4 years ago
January 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका युवा ब्याट्सम्यान हरि चौहानले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले ४१ ओभरमा ५ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको छ । हरिले ८९ बलमा अर्धशतक पूरा गरेका थिए । हरि ८९ बलमा ५ चौका सहित ५० रनमा खेलि रहेका छन् । उनलाई राजेश पुलामी मगरले २२ रनमा साथ दिएका छन् ।
आर्मीले आज सबैलाई आश्चर्य पार्दै ओपनिङमा अनिल कुमार मण्डलका साथ स्पिनर सुशन भारीलाई पठाएको थियो । बाँया हाते स्पिनर सुशनले ९ ओभर सम्म अनिलसँग ३२ रनको साझेदारी गरेका थिए । सुशन किशोर महतोको नवौं ओभरको अन्तिम बलमा कट विहान्ड हुँदै विकेटकिपर सुबास खकुरेलबाट १३ रनमा आउट भए । सुशनले ३४ बलमा एक चौका प्रहार गरे ।
लगत्तै दशौं ओभरको पहिलो बलमा अनिल एज लागेर सेकेन्ड स्लिपमा आशिफ शेखबाट ११ रनमा आउट भएका थिए । अनिलले २१ बलमा १ चौका प्रहार गरे ।
१८ औं ओभरको पहिलो बलमा भिम सार्की ७ रनमा सुबास क्याच आउट भए । भिमले ३६ बलमा १ चौका प्रहार गरे । स्पिनर भुवन कार्कीको २७ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा युवा ब्याट्सम्यान रोहित कुमार पौडेल मिडअनमा अमरसिंह राउटेलाबाट १३ रनमा क्याच लिए । रोहितले ३० बलमा १ छक्का प्रहार गरे । विनोद भण्डारी ७ रनमा एलबिडब्लू आउट भए ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]