default_image

4 years ago

January 30, 2021

आर्मीविरुद्ध पहिला बलिङ गर्दै एपिएफ

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल एपिएफ क्लबले पहिला बलिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा एपिएफका कप्तान शरद भेषावकरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । आर्मीले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । एपिएफले टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर सूर्य तामाङको स्थानमा तीव्र गतिका बलर किशोर महतोलाई मौका दिएको छ । बसन्त रेग्मी भने बेन्चमै छन् ।

आर्मीले पहिलो संस्करणको फाइनलमा नेपाल पुलिस क्लबसँग वर्षाको कारण उपाधि बाँडेको थियो । त्यसयता दुई फाइनलमा लगातार पराजित हुन पुगेको थियो । सशस्त्र दोस्रो संस्करणमा फाइनलमा आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । अन्य संस्करणमा भने एपिएफ सेमिफाइनलबाट बाहिरिएको थियो ।

एपिएफ समूह ए बाट विजेता र आर्मी उपविजेताको रुपमा फाइनलमा प्रवेश गरेका थिए । समूह चरणको खेलमा एपिएफले आर्मीलाई ६ रनले हराएको थियो । पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई ३० रन हराउँदै फाइनलमा स्थान बनाएको थियो । आर्मीले बागमती प्रदेशलाई ९४ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

आर्मीको प्लेइङ ११ : विनोद भण्डारी (कप्तान तथा विकेटकिपर), अनिल मण्डल, रोहित कुमार पौडेल, भिम सार्की, राजेश पुलामी, हरि चौहान, विक्रम सोब, सुशन भारी, साहब आलम, लोकेश बम र जितेन्द्र मुखिया

एपिएफको टोली : शरद भेषावकर (कप्तान), किशोर महतो, सुबास खकुरेल, सन्दीप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, शंकर राना, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह राउटेला र अभिनास बोहरा

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

March 22, 2025

आइपिएल – उद्घाटन खेल वर्षाले प्रभावित हुने सम्भावना

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]

Success

Thank you for your time.