम्म पुर्याउन महत्वपूर्ण योगदान दिएका तीव्र गतिका बलर रामनरेश गिरीले कुल ५ खेलमा १० विकेट लिए । उनले ४० ओभरमा ५ मेडन सहित १ सय ९१ रन खर्चेका थिए । उत्कृष्ट प्रर्दशन ४–३२ रन रह्यो । रामनरेशले पहिलो खेलमा पुलिसविरुद्ध २ विकेट लिएका थिए । सुदूरपश्चिमसँग ४, प्रदेश २ सँग २, लुम्बिनी र आर्मीसँग १–१ विकेट लिए ।

March 23, 2025

चेन्नईले मुम्बईलाई हरायो

एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।‌ चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]

March 23, 2025

चेन्नईलाई सहज लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]

March 23, 2025

आइपिएलमा सनराइजर्स हैदरावादको विजयी सुरुवात

एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]

Success

Thank you for your time.